Namaste Icon
Ad
Ad

कोञ्ज्योसोममा वाईसिएल पुनर्गठन,नल्लुबाट २७ जना माओवादी केन्द्रमा प्रवेश

कोञ्ज्योसोममा वाईसिएल पुनर्गठन,नल्लुबाट २७ जना माओवादी केन्द्रमा प्रवेश

सन्तोष दहाल,ललितपुर । दक्षिण ललितपुरको कोञ्ज्योसोम गाउँपालिका स्तरीय नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) को संगठन योङ कम्युनिष्ट लिग (वाइसिएल) को प्रथम भेला सम्पन्न भएको छ। शनिबार सम्पन्न भेलामा कोञ्ज्योसोम गाउँपालिकाको वडा नं ४ नल्लु बाट २७ जना विभिन्न पार्टी परित्याग गरी माओवादी केन्द्रमा प्रवेश गरेका हुन्।

तीन वर्षअघि तत्कालीन माओवादी केन्द्र र नेकपा एमालेबीच पार्टी एकता भई बनेको नेकपालाई गत फागुन २३ गते सर्वोच्च अदालतले पूर्ववत माओवादी र एमालेकै अवस्थामा फ़र्काईदिएपछि माओवादी आफ्नो संगठन बनाउनतर्फ लागिरहेको छ। यसै क्रममा गत २०७४ को स्थानीय निर्वाचनमा काठमाडौँ उपत्यकाभित्र अप्रत्याशित रुपमा एक मात्र स्थानीय तह कोञ्ज्योसोम गाउँपालिका जितेको माओवादी केन्द्र पुन: पुरानो विरासतलाई कायम गर्नको लागि पार्टी संगठन सुदृढीकरणमा जुटेको छ। शनिबार पुनर्गठन भएको वाईसिएलको नयाँ कमिटिमा जिल्ला सदस्य कुमार तामाङ इन्चार्ज तथा विजय घलान अध्यक्ष चयन भएका छन् । यसैगरी संगठनको उपाध्यक्षमा सुदर्शन खवास र रिता थिङ तामाङ,सचिवमा कृष्ण घिमिरे ,सहसचिवमा अमित तहिङ,विशाल गोले,विजय लोप्चन,आकृति घिसिङ तोकिएका छन् ।

पुनर्गठित नयाँ कमिटिलाई बधाई तथा शुभकामना ज्ञापन गर्दै कोञ्ज्योसोम गाउँपालिका अध्यक्ष समेत रहेका माओवादी केन्द्र ललिलपुरका सचिवालय सदस्य गोपिलाल सिंतानले वडा तहसम्म संगठनलाई विस्तार गर्दै सुदृढ संगठन बनाउन निर्देशन दिए । पछिल्लो समय माओवादी केन्द्रप्रति आम जनताको भरोसा बढ्दै गएको भन्दै सिंतानले आगामी निर्वाचनमा पनि गाउँपालिकामा पार्टीलाई एक नम्बर बनाउनका लागि सबैले भूमिका खेल्नुपर्नेमा जोड दिए । गत स्थानीय तहको निर्वाचममा गाउँपालिका अध्यक्ष निर्वाचित भएपछि जनताको सुखदु:खमा व्यस्त रहँदा सबैलाई समान रुपमा हेर्नुपर्ने जिम्मेवारी बहन गर्दै पार्टीको काममा खासै सक्रिय नदेखिएका सिंतान अब भने पार्टी संगठन निर्माण र सुदृढीकरणमा पनि सकृय देखिन थालेका छन् ।

कार्यकालको उत्तरार्धतिर आईपुग्दा आफुले गाउँपालिकाबासी जनताको हितमा गरेको योगदान र कामबाट फेरि पनि पार्टीले गाउँपालिकामा जित्ने सिंतानको दावी छ । यसैगरी पुनर्गठित वाईसिएल कोञ्ज्योसोमका अध्यक्ष विजय घलानले गाउँपालिकाभित्र माओवादी केन्द्रको प्रभाव अत्यन्त राम्रो रहेको र जनताको सुखदुख तथा विकास निर्माणमा पार्टी र संगठन सधैँ साथमै रहने बताए ।

Ad

सम्बन्धित समाचारहरु

एमालेमा निष्ठावान कार्यकर्ताका लागि ढोका बन्द हुँदै गएको अनुभुती भयो : नविना लामा

काठमाडौं । अनेरास्ववियुकी पूर्व केन्द्रीय कमिटी अध्यक्ष एवम् प्रतिनिधि सभा सांसद नविना लामाले नेकपा (एमाले)मा निष्ठावान कार्यकर्तालाई न्यायको ढोका बन्द गरिएको बताएकी छन् । उनले अहिलेको जटिल परिस्थितीमा पनि हाम्रो पार्टी एमालेमा विभेदले सिमा नाघेको आफूलाई अनुभूति भएको बताउँदै सामाजिक सञ्जाल फेसबुकमा चाकडीवाद मुर्दावाद समेत भनेकी छन् ।

अनेरास्ववियूको २३औं महाधिवेशन चैतमा, केन्द्रीय कमिटी पनि पुनर्गठन

ललितपुर । एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियूको २३औं महाधिवेशन आगामी चैतमा हुने भएको छ । शनिबार ललितपुरको च्यासलस्थित तुलसीलाल अमात्य प्रतिष्ठानमा भएको केन्द्रीय सचिवालयको बैठकले चैत २२ देखि २४ सम्म महाधिवेशन गर्ने निर्णय गरेको हो । महाधिवेशन सम्मका लागि सुनिता बराल अध्यक्ष, आरसी लामिछाने वरिष्ठ उपाध्यक्ष र समीप बराल महासचिव रहने गरी केन्द्रीय कमिटी पुनर्गठन गरिएको छ ।

Ad

प्रतिक्रिया दिनुहोस