Namaste Icon
Ad
Ad

यी २५ क्याम्पसको त्रिभुवन विश्वविद्यालयद्धारा सम्बन्धन खारेज

यी २५ क्याम्पसको त्रिभुवन विश्वविद्यालयद्धारा सम्बन्धन खारेज

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले २५ वटा क्याम्पसको सम्बन्धन खारेज गरेको छ । त्रिवि अन्तर्गत २५ वटा क्याम्पसहरुको सम्बन्धन खारेज भएको त्रिवि योजना निर्देशनालयले जनाएको छ । यसअघि त्रिवि अन्तर्गत एक हजार ८५ क्याम्पस थिए । त्रिवि योजना निर्देशनालयका शाखा अधिकृत रामकृष्ण खत्रीका अनुसार १० वटा क्याम्पस सुदूरपश्चिम विश्वविद्यालय र १५ क्याम्पस मध्यपश्चिमाञ्चल विश्वविद्यालयमा गाभिएका छन् । यससँगै त्रिवि मातहत एक हजार ६१ क्याम्पस सम्बन्धन प्राप्त छन् ।

त्रिविका अनुसार बागेश्वरी बहुमुखि क्याम्पस कोहलपुर, बबइ बहुमुखी क्याम्पस गुलरीया, नारायण क्याम्पस दैलेख, भेरी ज्ञानोदय क्याम्पस जाजरकोट, जलजला क्याम्पस लीबाङ, मुसीकोट खलङगा क्याम्पस रुकुम, भेरी शिक्षा क्याम्पस सुर्खेत, विद्यापुर जनता बहुमुखी क्याम्पस सुर्खेत, तीला कर्णाली बहुमुखी क्याम्पस कालीकोट, रारा बहुमुखी क्याम्पस मुगु, जनता बहुमुखी क्याम्पस अछामको सम्बन्धन खारेज भएको छ ।

यस्तै, पाटन बहुमुखी क्याम्पस बैतडी, जगननाथ बहुमुखी क्याम्पस बैतडी, मनीलेख क्याम्पस बैतडी, जयपृथ्वि बहुमुखि क्याम्पस बझाङ, बडिमालीका क्याम्पस बाजुरा, बाजुरा क्याम्पस बाजुरा, दार्चुला बहुमुखी क्याम्पस दार्चुलाको सम्बन्धन खारेज भएको छ ।

यस्तै, गोकुलेश्वर बहुमुखी क्याम्पस गोकुलेश्वर, टीकापुर बहुमुखी क्याम्पस कैलाली, त्रीवेणी बहुमुखी क्याम्पस डडेलधुरा, दुर्गालक्ष्मि बहुमुखी क्याम्पस कैलाली, घण्टेश्वर सेती महाकाली बहुमुखी क्याम्पस डोटी, श्री सीताराम क्याम्पस डोटी र कैलाली बहुमुखी क्याम्पस कैलालीको सम्बन्धन खारेज भएको छ । ती क्याम्पसहरुले सुदूरपश्चिमाञ्चल विश्वविद्यालय र मध्यपश्चिम विश्वविद्यालय मातहत हुन आग्रह गर्दै निवेदन त्रिविमा निवेदन दिएका थिए ।

Ad

सम्बन्धित समाचारहरु

दयनीय अवस्थामा त्रिपालमुनि कक्षा सञ्चालन हुदैं

दयनीय अवस्थामा त्रिपालमुनि कक्षा सञ्चालन हुदैं

दार्चुला । दार्चुलाको नौगाड गाउँपालिका– ६ मा रहेको समैजी आधारभूत विद्यालयको भवन बाढी पहिरोले बगाउदाँ त्रिपालमुनि कक्षा सञ्चालन भइरहेका छन् । २०७७ साउनमा आएको बाढी, पहिरोले विद्यालय भवन बगाउँदा त्रिपालमुनि कक्षा सञ्चालन गरिएको विद्यालयका प्रधानाध्यापक हरकसिँह ठगुन्नाले जानकारी दिए । कोरोना संक्रमणका कारण विद्यालय बन्द अवस्थामा थियो ।

नेपालमा पनि निपा भाइरसको जोखिम !

नेपालमा पनि निपा भाइरसको जोखिम !

काठमाडौं । निपा भाइरसको संक्रमण फैलन नदिन नेपालमा पूर्वतयारी थालिएको छ । यो रोगको जोखिम नेपालमा पनि रहेको भन्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पूर्वतयारी स्वरुप देशभरका अस्पतालहरुलाई ‘अलर्ट’ हुन बिहीबार निर्देशन दियो । रोगको यकिन निदान नहुँदै वा तीव्र रुपमा बिरामीको स्वास्थ्य अवस्था बिग्रँदै गएमा वा मृत्यु भएमा त्यस्ता बिरामीहरुको विस्तृत विवरण लिई प्रयोगशालाको समन्वयमा नमुना संकलन गरी राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा यथाशीघ्र पठाउने व्यवस्था मिलाउन अर्ली वार्निङ एण्ड रिपोर्टिङ सिस्टम (इवार्स) सेन्टिनेल साइट/अस्पतालहरुलाई मन्त्रालयले निर्देशन दिएको हो ।

Ad

प्रतिक्रिया दिनुहोस