Namaste Icon
Ad
Ad

बीउ जोगाउदै पहाडी बाली अनुसन्धान कार्यक्रम

बीउ जोगाउदै पहाडी बाली अनुसन्धान कार्यक्रम
ओम भण्डारी

तरकारी फलफुलको मात्रै होइन अचेल अन्न अनाजमा पनि बर्णशंकर जातले खेतबारी भरिभराउ छ। परम्परादेखि खेतीगर्दै आएका जातको सट्टामा उन्नत (बर्णशंकर) जातको बीउ प्रयोगले उत्पादन बढ्ने हुँदा किसान पनि उन्नत जातमै आकर्षितछन्। तर,रैथाने जातको बीउ लगाएर खेतीगर्नु जति सजिलो छ,उन्नत जातको बीउमा छैन। रोग किराको प्रकोप धेरैहुने,मौसमी प्रतिकुलतासंग जुध्न नसक्ने देखि सिंचाई,मल र स्याहारसुसार समेत धेरै चाहिन्छ। यी सबै चुनौती हुँदा पनि उत्पादन बढाउनै पर्ने हुनाले उन्नत जातको बाली लगाउनु अहिलेको बाध्यता हो। यही बाध्यताले होला कतिपय तरकारी-फलफुल र अन्न-अनाजका रैथानी जातहरु हराउदै गएका छन्। हराउदै गएका त्यस्ता जातमा पहाडमा हुने बालीका जातहरु अन्यको तुलनामा झन् धेरै छन्।

पहिलेको तुलनामा धान पछिको मकै र कोदो खेती घट्न थाल्यो। उवा, जौं, फापर, जुनेलो,चिनो, कागुनो, घैया, लट्टे,बेथु,मास,मस्याङ्ग, सिमि,बोडी जस्ता कतिपय बालीका रैथाने जातहरु त'' लोपोन्मूख भैसके। उहिल्यै देखि खेती गरिंदै आएको यी अन्नले मानिसको भोक मेटाउने,पेट भर्ने मात्रै होइन। औषधीको पनि काम गर्छन भन्नेकुरा सबैलाई थाहा छैन। सरकार र सर्वसाधारणको समुदायले समेत उन्नत जातको अन्न-अनाजको वृद्धि-बिकास, प्रचार प्रसारमा जति महत्व दिएको छ,रैथानेलाई छैन। गाउँघरका पाका मानिसहरुले यी रैथाने जातको औषधीय गुण र यीनीहरुले खाद्ध्य सुरक्षा गर्छन भन्ने जानिकन भबिस्यमा आफ्ना सन्ततीलाई आवस्यकता पर्ला की भनेर बीउ जोगाउनकैलागी थोरै भए पनि यस्ता सर्वगुण सम्पन्न बालीको खेती गरिरहेका छ्न।

पछिल्लो समय बर्णशंकर बीउको खेतीबाट उत्पादीत कृषि उपजले स्वास्थ्यमा दीर्घकालीन फाइदा गर्दैन भन्ने जानेर मानिसहरु रैथाने जातको अर्गानिक कृषि उपजतर्फ आकर्षित भएपछी बिस्तारै लोप हुदैगएको बालीहरु पुन: फैलिन थालेको बताउनुहुन्छ, नेपाल कृषि अनुसन्धान परिषद अन्तर्गतको पहाडी बाली अनुसन्धान कार्यक्रम काब्रे दोलखाका कार्यक्रम संयोजक कृषि बैज्ञानिक डाक्टर सुवास सुवेदी। सुवेदीका अनुसार पहाडमा हुने अन्य विभिन्न बालीहरुको अध्ययन अनुसन्धान गरिने भए पनि दोलखाको काब्रेमा रहेको अनुसन्धान कार्यक्रमले कोदो,फापर र जौं को अध्यन अनुसन्धान,नयाँ जातको सिफारिस संगै बीउको उत्पादन समेत गरिरहेको छ। सिमित जनसक्ती र सिमित स्रोत साधनको बावजुत पनि अनुसन्धान कार्यक्रमले कयौं बालीका जातको सुरक्षा गर्दै कोदो र फापरका नयाँजातहरु किसानाकालागी सिफारिस समेत गरेको छ।‘अचेल शहरमा इज्जतिलो परिकार बनाउने अन्न कोदो र फापरको बीउ लिन कोरोना भाइरसको कारण भएको बन्दाबन्दी र निषेधाज्ञाको बावजुत पनि किसानहरु गुल्मी, पाल्पा,लमजुङ्ग,गोर्खा,संखुवासभा,बैतडी जिल्लादेखि आएर बीउ लगेको’ बताउनुहुन्छ कृषि बैज्ञानिक डाक्टर सुवास सुवेदी। उहाँका अनुसार अनुसन्धान कार्यक्रमले ‘किसानलाई कोदोको बीउ त’’’ माग अनुसार पुर्याउनै सकेको छैन’।

मानिसको रुची बढ्दो र बदलिँदो पनि छ। नयाँ खोज र अनुसन्धान पनि जारी नै छ। मौसम र माटो अनुसारको खेतीले मात्रै दिर्घकालिन फाइदा हुन्छ भन्ने बैज्ञानिक पुष्टी भैसक्यो। परापुर्व समय देखि खेती गरेका बालीका जातहरुले खाद्ध्य सुरक्षासंगै स्वास्थ्य रक्षा गर्छन् भन्ने तथ्य घामजस्तै छर्लङ्ग छ। त्यसैले ‘यस्ता बालीको खेती अब बढ्छन’ भन्नुहुन्छ डा.सुवेदी। रैथाने बालीको खेती बढाउन ‘उत्पादनको लागत घटाउनु पर्छ’ अनी ‘खेती गर्ने क्षेत्रफल पनि बढाउनु पर्ने’ सुवेदीको सल्लाह छ।

बजार माग धेरै छ,उत्पादन थोरै छ। कोदो,फापर जस्ता अरु थुप्रै अन्नलाई विश्व बजारसम्मै लान सकिन्छ। विभिन्न परिकार बन्ने गुणकारी खाद्यान्नको बारेमा सही जानकारी अन्तराष्ट्रिय बजारमा लाने हो भने, महँगो मूल्यमा बेच्न गार्हो छैन। सुवेदी भन्नुहुन्छ-‘अब बीउ उत्पादन जस्तै किसानलाई प्रोत्साहनका कार्यक्रम ल्याएर रैथाने बालीको खेतीमा आकर्षण बढाउनु पर्छ’ उहाँको सुझाव छ-‘सरकारले कृषिमा नितीगत सुधार गरेर, किसान हितका कार्यक्रमहरु थप्नुपर्छ।’

पहाडी बाली अनुसन्धान कार्यक्रम दोलखा जिल्लाको काब्रेमा छ। कार्यक्रमले पहाडमाहुने बालीको अध्यन अनुसन्धानसंगै उपयुक्त जातहरुको सिफारिस गर्छ। किसानलाई परेको समस्या र जिज्ञासा उपर सल्लाह सुझाव सकेसम्म दिनेगर्छ। कार्यक्रम संयोजक कृषि बैज्ञानिक डाक्टर सुवेदीका अनुसार किसानले आवस्यक जानकारीकालागी पहाडी बाली अनुसन्धान कार्यक्रम दोलखाको मोबाइल फोन ९८५११२९७८५ मा सम्पर्क समेत गर्न सक्नुहुन्छ।

Ad

सम्बन्धित समाचारहरु

देश चलाउने जिम्मेवारी नयाँ पुस्तालाई दिइयोस सरकार !

देश चलाउने जिम्मेवारी नयाँ पुस्तालाई दिइयोस सरकार !

कृष्ण साउद । अब देश चलाउने जिम्मा युवा पुस्ता लाई दिनुपर्छ समपूर्ण लिडर हरु मिलेर । समाजको सबैभन्दा गतिशील पुस्ता भनेको नै युवा हो । उसको सहभागिताविना देशको जीवन मेरुदण्डविनाको मानव शरीरजस्तै हो । यसर्थ, अब देश चलाउने जिम्मेवारी नै युवा पुस्ता लाई हस्तान्तरण गर्नुपर्छ। न यो देश मा रोजगारी छ नत सबै युवा हुरु खाडि मुलुक मा छिर्न बाध्य भइरहेका छन् ।

'यदि कम्युनिस्ट बन्ने हो भने बिचारको कुरा गर्नुहोस'

'यदि कम्युनिस्ट बन्ने हो भने बिचारको कुरा गर्नुहोस'

कम्युनिस्ट पार्टीको आत्म भनेको बिचारधारा हो । कम्युनिस्ट भाष्यमा त्यो बिचारधारा भनेको 'मार्क्सवाद लेनिनवाद हो ।' नेपालमा राज्य संचालनको प्रक्रियामा सामेल भएका कम्युनिस्ट पार्टीहरुमा यो बिचारधाराको थोरै अंश पाउन पनि गाह्रो छ । अत: नेकपा एमाले, नेकपा माओवादी, प्रस्तावित नेकपा एस जुनसुकैको भविस्य दाउमा छ, कसैले फुर्कनु पर्दैन। जब नागरिकहरु बिस्तारै सचेत हुन्छ्न, उनिहरुले पार्टीमा बिचारधारा खोज्दछ्न ब्यक्ति वा ब्रान्ड होइन। ब्रान्डले कम्युनिस्ट पार्टी चल्ने भए अहिले पनि प.बगालमा भारतीय कम्युनिस्ट पार्टीले शासन गरीरहेको हुन्थ्यो र सोभियत युनिएन ज्युंदै हुन्थ्यो ।

Ad

प्रतिक्रिया दिनुहोस