Namaste Icon
Ad
Ad

लोकप्रिय बन्दै साहारा एप

लोकप्रिय बन्दै साहारा एप

काठमाडौं । साहारा एप राइड सेयरिङको दुनियाँमा आफुलाई स्थापित गराउन सफल भएको छ । साहारा एपमा दैनिक सयौंका सख्यामा राइडरहरु थपिरहेको कम्पनिले जनाएको छ । साहारा एपको प्रयोगकर्ता बढि रहेका छन् । बजारमा रहेका अन्य कम्पनिको भन्दा सस्तो र गुणस्तरिय सेवा प्रवाहको कारण साहारा एप छोटो समयमा नै लोकप्रिय राइड सेयरिङ बन्न सफल भएको अध्यक्ष शेखर श्रेष्ठको दावि छ ।


राइडर र ग्राहकमाझ साहारा एप लोकप्रिय रहेको छ । एप बिजनेश ग्रोथ कम्पनि प्रालिले सञ्चालनमा ल्याएको हो । हाल काठमाडौं उपत्यका मात्र सेवा प्रदान गर्दै आएको छ । रोजगारी गुमाएका युवाका लागि राइड सेयरिङ सेवा आम्दानी गर्ने राम्रो माध्यम बनेको छ । राइड सेयरिङको माध्यमबाट युवाहरुले रोजगार पाउनुका साथै सेवाग्राहिहरुले सस्तो, विश्वसनिय सेवा पाउने छन् भने समयको बचत हुने अध्यक्ष श्रेष्ठले स्पष्ट पारे । एपमा उच्च गुणस्तरको प्रविधिको प्रयोगका गरिएको छ । कम्पनिमा दक्ष अनुभवि र कुशल व्यवस्थापक र उच्च प्राविधिले गर्दा जनमासमा बिश्वनियता दिन प्रतिदिन बढ्दै गईरहेको छ ।


साहारा एप डाउनलोड गरी मोबाइल नम्बर सहितको आफ्नो व्यक्तिगत विवरण भरेर बाइक र गाडी छनौट गरी राइडरहरुले आफुलाई रजिस्टर गराउन सक्ने श्रेष्ठले जानकारी दिए । साथै ग्राहकले पनि साहारा एप डाउनलोड गरेर व्यक्तिगत विवरण भरेर रजिस्टर गराउन सक्नेछन् । राइडरले साहारा पार्टनर र ग्राहकले साहारा एप डाउनलोड गर्नु पर्ने हुन्छ ।

Ad

सम्बन्धित समाचारहरु

स्मार्टले ल्यायो ‘ग्रेटेस्ट जिबी प्लान’ : ३५ रुपैयाँमा १ जिबी डेलि डाटा

काठमाडौं । स्मार्ट टेलिकमले नेपालमा टेलिकम जगत मै पहिलोपटक ‘अब जमाना जिबीको’ भन्ने नारा सहित ‘बाई बाई एमबी’ क्याम्पेन अन्तर्गत ‘ग्रेटेस्ट जिबी प्लान’ प्रस्तुत गरेको छ । स्मार्ट टेलिकमले बढ्दो डाटा प्रयोगकर्ताहरुलाई मध्येनजर गर्दै सजिलै प्रयोग गर्न सकिने ‘ग्रेटेस्ट जिबी प्लान’ अन्तर्गत आकर्षक ३५ रुपैयाँमा १ जिबी डेलि डाटा तथा ९० जिबी १५०० रुपैयाँमा ९० दिनका लागि निःशर्त रुपमा फेसबुक, इन्स्टाग्राम, टिकटक, गेमिब लगायत सबै डिजिटल प्लाटफर्ममा प्रयोग गर्न सकिनेगरी ल्याएको हो ।

इन्टरनेटको मासिक शुल्क बढाउने सेवाप्रदायकको निर्णय

इन्टरनेटको मासिक शुल्क बढाउने सेवाप्रदायकको निर्णय

काठमाडौं । इन्टरनेट सेवा प्रदायकहरुले इन्टरनेटको प्याकेजमा रु. तीन सय सम्म वृद्धि गर्ने निर्णय लिएका छन् । सेवाप्रदायकहरुको संस्था इन्टरनेट सर्भिस प्रोभाइडर एसोसिएसन (इस्पान)ले शुल्क वृद्धिको अनुमतिका लागि दूरसञ्चार प्राधिकरणमा पत्राचार गरेको छ ।

Ad

प्रतिक्रिया दिनुहोस