Namaste Icon
Ad
Ad

स्काउटमैत्री गोदावरी नगरपालिका, शीर्षकमै बजेट छुट्याउने देशकै पहिलो स्थानीय तह

स्काउटमैत्री गोदावरी नगरपालिका, शीर्षकमै बजेट छुट्याउने देशकै पहिलो स्थानीय तह

सन्तोष दाहाल, ललितपुर। राज्यको पुनर्संरचना र संघीयताको कार्यान्वयनसंगै स्वयंसेवा र विपद व्यवस्थापनको क्षेत्रमा परोपकारको काम गर्दै आएको नेपाल स्काउटको योगदान र अधिकार पनि स्थानीय तहसम्मै विस्तार भएको छ। नयाँ व्यवस्थाअनुरुप स्थानीय तहका पदाधिकारीहरु पनि स्काउटका संरक्षक तथा अन्य विशेष भूमिकामा रहन्छन।

विद्यालय जीवनका बालबालिकाहरुलाई सानैदेखि अनुशासन र नैतिक शिक्षाको पाठ सिकाउन स्काउट अब्बल छ। संघ, प्रदेश र स्थानीय तहसम्म यसका अधिकार विकेन्द्रित भएसंगै विशेष गरी भेटिने सरकार भएको हिसाबले स्थानीय सरकारले यसको संरक्षण र विकासमा विशेष भूमिका खेल्नुपर्ने देखिन्छ।

केन्द्रमा संघीय सरकारका प्रधानमन्त्री स्काउटका प्रमुख संरक्षक रहन्छन भने युवा तथा खेलकुद मन्त्रालयका मन्त्री प्रमुख स्काउट रहन्छन। यसैगरी प्रदेशमा मुख्यमन्त्री प्रमुख संरक्षक र सामाजिक विकास मन्त्री प्रमुख स्काउट रहने व्यवस्था छ भने स्थानीय तहमा स्थानीय तहका निर्वाचित प्रमुख प्रमुख संरक्षक,उपप्रमुख प्रमुख स्काउट र शिक्षा शाखा प्रमुख सदस्य सचिव रहने व्यवस्था नयाँ प्रावधानमा छ।

यसैबीच विगतदेखि नै स्काउटिङको विकासमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्दै आएको ललितपुरको गोदावरी नगरपालिका स्काउटको नै शीर्षकमा हरेक वर्ष बजेट विनियोजन गर्ने देशभरीकै पहिलो स्थानीय तह भएको छ। स्काउटको विकासका लागि गोदावरीले हरेक वर्ष १५ लाख बजेट विनियोजन गर्दै आएको छ।

बिहीबार नगरपालिकाका प्रमुख संरक्षक(मेयर गजेन्द्र महर्जन), प्रमुख स्काउट (उपमेयर मुना अधिकारी), सदस्य सचिव तथा शिक्षा शाखा प्रमुख देवीप्रसाद उपाध्याय लगायतले नगर स्काउटको दीक्षान्त समारोहको अवसरमा आ आफ्नो पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्। स्काउटका केन्द्रिय संयोजक लोक बहादुर भण्डारीको उपस्थितिमा उक्त कार्यक्रम सम्पन्न भएको हो। कार्यक्रममा स्काउट गोदावरीका संयोजक दिपक अर्यालले २००९ साल जेठ ९ गते नेपालमा नै पहिलोपल्ट गोदावरीबाट नै स्काउट तालिमको सुरुवात गरिएको स्मरण गराउदै विशेष गरेर गोदावरीको लागि स्काउटको विषय विशेष र ऐतिहासिक भएको स्मरण गरे।

कार्यक्रमको सभापति समेत रहेका संरक्षक एवम नगरप्रमुख गजेन्द्र महर्जनले स्थानीय तहमा स्काउटको अधिकार आएसंगै यसको विस्तार र विकासमा अवसर र चुनौती उत्तिकै रहेको बताए। भावी दिनहरुमा नगरभित्र रहेका सबै विद्यालयहरुमा स्काउट युनिट स्थापनाको लागि नगरपालिकाको योजना रहेको भन्दै महर्जनले नैतिक शिक्षा र अनुशासन सिकाउने नर्सरीको रुपमा स्काउटले भूमिका खेलेको बताए। साथै गोदावरीबाट नै ७० वर्षअघि स्काउट तालिम सुरु भएको हुँदा यस अर्थमा समेत गोदावरी नगरपालिका भाग्यमानी भएको उनको भनाई छ।

उपमेयर तथा स्थानीय स्काउटकी प्रमुख स्काउट मुना अधिकारीले नगर स्काउटको लागि नगरपालिकाको बन्दै गरेको नयाँ प्रशासकीय भवनमा स्काउटको लागि एक कोठा उपलब्ध गराउने नगरपालिकाको योजना रहेको जानकारी दिईन। साथै आफ्नो कार्यकालमा स्काउटको विकासको लागि सक्दो सहयोग गर्दै महत्त्वपूर्ण भूमिका खेल्ने अधिकारीले प्रतिबद्धता व्यक्त गरेकी छन्। यसैगरी स्काउटका केन्द्रिय संयोजक लोक बहादुर भण्डारीले निवर्तमान केपी ओली नेतृत्वको सरकारले समेत देशभरका सबै सामुदायिक विद्यालयहरुमा स्काउटिंगको विकासका लागि नीतिगत रुपमा नै निर्णय गरेर प्रक्रिया गाडी बढाएको भन्दै नयाँ सरकारले त्यसको सफल कार्यान्वयन गर्दै अगाडी बढ्नुपर्नेमा जोड दिए। स्काउटले स्वयंसेवा मात्र नगरी यसमा लागिरहँदा उनीहरुको बौद्धिक,नैतिक र सामाजिक विकास हुने भन्दै भण्डारीले संघीयताको कार्यान्वयनपश्चात स्थानीय तहमा त्यसका आफ्नोे धिकार आएकाले अब स्काउटको विकास,विस्तारको लागि स्थानीय सरकारले नै प्रमुख भूमिका खेल्नुपर्ने उनले बताए। साथै विगतदेखि नै विपद व्यवस्थापनमा स्काउटको भूमिका अब्बल रहेको भन्दै उनले नीतिगत रुपमा नै स्काउटको लागि बजेट विनियोजन गर्दै आएको गोदावरी नगरपालिकाले देशभरका सबै स्थानीय तहलाई सकारात्मक संदेश दिएको र प्रेरणा प्रदान गरेको उनको जिक्जिर थियो।

वरिष्ठ संचारकर्मी एबम रिपोर्टर्स क्लवका अध्यक्ष ऋषि धमलाले स्काउटको विकासका लागि गोदावरी नगरपालिकाले खेलेको भूमिकाको मुक्तकण्ठले प्रशंसा गर्दै नगर पदाधिकारीलाई धन्यवाद ज्ञापन गरे। साथै स्काउटलाई आजको अवस्थासम्म ल्याउनको लागि केन्द्रिय संयोजक लोक बहादुर भण्डारीको योगदान अतुलनीय रहेको भन्दै धमलाले आगामी दिनमा संचार जगत र स्काउटले सहकार्य गर्दै गाडि बढ्नु अत्यावश्यक रहेकोमा जोड दिए। स्काउटका राम्रा गतिविधिहरुलाई जनतामा पुर्याउनकोलागि आफु लगायतका संचारकर्मीहरु तयार रहेको उनको भनाई छ। अर्का पत्रकार एबम निवर्तमान शिक्षामन्त्रीका प्रेश सल्लाहकार ईश्वरराज ढकालले हाल सामुदायिक विद्यालयहरुमा स्काउट अत्यन्तै कमजोर रहेको र त्यसको वृत्तिविकास र विस्तारको लागि अब स्थानीय तहले चासो दिनुपर्ने बताए। गोदावरी नगरपालिकाले शीर्षकमै बजेट विनियोजन गरी उदाहरणीय काम गरेको भन्दै उनले गत सरकारले मन्त्रीपरिषद निर्णयमार्फत नै सबै विद्यालयमा स्काउटको विकासका लागि प्रक्रिया अघि बढाएको जानकारी दिए। साथै पछिल्लो समय विपद व्यवस्थापनमा समेत सक्रिय बन्दै आएको स्काउटले कोरोना महामारीबाट ज्यान गुमाएकाको शब् व्यवस्थापन,राजधानीमा पार्किङ्ग व्यवस्थापन तथा ट्राफिक लाईट व्यवस्थापनमा अतुलनीय योगदान गरेको स्मरण गरे।

गोदावरी शिक्षक महासंघका अध्यक्ष सानुदास नापितले सबै विद्यालयमा स्काउट स्थापना गर्दा नैतिकवान र चरित्रवान प्रतिभाको विकास हुने भन्दै आगामी दिनहरुमा नगरभित्रका सबै विद्यालयमा एक स्काउट शिक्षकको व्यवस्था गर्नको लागि नगरपालिकाको ध्यानाकर्षण गराए।

Ad

सम्बन्धित समाचारहरु

सामाजिक विभेद खेप्दै दुर्गममा काम गर्ने स्वास्थ्यकर्मी

बैतडी । डडेल्धुरा घर भएकी अनमी भागरथी जोशी बैतडीको शिवनाथ गाउँपालिका ६ स्थित कानली प्रसुती सेवा केन्द्रमा काम गर्छिन् । दुई बर्ष पहिला करार सेवामा काम गर्न थालेकी जोशीले गाउँमा विभिन्न सामाजिक विभेद खेप्नुपरीरहेको छ । शुरुमा गाउँमा आउँदा कोठा नै नपाएपछि उनी अहिले प्रसुती सेवा केन्द्रकै भवनमा डेरा गरेर बसेकी छिन् । उनले भनिन् ‘महिनावारी भएको बेलामा गोठमा बस्नुपर्छ । शौचालय प्रयोग गर्न पाइदैन भनेपछि म प्रसुती सेवा केन्द्रकै भवनमा बसीरहेकी छु ।’

अर्घाखाँची-काठमाडौं सम्पर्क मञ्च एकीकृत समाजवादीमा समाहित, संयाेजकमा रोशन ज्ञवाली

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) को अर्घाखाँची-काठमाडौं सम्पर्क मंच युबा संघको संयाेजकमा रोशन ज्ञवाली चयन भएका छन् । अर्घाखाँची-काठमाडौं सम्पर्क मञ्चका नेताहरु माधवकुमार नेपाल नेतृत्वको पार्टी (नेकपा समाजवादी) पार्टीमा गएसँगै सम्पर्क मञ्च एकीकृत समाजवादीमा समाहित भएसँगै संयाेजकमा रोशन ज्ञवाली चयन भएका हुन् ।

Ad

प्रतिक्रिया दिनुहोस