Namaste Icon
Ad
Ad

सामाजिक गतिविधिमा संलग्न सुभाष ज्ञवाली

सामाजिक गतिविधिमा संलग्न सुभाष ज्ञवाली

अर्घाखाँची । जिल्लाको छत्रदेब गाउपालिका वडा न १ चिदिकामा जन्मिएका सुभाष ज्ञवालीले कर्मथलोको रुपमा काठमाडौंलाई बनाए पनि हरेक परिस्थितिमा आफ्नो जन्मगाउँ सङ्ग जोडिइरहेका छ्न् । दुख होस वा सुख होस् जुनसुकै परिस्थितिमा पनि आफ्नो गाउँघरसङ्ग जोडिएर सामाजिक कार्यहरुमा दिनरात लागिपरेका छ्न ।

गाउँमा कसैको घरगोठ तथा भौतिक सम्पति क्षति हुदा होस् वा गाउँमा कोरोनाको उच्च जोखिम हुदा स्वास्थ सामाग्री पठाएर पनि किन नहोस हरेक समय आफ्नो गाउँको दुखसुखमा साथ दिन हरदम तयारि रहन्छन् । काठमाडौंमा रहेर पनि हरेक विशम परिस्थितिमा गाउँ फर्किन चाहने ब्यक्तिहरुलाई समन्वय र सहजीकरण गर्ने वा कोहि बिरामी भएर अस्पताल भर्ना हँुदा समेत आँफै अस्पताल पुगेर सान्त्वना दिने तथा आवश्यकता अनुसारको सहयोग गरिरहन्छ्न ।

पछिल्लो समय आफ्नो जिल्लाका विभिन्न बिरामीहरुको लागि पनि चिदिका बिपद व्यवस्थापन नामक कोष खडा गरि विभिन्न मनकारि ब्यक्तित्वद्वारा संकलित भएको रकम दीन दुःखिहरुको हात हातमा पुर्याउदा आफुलाई मानव हुनुको सार्थकता महसुस गराइरहेका छन ।

पछिल्लो समय छ्त्रदेब गाउपालिका जन्मघर भइ चन्द माबि चिदिकामा अध्ययनरत पूर्व विद्यार्थी अम्बिका भुसालको छोराको दुबै मृगौला फेल भइ लामो समयदेखि काठमाडौंमा उपचाररत बिरामी हिमाल भण्डारी बचाउ अभियानमा समेत लागिरहेका छ्न । बिरामीको उपचारमा थप रकम आवश्यक पर्ने भएकोले सिदै आफुलाई ९८५७०३७१४२ मा सम्पर्क गरेर पनि जोडीनुहुन मनकारि ब्यक्तिहरु समक्ष अनुरोध गरेका छ्न ।

Ad

सम्बन्धित समाचारहरु

काठमाडौंमा खुल्यो जुकोट दरबार रेस्टुरेन्ट, बाजुराको जुकोटमा उत्पादित खाद्यान्नको परिकार पाइने

केशर विश्वकर्मा, काठमाडौं ।  स्वामीकात्तिक खापर गाउँपालिका साविकको जुकोट ३ बाजुरा जिल्लाका तीन दाजुभाइको लगानीमा काठमाडौमा सचालन भइरहेको छ जुकोट दरबार रेस्टुरेन्ट । ती उधमशील दाजुभाइ हुन् जेठो सरोजबहादुर शाही, माइलो अमृतबहादुर शाही र कान्छो सविनबहादुर शाही । झण्डै एक दशकदेखि निरन्तर संघर्ष गर्दै आएका उनिहरुले विगत दश महिनायता करोडाैंको हाराहारीमा लगानी गरेर काठमाडौंको दरबारमार्गस्थित घणटघर नजिकै बाजुरा जिल्लाको प्रसिद्ध ठाउँको नामबाट जुकोट दरबार रेस्टुरेन्ट संचालन गरिरहेका छन् । तीन दाजुभाइमध्य सरोजबहादुर शाही र अमृतबहादुर शाही निरंतर रूपमा सोही रेस्टुरेन्ट सचालनमा छन भने कान्छो भाई सविनबहादुर शाही भने स्टुडेन्ट भिसामा जापानमा छन । अझ ऐतिहाँसिक पाटो भनेको के छ भने उनीहरुले संचालन गरिरहेको जुकोट दरबार रेस्टुरेन्टको भवन एक सय वर्ष पुरानो हो । तर झट्ट हेर्दा सय वर्ष नाघेको जस्तो देखिदैँन । अर्को पाटो यति धेरै लगानी भएको रेस्टुरेन्टमा तीन भाइको लगानी बाहेक अरु कसैको पनि शेयर छैन ।

२० वर्ष पहिले आजकै दिन भएको त्याे भयानक हमला

२० वर्ष पहिले आजकै दिन भएको त्याे भयानक हमला

वासिङटन । २० वर्ष पहिले, सेम्पटेम्बर ११, मंगलबारका दिन बिहानको ७ बजेर ५९ मिनेट जाँदा अमेरिकाको बोस्टोनबाट दुईवटा र वाशिङटनबाट उडेका दुईवटा गरि चारैवटा विमान अलकाइदाद्वारा अपहरण गरिएको थियो । यसपछि ८ बजेर ४६ मिनेटमा अपहरणकारीले अमेरिकी एयरलाइनलाई वल्र्ड ट्रेड सेन्टरमा लगेर ठोक्काए । ९ बजेर ३ मिनेट जाँदा युनाइटेड एयरलाइन्स फ्लाइट १७५ वल्र्ड ट्रेड सेन्टरको दक्षिणतर्फको टावरमा दुर्घटनाग्रस्त भयो ।

Ad

प्रतिक्रिया दिनुहोस