# भर्खरै
Namaste Icon
Ad

सुजुकी एक्सचेञ्ज मेला शुरु, कुनै पनि ब्राण्डका मोटरसाईकल वा स्कुटर एक्सचेञ्ज गर्न सकिने

सुजुकी एक्सचेञ्ज मेला शुरु, कुनै पनि ब्राण्डका मोटरसाईकल वा स्कुटर एक्सचेञ्ज गर्न सकिने

काठमाडौ । सुजुकी एक्सचेञ्ज २०७८ शुरु गरिएको छ । सुजुकी इण्डियाद्वारा उत्पादित विश्व प्रसिद्ध जापानिज ब्राण्डको मोटरसाईकल र स्कुटर नेपालका लागि आधिकारिक बिक्रेता भि.जी. अटोमोवाईल्स प्रालिले आफ्ना ग्राहकको मागलाई मध्यनजर गर्दै साउन २८ देखि ५ भदौ सम्म मुलुकभर आफ्ना सबै आधिकारिक शोरुममा एक्सचेञ्ज शुरु गरेको हो ।


यस योजना अन्तर्गत कुनै पनि ब्राण्डका मोटरसाईकल वा स्कुटर एक्सचेञ्ज गरि सुजुकीको नयाँ मोटरसाईकल वा स्कुटर खरिद गर्न सकिनेछ । कुनै पनि मोटरसाईकल वा स्कुटरलाई एक्सचेञ्ज गर्दा बजार मुल्य भन्दा थप १५ हजार रुपैया प्रदान गरिने साथै नयाँ खरिदमा आकर्षक छुटको व्यवस्था रहेको कम्पनीले जनाएको छ । पछिल्लो समय युवा पुस्ता आकर्षित भईरहेको सुजुकी मोटरसाईकल तथा स्कुटरले राम्रो माईलेज दिने तथा अत्याधिक बलियो भएको तथा सुजुकीको नयाँ मोटरसाईकल वा स्कुटरमा ५ बर्षको वारेन्टी रहेको कम्पनीले जनाएको छ ।

Ad

सम्बन्धित समाचारहरु

नबिल बैंकको वित्तीय साक्षरता कार्यक्रम

नबिल बैंकको वित्तीय साक्षरता कार्यक्रम

काठमाडौं । नबिल बैंकले सुर्खेतको बराहतालमा दिगो बैंकिङ तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । उक्त कार्यक्रममा बैंकले बराहताल गाउँपालिकासँग दिगो बैंकिङ अन्तर्गत उद्यमशीलता विकास र वित्तीय पहुँचका लागि समझदारी गरेको छ ।

'निजीलाई करोडपति र नेपाल एयरलाइन्सलाई धरासायी बनाउने काम म गर्दिनँ'

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आलेले नेपाल एयरलाइन्सको जहाजलाई घाममा सुकाएर निजी एयरलाइन्सलाई पोस्ने काम भएको बताएका छन् । उनले निजी एयरलाइन्ससँग सेटिङ गरेर उनीहरूलाई रातारात करोडपति बनाउने र नेपाल एयरलाइन्सलाई धरासायी बनाउने काम आफूबाट नहुने उनले बताए ।

Ad

प्रतिक्रिया दिनुहोस

Ad
Ad