Namaste Icon
Ad
Ad

‘ नातामा दाजु पर्ने सुकदेव भण्डारीसंगको प्रेम सुजिताको मृत्युको कारण’

‘ नातामा दाजु पर्ने सुकदेव भण्डारीसंगको प्रेम सुजिताको मृत्युको कारण’

चितवन । पूर्वीचितवनको राप्ती नगरपालिका–३ का २३ वर्षीया सुजिता भण्डारी मृत्युको अनुसन्धान गरिरहेको प्रहरीले नयाँ क्लु भेट्टाएको छ । नातामा दाजु पर्ने सुकदेव भण्डारीसंगको प्रेम नै उनको मृत्युको कारण रहेको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ । प्रहरीले झापाको झापा गाउँपालिका–६ शरणामतिका २३ वर्षीय सचिन भनिने सुकदेव भण्डारीलाई पक्राउ गरेपछि उनीहरुको सम्बन्ध सार्वजनिक भएको हो ।

सुकदेव नातमा सुजिताको ठूलो बाको छोरा हुन् । उनीहरु दाजु बहिनी भएपनि प्रेम सम्बन्धका रहेको अनुसन्धनमा खुलेको प्रहरीले जनाएको छ । प्रेम सम्बन्धमा रहेका उनीहरु एक अर्कासंग टाढिएर बस्न नसक्ने जनाउँदै सुजिताले विवाह प्रस्ताब गरेको र सुकदेवले अस्विकार गरेपछि घटना भएको प्रहरी उपरीक्षक ओमप्रसाद अधिकारीले जानकारी दिए । असार ९ गते उनीहरुबीच विवाहका बिषयमा विवाद हुँदा सुजिताले ‘विवाह नगरे मर्छु’ भनेको र सुकदेवले ‘जे गर्ने हो गर’ भनेको प्रारम्भिक अनुसन्धानमा देखिएको प्रहरीले जानकारी दिएको छ ।

सुजिताकी आमा अम्बिका भण्डारीको जाहेरीपछि सुकदेवलाई पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ । गत असार ११ गते घरबाट हराएकी सुनिता २० गते घर नजिकैको ब्रह्मस्थानी सामुदायीक वनमा मृतावस्थामा भेटिएकी थिइन् । मृतक सुजिताको भिसेराको नतिजा आउन बाँकी रहेको छ भने सुकदेव विरुद्ध आत्महत्या दुरुत्साहन अभियोगमा मुलुकी अपराध संहिता २०७४ परिच्छेद १२ ज्यानसम्बन्धि कसूर अन्तर्गत दफा १८५ मा पाँच वर्ष कैद र रु ५० हजारसम्म जरिवानाको माग दावि प्रहरीले गरेको छ ।

 

Ad

सम्बन्धित समाचारहरु

यी हुन् राष्ट्रपतिबाट पदक पाउने पत्रकार

यी हुन् राष्ट्रपतिबाट पदक पाउने पत्रकार

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले संविधान दिवसका अवसरमा पत्रकारितामा लागेर आ–आफ्नो क्षेत्रमा विशिष्ट योगदान पु-याउने वरिष्ठ पत्रकार तथा पत्रकारलाई मानपदवी, अलङ्कार र पदकद्वारा विभूषित गर्ने भएकी छिन् । तारानाथ दाहाल, सुरेशप्रसाद आचार्य, हरिविनोद अधिकारी, कृष्णज्वाला देवकोटा, प्रतिक पन्त र हरिबहादुर थापाले सुप्रबल जनसेवाश्री पाउने भएका छन् ।

आज कहाँ कहाँ छ, भारी वर्षा हुने सम्भावना ?

आज  कहाँ कहाँ छ, भारी वर्षा हुने सम्भावना ?

काठमाडाैं । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल (आइतबर बिहान) मौसम देशभर सामान्यतया सफादेखि आंशिक (धेरैजसो खुलेको, थोरै बादल लागेको) सम्म बदली छ। तत्काल कतै पानी परेको छैन । महाशाखाका अनुसार दिउँसो (बिहान १०-११ बजेदेखि साँझ ६ बजेसम्म) मौसम देशभर आंशिकदेखि सामान्य (७५ प्रतिशत बादल, बाँकी खुलेको) बदली रही केही स्थानमा मेघगर्जन-चट्याङसहित हल्कादेखि मध्यमसम्म वर्षा हुने सम्भावना छ ।

Ad

प्रतिक्रिया दिनुहोस