Namaste Icon
Ad
Ad

टोक्यो ओलम्पिकको उद्घाटन, गौरीका र एलेक्सले बोके नेपालको झण्डा

टोक्यो ओलम्पिकको उद्घाटन, गौरीका र एलेक्सले बोके नेपालको झण्डा

काठमाडौं । विश्व खेलकुदको कुम्भ मेला ३२ औं गृष्मकालीन ओलम्पिक खेलकुद प्रतियोगिताको जापानको राजधानी टोक्योमा भव्य समारोहबीच शुक्रबार उद्घाटन भएको छ। टोक्योस्थित ओलम्पिक स्टेडियममा विशेष समारोहबीच 'टोक्यो ओलम्पिक'को उद्घाटन गरिएको हो । उद्घाटनमा नेपालको झण्डा पौडीबाज गौरीका सिंह र एलेक्जेन्डर शाह (एलेक्स) ले बोकेका थिए । नेपालको मार्च पासमा जुडो खेलको व्यवस्थापकका रुपमा पुगेकी एमाले उपाध्यक्ष वामदेव गौतम पत्नी तुलसा थापा पनि देखिएकी छन् ।

मार्च पासमा नेपालका सेफ द मिसनका रुपमा रहेका राष्ट्रिय खेलकुद परिषद् (राखेप) सदस्य सचिव रमेशकुमार सिलवालसहित ६ पदाधिकारी सहभागी भए । टोक्यो ओलम्पिकमा नेपालबाट ४ खेलका लागि ५ खेलाडीले प्रतिस्पर्धा गर्दै छन् । नेपालबाट ओलम्पिक कमिटीका महासचिव जीवनराम श्रेष्ठसहित २५ जना पदाधिकारी पुगेका छन् । टोक्यो ओलम्पिकमा २ सय ६ देशका ११ हजार ३ सय भन्दा बढी खेलाडी सहभागी छन्।

 

Ad

सम्बन्धित समाचारहरु

आईपीएलका बाँकी खेल आजदेखि

आईपीएलका बाँकी खेल आजदेखि

काठमाडाैं । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको बाँकी खेल आजदेखि सुरु हुँदैछ । कोरोना सङ्क्रमण जोखिमका कारण स्थगित भएको खेल यूएईमा आजदेखि सुरु लागेको हो । आईपीएलमा ३१ खेल बाँकी छन् । आजको खेलमा बेलुका पौने आठ बजे चेन्नई सुपर किङ्ग्स र मुम्बई इन्डियन्स खेल्दैछन् ।

एएफसी वुमेन्स एसियाकप छनोट खेलमा नेपाल–फिलिपिन्स भिड्दै

काठमाडाैं । एएफसी वुमेन्स एसियाकप छनोट खेलमा आज शनिबार नेपालले फिलिपिन्सको सामना गर्दैछ । उज्बेकिस्तानको तास्केन्टमा हुने खेल नेपाली समयअनुसार दिउँसो तीन बजेर ४५ मिनेटमा सुरु हुनेछ । एएफसी वुमेन्स एसियाकप छनोटको समूह ‘एफ’ मा नेपाल र फिलिपिन्ससँगै हङकङ रहेका छन् ।

Ad

प्रतिक्रिया दिनुहोस