Namaste Icon
Ad
Ad

ओलीबाहेकका कम्युनिष्ट नेताहरूले एउटै मञ्चबाट सम्बोधन गर्ने

ओलीबाहेकका कम्युनिष्ट नेताहरूले एउटै मञ्चबाट सम्बोधन गर्ने

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीबाहेकका कम्युनिष्ट नेताहरूले एउटै मञ्चबाट सम्बोधन गर्ने भएका छन् । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा एमाले वरिष्ठ नेता माधवकुमार नेपाल, नेकपा क्रान्तिकारी माओवादीका महासचिव मोहन वैद्य, नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ र राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी र चन्द्रदेव जोशीसहित ६ जना कम्युनिस्ट नेताहरुले एउटै मञ्चबाट सम्बोधन गर्ने भएका हुन् ।

पुष्पलाल मित्रता केन्द्रको आयोजनामा शुक्रबार दिउँसो १ तुलसीलाल स्मृति प्रतिष्ठानको भवनमा ६ शीर्ष कम्युनिष्ट नेताहरुले सम्बोधन गर्ने नेता जगन्नाथ खतिवडाले बताए । प्रतिष्ठानले एमाले अध्यक्ष केपी शर्मा ओली पक्षलाई भने कार्यक्रममा बोलाएको छैन् । कम्युनिष्ट विचार र दर्शनबाट निक्कै टाढा पुगिसकेकाले ओलीलाई नबोलाएको प्रतिष्ठानले जनाएको छ ।

कम्युनिष्ट क्रान्तिकारी शक्तिहरुलाई एउटै ठाउँमा केन्द्रित गर्ने उद्देश्य कार्यक्रम आयोजना गरिएको छ । बोलाएका सबै वक्ताहरुले एक एक गरी आ–आफ्ना भनाइहरु राख्ने भएका छन् । छरिएर रहेका कम्युनिस्ट नेताहरुले पहिलोपटक एउटै मञ्चबाट सम्बोधन गर्न लागेका हुन। यसअघि नेपाल निवासमा नेपालसहित प्रचण्ड र विप्लवबीचको भेटघाटमा ओलीबाहेक कम्युनिस्ट मोर्चावन्दी वा एकता गर्ने विषयमा समेत छलफल भएको थियो । तत्काल छरिएर रहेका कम्युनिष्ट नेताहरु मिल्न नसक्ने अवस्थामा मिल्ने मुद्दामा सहकार्य गरेर जानुपर्ने नेताहरुले धारणा राख्दै आएका छन् ।

Ad

सम्बन्धित समाचारहरु

एमालेमा निष्ठावान कार्यकर्ताका लागि ढोका बन्द हुँदै गएको अनुभुती भयो : नविना लामा

काठमाडौं । अनेरास्ववियुकी पूर्व केन्द्रीय कमिटी अध्यक्ष एवम् प्रतिनिधि सभा सांसद नविना लामाले नेकपा (एमाले)मा निष्ठावान कार्यकर्तालाई न्यायको ढोका बन्द गरिएको बताएकी छन् । उनले अहिलेको जटिल परिस्थितीमा पनि हाम्रो पार्टी एमालेमा विभेदले सिमा नाघेको आफूलाई अनुभूति भएको बताउँदै सामाजिक सञ्जाल फेसबुकमा चाकडीवाद मुर्दावाद समेत भनेकी छन् ।

अनेरास्ववियूको २३औं महाधिवेशन चैतमा, केन्द्रीय कमिटी पनि पुनर्गठन

ललितपुर । एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियूको २३औं महाधिवेशन आगामी चैतमा हुने भएको छ । शनिबार ललितपुरको च्यासलस्थित तुलसीलाल अमात्य प्रतिष्ठानमा भएको केन्द्रीय सचिवालयको बैठकले चैत २२ देखि २४ सम्म महाधिवेशन गर्ने निर्णय गरेको हो । महाधिवेशन सम्मका लागि सुनिता बराल अध्यक्ष, आरसी लामिछाने वरिष्ठ उपाध्यक्ष र समीप बराल महासचिव रहने गरी केन्द्रीय कमिटी पुनर्गठन गरिएको छ ।

Ad

प्रतिक्रिया दिनुहोस