Namaste Icon
Ad
Ad

'विप्लव’ निकट जनप्रगतिशील मोर्चा साउदीको पाँचौं अधिबेशन, अध्यक्षमा तोयराज भट्ट

'विप्लव’ निकट जनप्रगतिशील मोर्चा साउदीको पाँचौं अधिबेशन, अध्यक्षमा तोयराज भट्ट

काठमाडौं । नेत्रबिक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाको बैदेशिक संगठन नेपाली जनप्रगतिशील मोर्चा साउदीको पाँचौं अधिबेशन सम्पन्न गरेको छ । २० जुलाई सम्पन्न भएको अधिबेशनले तोयाराज भट्टको नेतृत्वमा १५ सदसीय केन्द्रिय समिति चयन गरेको छ । नयाँ कार्यसमितिको अध्यक्षमा तोयराज भट्ट, उपाध्यक्षमा माधब घिमिरे, महासचिवमा कैलाश मैनाली, सचिवमा परसुराम घर्ती मगर, सांस्कृतिक बिभाग प्रमुख इन्द्र बिक हुनुहुन्छ भने अन्य सदस्यहरुमा आर जी मगर, मनोज पटेल, दलबहादुर, तिलक पुन, घमर मगर, हरिचन्द्र झाँक्री, कमल थापा, देबु तामाङ, सुभाष मगर रहेका छन।

तोयराज भट्ट सभापति रहेको अधिबेशनले तिर्थ पाख्रीन ‘प्रेम’ को नेतृत्वमा पाँच सदसीय सल्लाहकार समिति पनि निर्माण गरेको छ । सल्लाहकार समितिको संयोजकमा तिर्थ पाख्रीन, सल्लाहकार सदस्यहरुमा सेते घर्ति ‘कसम’, युवराज कार्की ‘शेखर’, टिकाराम ओली ‘सुरेस’ र बिपिन निरौला हुनुहुन्छ । त्यस्तै सल्लाहकार समितिहरुका सदस्यहरुको पनि कार्यविभाजन गरिएको छ ।

संयोजक तिर्थ पाख्रीनलाई राजनैतिक तथा सांगठानिक पार्टी सम्पर्कको लागि जिम्मेवारी तोकिएको छ भने मोर्चाको आर्थिक विभागको संरक्षक तथा सल्लाहकार सेते घर्ति र बिपिन निरौलालाई जिम्मेवारी दिइएको छ । त्यस्तै मोर्चाको अन्तर संघसंगठन र कुटनीतिक संरक्षकको रुपमा टिकाराम ओलीलाई जिम्मेवारी दिइएको छ ।

कार्यक्रममा नेपालबाट प्रमुख अतिथिको रुपमा निर्वतमान मध्येपूर्ब इन्चार्ज आजाद केसीको उपस्थिति रहेको थियो भने बिशेष अतिथिको रुपमा मध्यपूर्व इन्चार्ज खगेश्वर केसी, साउदी मोर्चाका संस्थापक अध्यक्ष बिक्रम पौडेल, साउदी मोर्चाका सल्लाहकार तिर्थ पाख्रीन, युएई मोर्चाका सल्लाहकार समर खत्री, नेपाली जनप्रगतिशील मोर्चा मध्यपूर्वका संयोजक बेद बोहरा, कतार मोर्चाबाट साजन गुरुङको उपस्थिति रहेको थियो । त्यस्तै अन्य अतिथिहरुमा युरोपबाट बिष्णु भुजेल, युएई मोर्चाका अध्यक्ष मनोज काउचा मगर, पोर्चुगलवाट पूर्ण बिक र प्रदिप अधिकारी, बहराइनवाट मिनराज, कुवेतवाट बिकल्प, आप्रवासी कामदार समाज नेपालको अन्तर्राष्ट्रिय संयोजन समितिका सदस्य धर्म केसीको उपस्थिति रहेको थियो ।

कार्यक्रम संचालक सेते घर्ती ‘कसम’ को रहेको थियो भने मोर्चाको प्रगति विवरण कैलास मैनालीले प्रस्तुत गरेका थिए । त्यस्तै मोर्चाको नयाँ कार्यसमितिको घोषणा मोर्चाका बरिस्ठ सल्लाहकार तिर्थ पाख्रीनले गरेका थिए ।

Ad

सम्बन्धित समाचारहरु

इजरायल जानेको भाषा परीक्षा आजदेखि

इजरायल जानेको भाषा परीक्षा आजदेखि

काठमाडौं । इजरायल रोजगारीमा जान चाहनेको अंग्रेजी भाषा परीक्षा आज (सोमबार)बाट सुरु हुने भएको छ । इजरायल जान ९ हजारभन्दा बढीले आवेदन दिएकोमा करिब २ हजारको आवेदन अस्वीकृत भएको छ ।

प्राज्ञिक विद्यार्थी परिषदद्वारा दोलखाका ९५ घर परिवारलाई राहत सामग्री वितरण

विरजित बोहरा, सुर्खेत । प्राज्ञिक विद्यार्थी परिषद् नेपालले बाढी पहिरो प्रभावित दोलखा जिल्लाका कालिन्चोक गाउँपालिका वडा न ५ का ९५ परिवारलाई राहत सामाग्री वितरण गरेको छ । प्राज्ञिक विद्यार्थी परिषद नेपाल र विपद व्यवस्थापन समिति दोलखाको समन्वयमा भाद्र २० गते आइतबार सम्पन्न उक्त राहत सामग्री वितरण कार्यक्रममा प्राज्ञिक विद्यार्थी परिषद नेपालका राष्ट्रिय संगठन सचिव नारायण प्रसाद ढकाल, दोलखा जिल्लाका प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरे, कालिन्चोक गाउँपालिका अध्यक्ष विनकुमार थामी,प्राज्ञिक विद्यार्थी परिषद नेपाल महासचिव छितराज न्याैपाने, विद्यार्थी परिषद नेपाल बाग्मती प्रदेश सह सचिव प्रतीक्षा गिरी, त्रिभुवन विश्वविद्यालय इकाई सदस्य सुशीला पौडेल, हिन्दू स्वयंसेवक संघ नेपालका जिल्ला कार्यवाह शिव के सी प्राज्ञिक विद्यार्थी परिषद नेपाल भीमेश्वर नगर सचिव लक्ष्मी श्रेष्ठ ,स्थानीय जनप्रतिनिधि,स्थानीय वासी ,पत्रकार एवं सुरक्षा निकाएको उल्लेख्य उपस्थिति रहेको थियो ।

Ad

प्रतिक्रिया दिनुहोस