Namaste Icon
Ad
Ad

१५ हजार नयाँ शिक्षकको पदपूर्ति गर्ने तयारी

१५ हजार नयाँ शिक्षकको पदपूर्ति गर्ने तयारी

काठमाडौं । शिक्षक सेवा आयोगले असोज पहिलो साताभित्र १५ हजार नयाँ शिक्षकको पदपूर्ति गर्ने तयारी गरेको छ । अहिले करीब १५ हजार शिक्षक पदपूर्ति गर्नुपर्ने देखिएको छ। त्यसका लागि तयारी चलिरहेको आयोगका नवनियुक्त अध्यक्ष मधु रेग्मीले बताए ।

उनका अनुसार ढिलोमा असोज पहिलो सातासम्म शिक्षकको नयाँ पदपूर्ति गर्ने हिसाबले काम भइरहेको बताए। नयाँ शिक्षक पदपूर्तिका लागि आयोगले शिक्षा तथा मानव स्रोत विकास केन्द्रलाई देशभरका सार्वजनिक विद्यालयमा शिक्षकको रिक्त दरबन्दीको विवरण अद्यावधिक गर्न पत्रचार गरेको छ ।

यसअघि केन्द्रले गत चैतसम्मको रिक्त दरबन्द पठाएको थियो। अहिले पछिल्लो विवरण पनि थप्न पत्राचार गरेको हो । चैतसम्म १२ हजार शिक्षकको दरबन्दी खाली रहेको अध्यक्ष रेग्मीले बताए । साउनसम्म गरेर १५ हजार शिक्षकको दरबन्दी खाली रहेको आयोगको अनुमान छ ।

 

Ad

सम्बन्धित समाचारहरु

दयनीय अवस्थामा त्रिपालमुनि कक्षा सञ्चालन हुदैं

दयनीय अवस्थामा त्रिपालमुनि कक्षा सञ्चालन हुदैं

दार्चुला । दार्चुलाको नौगाड गाउँपालिका– ६ मा रहेको समैजी आधारभूत विद्यालयको भवन बाढी पहिरोले बगाउदाँ त्रिपालमुनि कक्षा सञ्चालन भइरहेका छन् । २०७७ साउनमा आएको बाढी, पहिरोले विद्यालय भवन बगाउँदा त्रिपालमुनि कक्षा सञ्चालन गरिएको विद्यालयका प्रधानाध्यापक हरकसिँह ठगुन्नाले जानकारी दिए । कोरोना संक्रमणका कारण विद्यालय बन्द अवस्थामा थियो ।

नेपालमा पनि निपा भाइरसको जोखिम !

नेपालमा पनि निपा भाइरसको जोखिम !

काठमाडौं । निपा भाइरसको संक्रमण फैलन नदिन नेपालमा पूर्वतयारी थालिएको छ । यो रोगको जोखिम नेपालमा पनि रहेको भन्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पूर्वतयारी स्वरुप देशभरका अस्पतालहरुलाई ‘अलर्ट’ हुन बिहीबार निर्देशन दियो । रोगको यकिन निदान नहुँदै वा तीव्र रुपमा बिरामीको स्वास्थ्य अवस्था बिग्रँदै गएमा वा मृत्यु भएमा त्यस्ता बिरामीहरुको विस्तृत विवरण लिई प्रयोगशालाको समन्वयमा नमुना संकलन गरी राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा यथाशीघ्र पठाउने व्यवस्था मिलाउन अर्ली वार्निङ एण्ड रिपोर्टिङ सिस्टम (इवार्स) सेन्टिनेल साइट/अस्पतालहरुलाई मन्त्रालयले निर्देशन दिएको हो ।

Ad

प्रतिक्रिया दिनुहोस