Namaste Icon
Ad
Ad

कांग्रेस युवा नेता सुवन गिरीको संयोजनमा दर्जनबढि युवा कांग्रेस प्रवेश

कांग्रेस युवा नेता सुवन गिरीको संयोजनमा दर्जनबढि युवा कांग्रेस प्रवेश

नुवाकोट । जिल्लाको सूर्यगढी गाँउपालकिा वडा न. ४ हल्देकालिकामा विभिन्न पार्टी परित्याग गरि दर्जनबढि युवा नेपाली कांग्रेस प्रवेश गरेका छन । नवप्रवेशी नेता कार्यकर्ताहरु लाई नेपाली कांग्रेसका नेता, पूर्व अर्थमन्त्री तथा केन्द्रिय सदश्य डा. रामशरण महतले स्वागत गरे । कार्यक्रममा क्षेत्रीय सभापति धु्रव श्रेष्ठ, क्षेत्रीय सचिव रामजी पौडेल, महाधिवेशन प्रतिनिधी कृष्ण मिश्र, सूर्यगढी गाँउपालिकाका कांग्रेस संयोजक एवंम गाँउपािलका अध्यक्ष सन्तबहादुर घले, इकाइ सभापति रामचन्द्र वोगटी, इकाई सभापति प्रकाश पण्डित, तरुण दलका नेता प्रदिप थापा, हरी पौडेल, शंकर थापा लगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रममा अगुवाई भुमिका निर्वाह गरेका कांग्रेस युवा नेता सुवन गिरीका अनुसार कांग्रेस प्रवेश गर्नेमा निकेश थापा मगर, विकासथापा मगर, पूर्ण बहादुर थापा मगर, सुरज थापा मगर, निरज थापा मगर, जंगबहादुर थापा मगर, मदन थापा मगर, रमेश राना मगर र कासिङ थापा मगर लगायतका युवा रहेका छन ।

नव प्रवेशीले कम्युनिष्ठ विचारधारामा रहेर समाज सेवा गरिरहेको तर पछिललो समय कम्युनिष्ठ भन्न पनि लाज मर्दो विषय बनेकाले कांग्रेस प्रवेश गरेको बताए । उनीहरुले देशको भविष्य हेर्ने पाटी कांग्रेस मात्र भएको बताएका छन । युवा नेता सुवन गिरीले गाँउ समाजमा गरेको समाजसेवा तथा सामाजिक क्रियाकलापबाट झन प्रभावित बनेर कांग्रेस प्रवेश गरेको उनीहरुले उल्लेख गरे । उनीहरुले भोलीका दिन कांग्रेसमा रहेर देश समाज र जनताको सेवा गर्ने बताए । सो अवससरमा युवा नेता सुवन गिरीले सुर्यगढीमा कांग्रेसलाई थप मजवुद बनाएर लाने बताए ।

 

Ad

सम्बन्धित समाचारहरु

सामाजिक विभेद खेप्दै दुर्गममा काम गर्ने स्वास्थ्यकर्मी

बैतडी । डडेल्धुरा घर भएकी अनमी भागरथी जोशी बैतडीको शिवनाथ गाउँपालिका ६ स्थित कानली प्रसुती सेवा केन्द्रमा काम गर्छिन् । दुई बर्ष पहिला करार सेवामा काम गर्न थालेकी जोशीले गाउँमा विभिन्न सामाजिक विभेद खेप्नुपरीरहेको छ । शुरुमा गाउँमा आउँदा कोठा नै नपाएपछि उनी अहिले प्रसुती सेवा केन्द्रकै भवनमा डेरा गरेर बसेकी छिन् । उनले भनिन् ‘महिनावारी भएको बेलामा गोठमा बस्नुपर्छ । शौचालय प्रयोग गर्न पाइदैन भनेपछि म प्रसुती सेवा केन्द्रकै भवनमा बसीरहेकी छु ।’

अर्घाखाँची-काठमाडौं सम्पर्क मञ्च एकीकृत समाजवादीमा समाहित, संयाेजकमा रोशन ज्ञवाली

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) को अर्घाखाँची-काठमाडौं सम्पर्क मंच युबा संघको संयाेजकमा रोशन ज्ञवाली चयन भएका छन् । अर्घाखाँची-काठमाडौं सम्पर्क मञ्चका नेताहरु माधवकुमार नेपाल नेतृत्वको पार्टी (नेकपा समाजवादी) पार्टीमा गएसँगै सम्पर्क मञ्च एकीकृत समाजवादीमा समाहित भएसँगै संयाेजकमा रोशन ज्ञवाली चयन भएका हुन् ।

Ad

प्रतिक्रिया दिनुहोस