Namaste Icon
Ad
Ad

जनतालाई प्रलोभनमा पारी नियम विपरीत काम गर्नेलाई छाडिन्न : उद्ववप्रसाद खरेल

जनतालाई प्रलोभनमा पारी नियम विपरीत काम गर्नेलाई छाडिन्न : उद्ववप्रसाद खरेल

केशर विश्वकर्मा, काठमाडौं । बुढानिलकण्ठ नगरपालिकाका नगरप्रमुख उद्ववप्रसाद खरेलले आफ्नो नगरपालिकाभित्र कसैको दबाब र प्रभावमा परेर नियम विपरीत अहिलेसम्म कुनै पनि काम नगरेको बताएका छन् । उनले भने जनतासँग कुनै पनि लाभ लिएर होस या यो वा त्यो बहानामा अतिरिक्त रकम लिएर हामी काम गर्दैनौं । यस नगरपालिकाका कोही पनि जनप्रतिनिधिहरुले जनतासँग फाइदा लिएर काम गरे भने त्यो अपराध हो । त्यस्तालाई हामी सडकमा ल्याएर जनताले देख्ने गरी पछार्छौँ र कानुनी कार्बाही गर्छौं । कुनै पनि व्यक्ति, ठाउँ, नगर, शहर होस या राष्ट्रलाई हेर्ने धारणा सकारात्मक छ भने सबै चिज राम्रो हुने बताउँदै प्रमुख खरेलले थपे यस नगरपालिकामा कुनै प्रकारकाे भ्रष्टाचार भएको छैन ।

उनले भने, 'प्रशासन बलियो बनाउन प्रतिबद्धता, कर्मचारीको असल नियत, अधिकृतहरु पारदर्शी हुनुपर्छ, सिस्टमेटिक ढंगबाट काम कारोबार आदि चाहिन्छ । मैले मात्रै राम्रो गरेर त केही हुन सक्दैन । म यो नगरपालिकाको प्रमुख हुँ । यहाँ कोही कसैलाई भ्रष्टाचार गर्न दिन्नँ । मेकानिजम राम्रो हुनको लागि मेथोड चाहिन्छ । कोरोना भाईरस वा कोभिड नाईन्टिन न्यूनीकरण तथा खोप व्यवस्थापन गर्नका लागि बुढानिलकण्ठ नगरपालिका अति नै सचेत ढंगबाट अगाडी बढेको छ । फ्रन्टलाईनमा काम गर्ने व्यक्ति साथै आवश्यक व्यक्तिलाई हामीले कोरोना विरुद्धको भ्याक्सिन दिएका छौँ ।'

स्थानीय तहको निर्वाचनको बेलामा तपाईंले गरेका प्रतिबद्धताहरु कति प्रतिशत पूरा गर्नुभयो त भन्ने दर्पण दैनिकको प्रश्नमा नगरप्रमूख खरेल भने, 'हामीले प्रतिबद्धता गरेकामध्य ६५ प्रतिशत काम भएको छ । विकासका पूर्वाधारहरु निर्माण गरेका छौँ । सुशासन कायम भएको छ । खानेपानी, बाटो, ढल आदिको राम्रो वयवस्था भएको छ ।' जनताको माग अनुसार काम गर्न वर्षाैं लाग्ने नगर प्रमुख खरेलको आँकलन छ । उनले भने, 'अहिलेकै स्थितिमा जनताको माग अनुसार काम गर्न पनि २० औं वर्ष लाग्छ । किनभने आर्थिक स्थितिका कारण, रोजगारी सृजनका कारण लगायत अन्य थुप्रै कारणले गर्दा धेरै समय लाग्ने हो । त्यसपछि बल्ल नयाँ खालका माग जनताले गर्नेछन् । तैपनि हामीले स्रोत साधनले भ्याएसम्म शिक्षा, स्वास्थ्य लगायत विकास निर्माणका पूर्वाधार क्षेत्रमा अगाडी बढाएका छौँ ।' कोरोना महामारी लगायत आपतकालीन अवस्थाले धेरै कुराको पाठ सिकाएको छ । उनले भने, 'पहिला भन्दा अहिले करको दाहेरा बढेको छ । कर छल्न खोज्नेहरुलाई हामी मेकानिजमको माध्यमबाट नियन्त्रण गर्दै जान्छौं ।'

(बुढानिलकण्ठ नगरपालिकाका प्रमुख उद्ववप्रसाद खरेलसँग गरिएको कुराकानीमा आधारित)

Ad

सम्बन्धित समाचारहरु

गीत तथा गजल लेखनमा पनि उत्तिकै माहिर मोडल सन्ध्या सानु

रामेछाप जिल्लाको उमाकुण्ड गाउँपालिका वडा नम्बर २ साविकको बाम्ती भण्डार गाविस वडा ५ की सन्ध्या सानु विगत केही समययता कलाकारिता क्षेत्रमा संघर्षरत प्रतिभा हुन । कला र साहित्यमा रुचि राख्ने सन्ध्या अहिले भने मोडलिङ क्षेत्रमा व्यस्त छिन् । २०७२ सालबाट निरन्तर यस क्षेत्रमा लागिरहेकी उनी गीत लेखन र गजल लेखनमा पनि उत्तिकै माहिर छिन । अर्थशास्त्र विषयमा स्नातकोत्तर तहमा अध्ययनरत सन्ध्याले मोडलिङ मात्रै गरेकी छैनन, उनले गीत पनि गाएकी छन । उनै मोडल तथा कलाकार सन्ध्या सानुसँग दर्पण दैनिकका लागि केशर विश्वकर्माले गरेको कुराकानीको सम्पादित अंशः

नेपालको हरेक आन्दोलनको बलिदानिपूर्ण मोर्चामा युवाहरुको महत्त्वपूर्ण योगदान छ : नेता शर्मा

नेपाली कांग्रेस तरुणदल बिभागका केन्द्रिय सदस्य एवंम कर्णाली प्रदेशका युवा नेता डोरप्रशाद शर्माले नेपाली काङ्ग्रेस पार्टीभित्र युवाहरुको भुमिका महत्त्वपूर्ण रहेकोेले युवाहरूलाई पनि प्रदेश देखि जिल्ला,स्थानीय तहसम्म पार्टी जिम्मेवारी दिनुपर्ने बताए ।नेपालका ठुला ठुला परिवर्तनकारि आन्दोलनमा युवाहरूको महत्त्वपूर्ण भुमिका रहदै आएकोले अहिलेको देशको राजनीतिक परिवेशलाई नियाल्दै युवाहरुलाई जिम्मेवारी बिहिन बनाउनुभन्दा पार्टीको कुनै न कुनै जिम्मेवारी दिनुपर्ने बताए।देशको हरेक क्रान्ती, आन्दोलन, संघर्ष अनि बलिदानको मोर्चामा युबा पुस्ताले आफ्नो रगतले लेखेर दिएको एक एक अक्षर अनि स्वतन्त्रताका लागि तातो गोलि छातीमा खादा निस्किएको एक एक आवाजले सम्भब भएको नेता शर्माले बताए।तमाम युवाहरुकै कारण आज हामि स्वतन्त्र रूपमा लोकतन्त्रको आभास गरिएको बताए।त्यसैगरी चिङाडको विद्युत, सडक, स्वास्थ्य संरचनालाई मध्यनजर गर्दै नेता डोरप्रशाद शर्मासँग दर्पण दैनिककर्मी खगेन्द्र हमालले गरेको कुराकानीको सारसंक्षेपः

Ad

प्रतिक्रिया दिनुहोस