# भर्खरै
Namaste Icon
Ad
Ad

पार्टीसंगठन लाई फराकिलो बनाउन पार्टीमा भुमिका दिन नेता रिजालको माग

पार्टीसंगठन लाई फराकिलो बनाउन पार्टीमा भुमिका दिन नेता रिजालको माग

काठमाडौं । नेकपा एमालेका नेता रामप्रसाद रिजालले आफूलाई पार्टीमा भुमिका दिन माग गरेका छन । समाजवादी फोरमबाट नेकपा प्रवेश गरेका रिजाल पछिल्लो समय एमालेको माधव पक्षतिर लागेका थिए । पार्टीसंगठन लाई फराकिलो बनाउन आफूजस्ता तेस्रो पूस्तालाई भुमिका दिनुपर्ने नेता रिजालले बताए । उनले एमालेका वरिष्ठ नेता नेपालसँग उक्त माग गरेका हुन ।

नेता रिजालले आफूहरू संग पार्टी नेतृत्वले विश्वास गरे कुशल ढ़गले संगठन विस्तारलाई देशव्यापी रूपमा तिव्र बनाउने बताए । उनले भने, ‘माधव नेपाललाई पार्टीको नेतृत्वमा पुर्याउन हामी जस्तो तेस्रो पुस्ताले महत्वपूर्ण भुमिका खेल्ने छौं ।’

Ad

सम्बन्धित समाचारहरु

कोञ्ज्योसोममा वाईसिएल पुनर्गठन,नल्लुबाट २७ जना माओवादी केन्द्रमा प्रवेश

सन्तोष दहाल,ललितपुर । दक्षिण ललितपुरको कोञ्ज्योसोम गाउँपालिका स्तरीय नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) को संगठन योङ कम्युनिष्ट लिग (वाइसिएल) को प्रथम भेला सम्पन्न भएको छ। शनिबार सम्पन्न भेलामा कोञ्ज्योसोम गाउँपालिकाको वडा नं ४ नल्लु बाट २७ जना विभिन्न पार्टी परित्याग गरी माओवादी केन्द्रमा प्रवेश गरेका हुन्।

कांग्रेस पदाधिकारी बैठक : अधिवेशनको कार्यतालिका संशोधन गर्ने सहमति

काठमाडौं । नेपाली कांग्रेसको पदाधिकारी तथा पूर्व पदाधिकारी बैठकले अधिवेशनको कार्यतालिका संशोधन गर्ने सहमति गरेको छ । शनिबार बिहान काँग्रेस सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा बसेको बैठक महाधिवेशन कार्यतालिका फरक नपर्ने गरी तल्लो तह कार्यतालिका परिर्वतन गर्ने निर्णय गरको हो । बैठकपछि काँग्रेस नेता रमेश लेखकले भने ‘स्थानीय तहको अधिवेशन सर्ने भयो । कहिले सार्ने भनेर मिति तोकेको छैन । कार्यतालिका पछि ल्याउने कुरा भएको छ ।’ लेखकका अनुसार महाधिवेशन तलमाथि नहुने गरी आन्तरिक मिलाउन भन्ने सहमति भएको छ । साउनको अन्तिम साताबाट स्थानीय अधिवेशन गर्ने गरी जान सकिने प्रारम्भिक खाका बनेको बुझिएको छ ।

Ad

प्रतिक्रिया दिनुहोस