Namaste Icon
Ad
Ad

अवैध पुष्प तथा पुष्पजन्य आयात रोक्न माग, माग सुनुवाई नभए कडा आन्दोलन गर्ने चेतावनी

अवैध पुष्प तथा पुष्पजन्य आयात रोक्न माग, माग सुनुवाई नभए कडा आन्दोलन गर्ने चेतावनी

काठमाडौं । भारतबाट पुष्प तथा पुष्पजन्य वस्तु अवैध आयात भइरहेको भन्दै त्यसलाई रोक्न माग गरिएको छ । अखिल नेपाल किसान महासंघ, ङ्खलोरिकल्चर एसोसियसन नेपाल तथा नर्सरी तथा पुष्प उत्पादक किसान संघले संयुक्त रूपमा पुष्प एवं पुष्पजन्य सामग्री अवैध कारोबार रोक्न माग गर्दै बुधबार राजधानीमा प्रदर्शनसमेत गरेका छन् ।

उनीहरूले ‘प्रयोग गरौं बारीको बहिष्कार गरौं पारीको’, ‘पुष्प व्यवसायलाई अति आवश्यकीय कृषिजन्य बस्तुको सूचीमा समावेश गर’, ‘फुलको अवैध तथा अनियन्त्रित आयात बन्द गर’लगायत नाराबाजी गर्दै प्रदर्शन गरेका गरेका हुन् ।

भारतलगायत अन्य देशबाट गैरकानुनी रूपमा फुल ल्याउने काम जारी भएको र त्यसको विरोध गर्दा नेपालका किसानलाई तर्साउने, धम्क्याउने गरिएको आरोपसमेत उनीहरूले लगाएका छन् । लकडाउनका कारण पुष्प व्यवसायी किसान धराशयी भइरहेको बेला नेपालभित्रैको उत्पादन खपत गर्नुको साटो कर छलेर भारतबाट फुल ल्याउने ‘दलाल’ सक्रिय भइरहेको भन्दै कडा कारबाही गर्न उनीहरूले माग गरेका छन् । माग सुनुवाई नभए कडा आन्दोलन गर्ने चेतावनीसमेत उनीहरूले दिएका छन् । राजधानी दैनिकमा समाचार छ ।

Ad

सम्बन्धित समाचारहरु

उदयपुरमा खुल्यो ३ करोड लगानीमा कर्मदीप पशु तथा कृषि फार्म, कृषि कलेज बनाउने उद्देश्य

काठमाडौं । उदयपुर जिल्ला अदालतमा वहस पैरवीको काम गरिरहेका दिपक बस्नेतले २०७४ सालमा कृषिमा हात हाले । आफ्नै माटोमा केहि गर्नुपर्छ भन्ने मान्यताले बस्नेतले कृषि हात हालेको बताए । उनले उदयपुर जिल्लाको त्रियुगा नगरपालिका वाड नम्बर २ को मथियाईमा रहेको ४ विघाहा जग्गामा कर्मदीप पशु तथा कृषि फार्म सञ्चालनमा ल्याए । सो फार्ममा माछा, लोकल कुखुरा , बोइलर कुखुरा, बंगुर, बट्टाई, गाई, राँगा, बाख्रा, सिजन अनुसारको तरकारी तथा फल–फूल पनि पाईने एकिकृत कृषि फर्म सञ्चालन गरिरहेका बस्नेतले जानकारी दिए । उनको फार्ममा उन्नत जातको घाँस पनि खेती गरिएको छ । ​उनका अनुसार ३ करोड लगानीमा सञ्चालन गरेको सो फार्ममा प्रत्यक्ष र अप्रत्यक्ष गरी १५ जना भन्दाले रोजगारी पाएका छन । फार्मले त्रियुगा नगरपालिका मात्र होइन पुरै उदयपुर जिल्ला तथा यस जिल्लाको सिमानामा रहेका खोटाङ्ग भोजपुर ओखलढु्ङ्गा सिराहा, सप्तरी, सुनसरी, सोलुखुम्बु लगाएतका जिल्लाहरुका मानिसलाई समेत सेवा दिइरहेको व्यवसायी बस्नेतले बताए ।

४१ विश्व खाद्य दिवस : स्वस्थ्य मानिसका लागि स्वच्छ खाद्यान्नको आवश्यकता

काठमाडाैं । कृषि तथा पशुपक्षी विकास मन्त्रालयका (पशुपक्षी तर्फका) सचिव डा. गोविन्द शर्माले मुलुक निर्माणका लागि स्वस्थ्य मानिसका लागि स्वच्छ खाद्यान्नको आवश्यकता रहेको बताए । नेपालमा मनाईने महिनाव्यापी ४१ औ विश्व खाद्य दिवसको आज भएको भर्चुअल उद्घाटन कार्यक्रममा बोल्दै उनले सो कुरा बताएका हुन । उनले स्वस्थ्य खानाका लागी कृषिलाई प्राथमिकतामा राख्नुपर्नेे कुरामा जोड दिँदै भने, 'विभिन्न कारणले कृषिबाट पलायन भएका युवा जनशक्तिलाई पुनः कृषिमा फर्काउनुपर्ने खालका कार्यक्रमहरु ल्याउनुपर्छ ।’

Ad

प्रतिक्रिया दिनुहोस