Namaste Icon
Ad
Ad

'त्रिविका परीक्षा नरोकिने'

'त्रिविका परीक्षा नरोकिने'

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले संचालन गर्ने परीक्षा नरोकिने भएको छ । कोरोना महामारी बढ्दै गएपछि कक्षा १२ को परीक्षा राष्ट्रिय परीक्षा बोर्डले स्थगित गरेपछि अरु परीक्षा के हुने भन्ने अन्योलका बीच त्रिविले यस्तो जानकारी गराएको हो । परीक्षा नियन्त्रक पुष्पराज जोशीले त्रिविका परीक्षा नियमित संचालन हुने जानकारी दिए।

‘स्नातक तह प्रथम वर्षको व्यवस्थापन संकायको परीक्षा साउन २२ गतेदेखि समाप्त भएको र विज्ञान, शिक्षा संकायका परीक्षा भोलिदेखि सम्पन्न हुँदैछ', सामाजिक सञ्जालमा जोशीले लेखेका छन्, 'अब उप्रान्तका मानविकी तथा सामाजिक संकायको मात्रै परीक्षा बाँकी रहेको अवस्थामा थोरै विद्यार्थी रहेको र लामो समयसम्म परीक्षा नभएकाले साउन २८ सम्म सबै स्वास्थ्य मापदण्ड पालना गरी परीक्षा संचालन गराउन सम्बद्ध सबैलाई हार्दिक अनुरोध गर्दछौं।

Ad

सम्बन्धित समाचारहरु

दयनीय अवस्थामा त्रिपालमुनि कक्षा सञ्चालन हुदैं

दयनीय अवस्थामा त्रिपालमुनि कक्षा सञ्चालन हुदैं

दार्चुला । दार्चुलाको नौगाड गाउँपालिका– ६ मा रहेको समैजी आधारभूत विद्यालयको भवन बाढी पहिरोले बगाउदाँ त्रिपालमुनि कक्षा सञ्चालन भइरहेका छन् । २०७७ साउनमा आएको बाढी, पहिरोले विद्यालय भवन बगाउँदा त्रिपालमुनि कक्षा सञ्चालन गरिएको विद्यालयका प्रधानाध्यापक हरकसिँह ठगुन्नाले जानकारी दिए । कोरोना संक्रमणका कारण विद्यालय बन्द अवस्थामा थियो ।

नेपालमा पनि निपा भाइरसको जोखिम !

नेपालमा पनि निपा भाइरसको जोखिम !

काठमाडौं । निपा भाइरसको संक्रमण फैलन नदिन नेपालमा पूर्वतयारी थालिएको छ । यो रोगको जोखिम नेपालमा पनि रहेको भन्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पूर्वतयारी स्वरुप देशभरका अस्पतालहरुलाई ‘अलर्ट’ हुन बिहीबार निर्देशन दियो । रोगको यकिन निदान नहुँदै वा तीव्र रुपमा बिरामीको स्वास्थ्य अवस्था बिग्रँदै गएमा वा मृत्यु भएमा त्यस्ता बिरामीहरुको विस्तृत विवरण लिई प्रयोगशालाको समन्वयमा नमुना संकलन गरी राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा यथाशीघ्र पठाउने व्यवस्था मिलाउन अर्ली वार्निङ एण्ड रिपोर्टिङ सिस्टम (इवार्स) सेन्टिनेल साइट/अस्पतालहरुलाई मन्त्रालयले निर्देशन दिएको हो ।

Ad

प्रतिक्रिया दिनुहोस