Namaste Icon
Ad
Ad

स्वर्गीय पिताको सम्झनामा एनआरएनएका पूर्व कोषाध्यक्षद्धारा खेलाडीलाई सहयोग

स्वर्गीय पिताको सम्झनामा एनआरएनएका पूर्व कोषाध्यक्षद्धारा खेलाडीलाई सहयोग

काठमाडौं । गैर आवासीय नेपाली संघ (एनआरएनए) का पूर्व कोषाध्यक्ष एवम् समाजसेवी हिक्मत थापाले आफ्ना स्वर्गीय पिताको सम्झनामा खेलाडीहरुलाई सहयोग गरेका छन् । स्वर्गीय पिता आख्यानकार गगनसिंह थापाको सम्झनामा आफ्नो गाउँमा रहेको चेतना सामुदायिक विकास मञ्चका खेलाडीलाई ड्रेस र खेलकुद सामग्री खरिदका लागि १५ हजार सहयोग गरेका हुन् ।

सामाजिक सञ्जालमार्फत खेल आयोजना गर्न लागेको सूचना तथा खेलाडीले तयारीको लागी खेलिरहेको तस्बिरभिडिओ देखेपछि हौसला स्वरुप सहयोग गरिएको थापाले बताए । कैलालीको टिकापुर स्थायी घर भएका थापा हाल नाइजेरियालाई कर्मथलो बनाउँदै आएका छन् । स्वर्गीय पिताको जीवनको झण्डै आधा समय जानकी गाउँपालिकाको कटासेमा बितेको र उहाँ जिवित हुँदा पनि त्यही ठाउँको हक हित र विकासमा अग्रसर भएकोले सहयोग गर्न पाउँदा खुसी लागेको उनको भनाई छ ।

गगन फाउण्डेशनमार्फत थापाले यसअघि आफू नेपाल आएको बेला समेत चेतना सामुदायिक विकास मञ्चका खेलाडीहरुको फुटबल खेल प्रत्यक्ष हेर्दै खेलाडीको हौसला बढाउन दश हजार नगद समेत हस्तान्तरण गरेका थिए । कर्मथलो नाइजेरिया बनाएपनि आफ्नो गाउँठाउँको लागि गरेको सहयोगको उच्च मूल्याङ्कन गर्दै चेतना सामुदायिक विकास मञ्चका अध्यक्ष मकर रावल र खेल संयोजक शाहिल शाहीलगायत सबै खेलाडीहरुले धन्यवादसंगै खुसी व्यक्त गरेका थिए ।

Ad

सम्बन्धित समाचारहरु

इजरायल जानेको भाषा परीक्षा आजदेखि

इजरायल जानेको भाषा परीक्षा आजदेखि

काठमाडौं । इजरायल रोजगारीमा जान चाहनेको अंग्रेजी भाषा परीक्षा आज (सोमबार)बाट सुरु हुने भएको छ । इजरायल जान ९ हजारभन्दा बढीले आवेदन दिएकोमा करिब २ हजारको आवेदन अस्वीकृत भएको छ ।

प्राज्ञिक विद्यार्थी परिषदद्वारा दोलखाका ९५ घर परिवारलाई राहत सामग्री वितरण

विरजित बोहरा, सुर्खेत । प्राज्ञिक विद्यार्थी परिषद् नेपालले बाढी पहिरो प्रभावित दोलखा जिल्लाका कालिन्चोक गाउँपालिका वडा न ५ का ९५ परिवारलाई राहत सामाग्री वितरण गरेको छ । प्राज्ञिक विद्यार्थी परिषद नेपाल र विपद व्यवस्थापन समिति दोलखाको समन्वयमा भाद्र २० गते आइतबार सम्पन्न उक्त राहत सामग्री वितरण कार्यक्रममा प्राज्ञिक विद्यार्थी परिषद नेपालका राष्ट्रिय संगठन सचिव नारायण प्रसाद ढकाल, दोलखा जिल्लाका प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरे, कालिन्चोक गाउँपालिका अध्यक्ष विनकुमार थामी,प्राज्ञिक विद्यार्थी परिषद नेपाल महासचिव छितराज न्याैपाने, विद्यार्थी परिषद नेपाल बाग्मती प्रदेश सह सचिव प्रतीक्षा गिरी, त्रिभुवन विश्वविद्यालय इकाई सदस्य सुशीला पौडेल, हिन्दू स्वयंसेवक संघ नेपालका जिल्ला कार्यवाह शिव के सी प्राज्ञिक विद्यार्थी परिषद नेपाल भीमेश्वर नगर सचिव लक्ष्मी श्रेष्ठ ,स्थानीय जनप्रतिनिधि,स्थानीय वासी ,पत्रकार एवं सुरक्षा निकाएको उल्लेख्य उपस्थिति रहेको थियो ।

Ad

प्रतिक्रिया दिनुहोस