# भर्खरै
Namaste Icon
Ad

बीएस ६ सुजुकी एक्सेस १२५ स्कुटर नेपाली बजारमा, मुल्य कति ?

बीएस ६ सुजुकी एक्सेस १२५ स्कुटर नेपाली बजारमा, मुल्य कति ?

काठमाडौं । भीजी अटोमोबाइल्स प्रालिले बीएस ६ प्रविधिको सुजुकी एक्सेस स्कुटर नेपाली बजारमा भित्र्याएको छ । निषेधाज्ञाकै समयमा उक्त स्कुटर नेपाली बजारमा भित्र्याएको हाे। एक्सेस स्कुटरमा ग्यास सिलिन्डर अटाउने तथा ३ जना सवार गर्न सकिने कम्पनीले बताएकाे छ । साथै यसको अगाडि भागमा स्टिलको कभरसमेत रहेको छ। यसमा फोर स्ट्रोक सिंगल सिलिन्डर एयरकुल्ड जडित इन्जिन प्रयोग गरिएको छ।

नयाँ परिमार्जित एक्सेस १२५ स्कुटरमा भारत स्टेज ६ अर्थात बीएस ६ प्रविधि जडान गरिएको छ भने एफआई प्रविधिसमेत रहेको हुँदा उत्कृष्ट माइलेज आउने आकलन गरिएकाे छ । एसओएचसी २ भल्वयुक्त इन्जिन प्रयोग भएको यस स्कुटरमा इन्जिनले ६७५० आरपीएममा ८.७ पीएस पावर र ५५०० आरपीएममा १० एनएम टर्क जेनेरेट गर्छ। एलईडी हेडल्याम्प तथा बाहिरबाटै पेट्रोल भर्न सकिने छ।

इलेक्ट्रिक स्टार्ट र किक स्टार्ट दुबै व्यवस्था रहेको सो स्कुटरमा २२ लिटर बराबरको स्टोरेज राखिएको छ भने मोबाइल चार्जिङ प्वाइन्टसमेत जडान गरिएको छ। दुबै चक्कामा अलोय ह्विल प्रयोग गरिएको सो स्कुटरको जम्मा तौल १०३ किलोग्राम रहेको छ। फुल्ली डिजिटल ड्यासबोर्डले गर्दा ब्लुटुथ, नेभिगेसन जस्ता नयाँ विशेषतासमेत थप रहेका छन्।

हाल २ भेरिएन्टमा उपलब्ध सो स्कुटरमा हाफ डिजिटल र फुल डिजिटलमा मात्रै भिन्नता रहेको कम्पनीले जनाएको छ। फुल डिजिटल ड्यासबोर्डमा एसएमएस अलर्ट, ओभर स्पिड वार्निङ, मोबाइलमा आउने सम्पुर्ण अलर्ट तथा मोबाइलको ब्याट्री अलर्टसमेत जडान रहेको छ।

यसको मूल्य २ लाख ५९ हजार ९ सय रुपैयाँ तोकिएको छ। रातो, निलो र खैरो गरी तीन रङमा उपलब्ध सुजुकी एक्सेस स्कुटरमा बढि रुचाइएको रङ भने निलो मानिएको छ। यद्यपि यो स्कुटरको नेपाली बजारमा औपचारिक बिक्री प्रारम्भ गरिएको छैन।

Ad

सम्बन्धित समाचारहरु

नबिल बैंकको वित्तीय साक्षरता कार्यक्रम

नबिल बैंकको वित्तीय साक्षरता कार्यक्रम

काठमाडौं । नबिल बैंकले सुर्खेतको बराहतालमा दिगो बैंकिङ तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । उक्त कार्यक्रममा बैंकले बराहताल गाउँपालिकासँग दिगो बैंकिङ अन्तर्गत उद्यमशीलता विकास र वित्तीय पहुँचका लागि समझदारी गरेको छ ।

'निजीलाई करोडपति र नेपाल एयरलाइन्सलाई धरासायी बनाउने काम म गर्दिनँ'

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आलेले नेपाल एयरलाइन्सको जहाजलाई घाममा सुकाएर निजी एयरलाइन्सलाई पोस्ने काम भएको बताएका छन् । उनले निजी एयरलाइन्ससँग सेटिङ गरेर उनीहरूलाई रातारात करोडपति बनाउने र नेपाल एयरलाइन्सलाई धरासायी बनाउने काम आफूबाट नहुने उनले बताए ।

Ad

प्रतिक्रिया दिनुहोस

Ad
Ad