# भर्खरै
Namaste Icon
Ad
Ad

नेपाली कांग्रेस चिङ्गाडको सभापतिमा डोर प्रसाद शर्माको दावि

नेपाली कांग्रेस चिङ्गाडको सभापतिमा डोर प्रसाद शर्माको दावि

खगेन्द्र हमाल, सुर्खेत । नेपाली काङ्ग्रेसको महाधिवेशन तयारी भैरहेको बेलामा चिङ्गाडमा पनि डोर प्रसाद शर्माको नाम चर्चामा रहेकोे छ । तरुण दलबाट राजनीति सुरुवात गरेका शर्माले यतिबेला सभापतिको दावि गरिरहेका छन । सभापतिको लागि दावेदारिको चर्चा चलिरहेकै बेला नेता शर्माले महाधिवेशनमा आफु सभापतिको दावेदारि रहेको बताए ।

२०५९ सालमा नेपाली काङ्ग्रेसको साधारण सदस्यता लिएका नेता डोर प्रसाद शर्माले २०६४ सालमा कृयाशिल सदस्यता प्राप्त गरेका थिए।पार्टीको ११औ अधिबेशनमा सचिबको जिम्मेवारी निर्वाह गरेका शर्माले १२ औ मा सभापतीको जिम्मेवारी बहन गर्दै १३ औ पछी तरुण बिभाग केन्द्रिय सदस्य भएका हुन । २३ बर्षको उमेरमै मटेला सभापति भएका नेता शर्मा राजनीति तथा समाजिक कार्यमा निकै व्यस्त नेताको रुपमा लिन सकिन्छ । कोभिड महामारीको बेला जनता सङ्ग प्रत्येक्ष भेटघाट राहत बितरण तथा कुनैपनी समस्या पर्दा जनताका लागि दौडधुप गर्ने नेताको रुपमा उनि परिचित छन । युवामैत्री बिचार प्रतिबद्ध नेता शर्मा जनताका हरेक सुख दुखमा नजिक हुने एक नेता भित्र पर्दछन ।

काङ्ग्रेस महाधिवेशनमा ब्यक्ति होइन बिचार, पद होइन पद्दति, सता होइन समाज, नेता होइन नितिको बहस जरुरि भएकोले सङठन, बिचार, एजेण्डा, नैतिकता र समाजवाद सहितको दृस्टिकोण बाट नै महान नेता बिपि कोईरालाले देखेको समाजबादको सपनालाई सफल बनाउन सकिने भएकोले काङ्ग्रेस भित्र युवाहरुको नेतृत्व अपरिहार्य रहेको नेता शर्माले बताए।

यस अवस्थाबाट पार्टीलाई उकास्न वैचारिक, व्यवहारिक तथा रणनीतिक स्तरमा नयाँ सोच तथा नेतृत्त्व आवश्यक भएकोले सभापतिको दावेदारि गरेको नेता शर्माको भनाइ छ । पार्टीको नेतृत्व कसले गर्ने यो महाधिवेशनले नै टुङ्गाउने विषय हो । नेतृत्वको बारेमा हाम्रा आ(आफ्ना धारणा छन । हामीले मर्यादित ढंगले आफ्न धारणाहरु राख्न सक्छौ र हाम्रो धारणाको परीक्षण त्यही महाधिवेशनबाट हुने उनको भनाइ रहेको छ।


काङ्ग्रेसको आम नव मतदाता कार्यकर्ताहरुको मर्मलाई ध्यानमा राखेर नेपाली काङ्ग्रेस एकजुट भएर अगाडि बढ्नुको विकल्प नरहेको शर्माले बताए । अब काङ्ग्रेस सच्चिन पर्छ नेतृत्वले स्ट्रिरिङ परिवर्तन गर्दै कार्यकर्ता र युवा मतदाताको मुद्दामा आफ्नो छुट्टै धारणा बनाउँदै अघि बढेमा मात्र नेपाली काङ्ग्रेस गन्तब्यमा पुग्ने उनको भनाइ छ । त्यसैले अबको कांग्रेस सबैको काङ्ग्रेस सबैको प्रतिनिधित्व र आवाज बोक्ने कांग्रेस बनेर पार्टीलाई व्यवस्थित बनाउन नेतृत्व बिचमा राजनीतिक अन्तर दन्दको अन्त्य गर्दै मेलमिलाप र सहकार्यको आवस्यकता रहेको नेता शर्माले बताए ।

Ad

सम्बन्धित समाचारहरु

सामाजिक विभेद खेप्दै दुर्गममा काम गर्ने स्वास्थ्यकर्मी

बैतडी । डडेल्धुरा घर भएकी अनमी भागरथी जोशी बैतडीको शिवनाथ गाउँपालिका ६ स्थित कानली प्रसुती सेवा केन्द्रमा काम गर्छिन् । दुई बर्ष पहिला करार सेवामा काम गर्न थालेकी जोशीले गाउँमा विभिन्न सामाजिक विभेद खेप्नुपरीरहेको छ । शुरुमा गाउँमा आउँदा कोठा नै नपाएपछि उनी अहिले प्रसुती सेवा केन्द्रकै भवनमा डेरा गरेर बसेकी छिन् । उनले भनिन् ‘महिनावारी भएको बेलामा गोठमा बस्नुपर्छ । शौचालय प्रयोग गर्न पाइदैन भनेपछि म प्रसुती सेवा केन्द्रकै भवनमा बसीरहेकी छु ।’

अर्घाखाँची-काठमाडौं सम्पर्क मञ्च एकीकृत समाजवादीमा समाहित, संयाेजकमा रोशन ज्ञवाली

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) को अर्घाखाँची-काठमाडौं सम्पर्क मंच युबा संघको संयाेजकमा रोशन ज्ञवाली चयन भएका छन् । अर्घाखाँची-काठमाडौं सम्पर्क मञ्चका नेताहरु माधवकुमार नेपाल नेतृत्वको पार्टी (नेकपा समाजवादी) पार्टीमा गएसँगै सम्पर्क मञ्च एकीकृत समाजवादीमा समाहित भएसँगै संयाेजकमा रोशन ज्ञवाली चयन भएका हुन् ।

Ad

प्रतिक्रिया दिनुहोस