Namaste Icon
Ad
Ad

'युथफोर्स भ्याली कमाण्डर घोषणा'

'युथफोर्स भ्याली कमाण्डर घोषणा'

काठमाडौं । नेकपा (एमाले) का महासचिव ईश्वर पोखरेलले भ्रष्टाचारविरुद्ध अभियान चलाउन युथ फोर्सलाई निर्देशन दिएका छन् । शनिबार काठमाडौंमा आयोजित ‘युथफोर्स भ्याली कमाण्डर घोषणा’ कार्यक्रमलाई सम्बोधन गर्दै पाखरेलले परिवर्तित सन्दर्भमा जनतासँग जोडिने, जनतालाई उत्पादनसँग जोड्ने र भ्रष्टाचारविरुद्ध अभियान चलाउन युथ फोर्सलाइ निर्देशन दिएका हुन् ।

उनले जनताले राम्रो नठान्ने काम नगर्न पनि निर्देशन दिए । उनले एमाले कानुनी शासनलाई मान्ने पार्टी भएकाले कानूनलाई हातमा नलिन पनि ध्यानाकर्षण गराए । पोखरेलले एमालेको रक्षा गर्ने एउटा खम्बाका रुपमा उभिन आह्वान पनि गरे ।

त्यस्तै एमालेका नेता महेश बस्नेतले सरकारले गरेको राजनीतिक नियुक्ति खारेज गर्ने र एमाले फुटाउन अध्यादेश ल्याउने षड्यन्त्र भइरहेको आरोप लगाए । उनले एमाले सरकारले गरेको कामलाई निरन्तरता नदिई भत्काउन खोजेमा युथ फोर्सले प्रतिरोध गर्ने चेतावनी दिए ।

कार्यक्रममा एमाले अध्यक्ष केपी ओली भने सहभागी भएनन् । कार्यक्रम अघि राष्ट्रिय युवा संघ र युथ फोर्सले र्‍याली निकालेको थियो । र्‍यालीका क्रममा उनीहरुले सर्वोच्च अदालतको परमादेशबाट ओली नेतृत्‍वको सरकार हटेको भन्दै न्यायालयविरुद्ध नारा लगाएका थिए ।

Ad

सम्बन्धित समाचारहरु

एमालेमा निष्ठावान कार्यकर्ताका लागि ढोका बन्द हुँदै गएको अनुभुती भयो : नविना लामा

काठमाडौं । अनेरास्ववियुकी पूर्व केन्द्रीय कमिटी अध्यक्ष एवम् प्रतिनिधि सभा सांसद नविना लामाले नेकपा (एमाले)मा निष्ठावान कार्यकर्तालाई न्यायको ढोका बन्द गरिएको बताएकी छन् । उनले अहिलेको जटिल परिस्थितीमा पनि हाम्रो पार्टी एमालेमा विभेदले सिमा नाघेको आफूलाई अनुभूति भएको बताउँदै सामाजिक सञ्जाल फेसबुकमा चाकडीवाद मुर्दावाद समेत भनेकी छन् ।

अनेरास्ववियूको २३औं महाधिवेशन चैतमा, केन्द्रीय कमिटी पनि पुनर्गठन

ललितपुर । एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियूको २३औं महाधिवेशन आगामी चैतमा हुने भएको छ । शनिबार ललितपुरको च्यासलस्थित तुलसीलाल अमात्य प्रतिष्ठानमा भएको केन्द्रीय सचिवालयको बैठकले चैत २२ देखि २४ सम्म महाधिवेशन गर्ने निर्णय गरेको हो । महाधिवेशन सम्मका लागि सुनिता बराल अध्यक्ष, आरसी लामिछाने वरिष्ठ उपाध्यक्ष र समीप बराल महासचिव रहने गरी केन्द्रीय कमिटी पुनर्गठन गरिएको छ ।

Ad

प्रतिक्रिया दिनुहोस