Namaste Icon
Ad
Ad

नेपालको हरेक आन्दोलनको बलिदानिपूर्ण मोर्चामा युवाहरुको महत्त्वपूर्ण योगदान छ : नेता शर्मा

नेपालको हरेक आन्दोलनको बलिदानिपूर्ण मोर्चामा युवाहरुको महत्त्वपूर्ण योगदान छ : नेता शर्मा

नेपाली कांग्रेस तरुणदल बिभागका केन्द्रिय सदस्य एवंम कर्णाली प्रदेशका युवा नेता डोरप्रशाद शर्माले नेपाली काङ्ग्रेस पार्टीभित्र युवाहरुको भुमिका महत्त्वपूर्ण रहेकोेले युवाहरूलाई पनि प्रदेश देखि जिल्ला,स्थानीय तहसम्म पार्टी जिम्मेवारी दिनुपर्ने बताए ।नेपालका ठुला ठुला परिवर्तनकारि आन्दोलनमा युवाहरूको महत्त्वपूर्ण भुमिका रहदै आएकोले अहिलेको देशको राजनीतिक परिवेशलाई नियाल्दै युवाहरुलाई जिम्मेवारी बिहिन बनाउनुभन्दा पार्टीको कुनै न कुनै जिम्मेवारी दिनुपर्ने बताए।देशको हरेक क्रान्ती, आन्दोलन, संघर्ष अनि बलिदानको मोर्चामा युबा पुस्ताले आफ्नो रगतले लेखेर दिएको एक एक अक्षर अनि स्वतन्त्रताका लागि तातो गोलि छातीमा खादा निस्किएको एक एक आवाजले सम्भब भएको नेता शर्माले बताए।तमाम युवाहरुकै कारण आज हामि स्वतन्त्र रूपमा लोकतन्त्रको आभास गरिएको बताए।त्यसैगरी चिङाडको विद्युत, सडक, स्वास्थ्य संरचनालाई मध्यनजर गर्दै नेता डोरप्रशाद शर्मासँग दर्पण दैनिककर्मी खगेन्द्र हमालले गरेको कुराकानीको सारसंक्षेपः

 

चिङ्गाडका सडकहरु कालोपत्रे कहिलेसम्म हुन्छ?

चिङ्गाड गाउपालिका भित्र अब तत्कालका लागि नयाँ बाटोको ट्र्याक खोल्नु भन्दापनि खोलिएका ट्रयाकहरुलाई प्रत्येक वडाको सेन्टर सम्मा स्तरोन्नति गर्न अति आवस्यक छ।सडकमा पक्की नाला र सडक ग्राभेल नगरेसम्म बर्षायाममा यहाका जनताले सास्ति भोग्नुपर्ने हुन्छ।विशेष गरि धरमपोखरा ठाटिबजार र धरमपोखरा अवल्चिङ ढाडखेत सडक कालो पत्रे गर्नु पर्छ।र त्यसको लागि स्थानीय सरकारले पहलकदमि अगाडी बढाउने प्रतिबद्धता ब्यक्त गरेको छ।यसबारे ठ्याक्कै यति समयभित्र कालोपत्रे हुन्छ भनेर अहिले नै भन्न सकिने अवस्था छैन।मुख्यकुरा बजेटको हो।यसबारेमा स्थानीय सरकार,प्रदेश सरकारले कुनै न कुनै पहल गर्नेछ भन्नेमा छौ।

 

चिङ्गाडका जनताले दुईबर्ष भित्र बिजुलि उपभोग गर्न पाउछन भन्ने थियोे, दुईबर्ष पुरा हुन लाग्यो चिङ्गाड बासिले बिजुली कहिले उपभोग गर्न पाउछन?

विद्युतको काम दुईबर्ष भित्र नै सक्ने गरि निर्माण कम्पनीले सम्झौता गरेको हो।काम पनि निरन्तर अगाडि बढिरहेको थियोे बिचमा कोरोना महामारीका कारण काम्स गर्नलाई थप जटिल समस्या उत्पन्न भयो।अब यो बर्ष भित्र नै चिङ्गाडका सबै वडामा बिजुली बाल्ना सुरु गर्न स्थानीय सरकार, समिती र जिम्मेवारि लिएको निर्माण कम्पनीले स्पिडका साथ बाकि रहेका अधुरा कामहरुलाई अगाडि बढाउने र यस बर्ष भित्र चिङ्गाडि जनताको घरमा बिजुली बल्नुपर्छ भनेर हामी अगाडि बढिरहेका छौ।यसको लागि म लगायत अन्य साथीहरू पनि सकृय भएर लाग्नु भएको छ।

 

चिङ्गाडमा टेन्डर भएको १५ सैयाको अस्पतालको निर्माण कार्य बारे के कस्तो भैरहेको छ ? 

चिङ्गाड जस्तो एउटा स्वास्थ्यमा प्रभावकारी पहुच नभएको क्षेत्रमा १५ सैयाको अस्पतालको स्थापना हुनु भनेको आफैमा एउटा गर्बको कुरा हो।यो अस्पताल
टेन्डर भैसकेको छ।अब अस्पताल लाई छिटो भन्दा छिटो निर्माण कार्य गर्न सरोकारवालाहरुलाई ध्यानाकर्षण गराउने भन्ने हाम्रो सोच छ।महामारीको प्रभावले अहिलेसम्म यो निर्माण कार्य अगाडि बढ्न सकेन।अब महामारीलाई मध्यनजर गर्दै निर्माण कार्य अगाडि बढ्छ।

 

चिङ्गाडमा सुविधा सम्पन्न क्याम्पस,प्राविधिक शिक्षालयको बारेमा पटकपटक कुरा उठ्छ तर राजनीतिक नेतृत्वले यसबारे खासै चासो नदिएको जस्तो लाग्छ । यसबारे आगामी पहलकदमि कस्तो रहने छ ?

बिगतमा यसबारे पटकपटक कुरा उठेतापनि ठोस तरिकाले बहसमा केन्द्रित भएर यसबारे छलफल भएन।अब चिङ्गाड क्याम्पसको लागि पालिका स्तरको बसाइ आयोजना गरि स्थान छनौट र क्याम्पसको अबधारणा अघाडी बढाउने सोचमा छौ।साथमा प्राबिधिक शिक्षालयको बारेमा छलफल र निष्कर्ष लिनु पर्ने भएकाले ढिलोचाडो यसबारेमा पालिका स्तरीय सामुहिक छ्लफल गरेर टुंगो लगाउनेछौ।

 

प्रदेश र स्थानीय तहसम्म राजनीतिक नेतृत्व युवा पुस्ताले सम्हाल्नु पर्छ भन्दै गर्दा यसमा पहिलो पुस्ता सहमत हुन्छ सक्छ?तपाईंको यसमा ब्यक्तिगत धारणा के छ।

राजनैतिक नेतृत्व युवाको नेतृत्वमा हुन पर्छ भन्नेमा नै हो म।देशको हरेक क्रान्ती, आन्दोलन, संघर्ष अनि बलिदानको मोर्चामा युबा पुस्ताले आफ्नो रगतले लेखेर दिएको एक एक अक्षर अनि स्वतन्त्रताका लागि तातो गोलि छातीमा खादा निस्किएको एक एक आवाजले सम्भव भएको हो।अग्रज नेताहरु सल्लाहकारको भुमिका निभाउदै माथिल्लो स्तरको राजनैतिक बागडोर सम्हाल्नु पर्ने आवस्यकता भएको हरेक स्थानीय तह र प्रदेश,क्षेत्र र जिल्ला तहमा सक्रिय युवाहरुले नै जिम्मेवारी पाउनुपर्छ।अहिलेको जस्तो हाम्रो देशलाई साँच्चै निकास दिने हो भने युवा नेतृत्वको आवश्यकताबारे मात्र हैन, कस्तो युवा नेतृत्व, त्यो बहस गर्न जरुरी छ।अधिकांश नेपाली युवा देशको नेतृत्व गर्ने पहुँचभन्दा धेरै पर छन् । आधारभूत आवश्यकता पूरा गर्न देश एवंम विदेशको छेउ र कुनातिर अल्झिएर बाँच्नु परेको छ । हाम्रो देशले गरिब अनि सीमान्तीकृत युवाहरूलाई मनोवैज्ञानिक रूपमा यति हराएको छ कि तिनले आफ्नो महत्त्वाकांक्षालाई नेतृत्वको परिधिभन्दा टाढा नै सीमित गरिदिन्छन् । आफ्नै रगत पसिनामा टिकेको हाम्रो देशको नवीन परिकल्पना गर्ने केन्द्रमा ति युवाहरुले आफूलाई कल्पना पनि गर्दैनन् ।त्यस्तै नेतृत्वसँग उदासीन अर्को ठूलो युवा समुदाय छ, जो तुलनात्मक रूपमा शिक्षा र स्रोतमा केही पहुँच त राख्छ तर शक्ति एवं सत्ताको खेलबाट यति धेरै नीरास छ कि आफ्ना आशा र अभिलासा व्यक्तिगत घेरामै राख्न रुचाउँछ।त्यसैले युवाहरूको सक्रियता क्षमतालाई मुल्यांकन गर्दै युवाहरूलाई जिम्मेवारी बोध गराउनका लागि पनि युवा नेतृत्वको अपरिहार्य छ।

 

अन्तिममा तपाईंले पार्टी नेतृत्वको जिम्मेवारी कस्तो युवाले लिने त्यसबारे बहस गर्नुपर्छ भन्ने कुरा गर्नुभयो तपाईंको बिचारमा नेतृत्व लिन तत्पर युवाहरू कुन कुन हिस्सामा सक्रिय छन् बताईदिनुहोस।

बिशेष गरि राजनीतिक दल र विभिन्न संगठनमा आबद्ध युवाहरू राजनीतिक नेतृत्वको प्रत्यक्ष बाटोमा छन् ।दलसँग असम्बन्धित तर राजनीतिक–सामाजिक मुद्दा उठाउने युवाहरूको अर्को जमात छ, जो व्यावसायिक वा व्यक्तिगत माध्यमबाट यी मुद्दामा कार्यरत छन।राजनीतिक मुद्दाहरूमा केन्द्रीकृत नभई व्यावसायिक क्षेत्रमा सिर्जनशीलता र उद्यमशीलताद्वारा विकासको सम्भावना देखाउने युवाहरूको अर्को जमात पनि छ ।राष्ट्रको वर्तमान नेतृत्वले यी युवाहरूलाई कस्तो सहयोग एवं मार्गनिर्देश गर्नुपर्छ र के गरेको छ भन्ने आफैँमा महत्त्वपूर्ण विषय हो । तेसैले नेतृत्वमा दाबा गर्ने युवाहरू आफैँले गर्न सक्ने र गर्नुपर्ने कुराहरू के हुन् भन्नेतर्फ ध्यान दिनु आजको आबस्यकता हो भन्ने मलाई लाग्छ ।यसबारे पार्टीका अग्रज नेताहरुले गम्भीरतापुर्वक सोच्ने बेला भएको छ।आदर्णीय अग्रज तथा साथीहरु तमाम युवा बर्गले राष्ट्रनिर्माणका लागि अब सोच्नु पर्ने बेला आएको छ नेपाली कांग्रेसको नेतृत्वलाई सफल बनाउने बेला आएको छ । ढिला भएको छैन अझै उठौ, जागौ अनी लागौ दत्तचित्त भएर राष्ट्र निर्माणमा एकजुट भएर अगाडि बढ्न अनुरोध गर्दछ।

Ad

सम्बन्धित समाचारहरु

गीत तथा गजल लेखनमा पनि उत्तिकै माहिर मोडल सन्ध्या सानु

रामेछाप जिल्लाको उमाकुण्ड गाउँपालिका वडा नम्बर २ साविकको बाम्ती भण्डार गाविस वडा ५ की सन्ध्या सानु विगत केही समययता कलाकारिता क्षेत्रमा संघर्षरत प्रतिभा हुन । कला र साहित्यमा रुचि राख्ने सन्ध्या अहिले भने मोडलिङ क्षेत्रमा व्यस्त छिन् । २०७२ सालबाट निरन्तर यस क्षेत्रमा लागिरहेकी उनी गीत लेखन र गजल लेखनमा पनि उत्तिकै माहिर छिन । अर्थशास्त्र विषयमा स्नातकोत्तर तहमा अध्ययनरत सन्ध्याले मोडलिङ मात्रै गरेकी छैनन, उनले गीत पनि गाएकी छन । उनै मोडल तथा कलाकार सन्ध्या सानुसँग दर्पण दैनिकका लागि केशर विश्वकर्माले गरेको कुराकानीको सम्पादित अंशः

जनतालाई प्रलोभनमा पारी नियम विपरीत काम गर्नेलाई छाडिन्न : उद्ववप्रसाद खरेल

केशर विश्वकर्मा, काठमाडौं । बुढानिलकण्ठ नगरपालिकाका नगरप्रमुख उद्ववप्रसाद खरेलले आफ्नो नगरपालिकाभित्र कसैको दबाब र प्रभावमा परेर नियम विपरीत अहिलेसम्म कुनै पनि काम नगरेको बताएका छन् । उनले भने जनतासँग कुनै पनि लाभ लिएर होस या यो वा त्यो बहानामा अतिरिक्त रकम लिएर हामी काम गर्दैनौं । यस नगरपालिकाका कोही पनि जनप्रतिनिधिहरुले जनतासँग फाइदा लिएर काम गरे भने त्यो अपराध हो । त्यस्तालाई हामी सडकमा ल्याएर जनताले देख्ने गरी पछार्छौँ र कानुनी कार्बाही गर्छौं । कुनै पनि व्यक्ति, ठाउँ, नगर, शहर होस या राष्ट्रलाई हेर्ने धारणा सकारात्मक छ भने सबै चिज राम्रो हुने बताउँदै प्रमुख खरेलले थपे यस नगरपालिकामा कुनै प्रकारकाे भ्रष्टाचार भएको छैन ।

Ad

प्रतिक्रिया दिनुहोस