Namaste Icon
Ad
Ad

हरेक एक प्राणी एक उत्कृष्ट फोटोग्राफर

हरेक एक प्राणी एक उत्कृष्ट फोटोग्राफर
बिक्रम न्यौपाने, फोटोग्राफर

हरेक बर्ष १९ अगस्टको दिन सारा विश्वमा ‘वर्ल्ड फोटोग्राफी डे’ (विश्व फोटोग्राफी दिवस) मनाउने गरिन्छ । यो दिन ति फोटोग्राफर फोटो उपभोक्तामा समर्पित दिन हो, जसको जिवनको महत्वपूर्ण क्षणहरूका तस्विर जीवन्त रहनेगरि सदाको लागी यादगार बनेको र बनाउने गरिएको हुन्छ । केहि दशक पहिले नेपालकै सन्दर्भमा हेर्ने हो भने एकवटा फोटो खिच्न पनि ३÷४ किलोमिटर हिंडेर एक हप्ता पछि बल्ल पाइन्थ्यो तर अहिले ति दुर दराजका ग्रामिण भेगमा पनि फोटो सहजै भएको छ । त्यसमाथी पनि मोवाइलले फोटोलाई धेरै माथि उकासेको छ । फोटोप्रेमीहरूको न्युनतम समुहमा यसले थप विशालता समेत ल्याइदिएको छ ।

सहजै फोटो हेर्न र आफूलाइ मन पर्ने रङ्गहरू प्रयोग गर्न झनै सहज गर्न मोवाइलमा एप्सहरू पनि दिनानुदिन बनिरहेका छन, भने यसले फोटो उपभोक्तालाइ सहजिकरण गर्दै फोटोको माग बढाइ नै रहेको छ । नयाँ युवा पिंढी होस या पुरानो पिंढी फोटो विना आज भोलि एक दिन चुप बस्न सक्दैनन ।

विहान उठने वितिक्कै सामाजिक संञ्जालमा फोटोको बाढि आइरहेकै हुन्छ, घरको भित्तामा झुण्डिएका आफ्ना पूर्खा, बाल बच्चाको उत्कृष्ठ तस्विरहरू नहेरि को नै दैनिक दिन चर्यामा निस्केको होला । बाटो विज्ञापन गर्न टाँगिएका होडिङ्ग बोर्डमा यदि फोटो नहुने भए कसको व्यवसाय माथि आउथ्यो होला । त्यसमाथि पनि अहिले कोभिडको त्रासको वेलामा बजार नहिडि अनलाइनबाट फोटो नै नहेरि कसले सामान मगाउथ्यो होला ? यो संसार कोहि त्यस्ता छैनन जसले फोटोलाइ माया नगरेको होस । फोटो पारखि, फोटोप्रेमीहरूको अनि फोटो व्यवसाय गरेर बसेका हामिहरूको लागी विश्व फोटो दिवस प्रोत्साहन फोटोको उत्थानको दिवस हो आउनुस आज यो गर्विलो एेतिहासिक दिनको बारेमा केहि बुझौ ।

सन १८३९ मा सर्वप्रथम फ्रान्सेलि वैज्ञानिक लुईस जेकस तथा मेंडे डाग्युरे ले फोटो खोजको अर्थात फोटोको आविष्कार भएको दावा गरेका थिए । ब्रिटिश वैज्ञानिक विलियम हेनरी फॉक्सटेल बोट ले नेगेटिव(पॉजीटिव प्रोसेस खोजेका थिए । सन १८३४ में टेल बॉट ले लाइट सेंसेटिव पेपरको आविष्कार गरेका थिए जसको कारण फोटो स्थायीरूपमा रहने सुविधा भईसकेको थियो । फ्रान्सेली वैज्ञानिक आर्गो ले ७ जनवरी १८३९ को फ्रेंच अकादमी ऑफ साइन्सको लागि एउटा रिपोर्ट तयार गरि सकेका थिए ।

तर फ्रान्स सरकारले त्यो रिपोर्ट (आविष्कार खरिद गरि आम जनसमुदाएको लागी १९ अगस्त १८३९ को निशुल्क गरिदिएको थियो । यही कारणले नै १९ अगस्त को यो दिन विश्व फोटोग्राफी दिवस भव्यताका साथ मनाउने गरिन्छ । मानिस जन्मदै मात्र हैन यो संसारको हरेक जीव संग जन्मदा नै क्यामरा लिएर जन्मेका हुन्छन जुन क्यामराको सहायताबाट संसारको हरेक दृष्यहरू दिमागमा स्टोर भएको हुन्छ यहि कारण नै हो हरेक एक प्राणी एक उत्कृष्ट फोटोग्राफर त्यसैले विश्व फोटोग्राफी दिवस सबैको दिवस हो यसलाइ भव्यताका साथ मनाउन अपिल गर्दछु ।

फोटोग्राफर बिक्रम न्यौपाने फाेटाे पसलका प्रबन्ध निर्देशक हुन । 

 

Ad

सम्बन्धित समाचारहरु

देश चलाउने जिम्मेवारी नयाँ पुस्तालाई दिइयोस सरकार !

देश चलाउने जिम्मेवारी नयाँ पुस्तालाई दिइयोस सरकार !

कृष्ण साउद । अब देश चलाउने जिम्मा युवा पुस्ता लाई दिनुपर्छ समपूर्ण लिडर हरु मिलेर । समाजको सबैभन्दा गतिशील पुस्ता भनेको नै युवा हो । उसको सहभागिताविना देशको जीवन मेरुदण्डविनाको मानव शरीरजस्तै हो । यसर्थ, अब देश चलाउने जिम्मेवारी नै युवा पुस्ता लाई हस्तान्तरण गर्नुपर्छ। न यो देश मा रोजगारी छ नत सबै युवा हुरु खाडि मुलुक मा छिर्न बाध्य भइरहेका छन् ।

'यदि कम्युनिस्ट बन्ने हो भने बिचारको कुरा गर्नुहोस'

'यदि कम्युनिस्ट बन्ने हो भने बिचारको कुरा गर्नुहोस'

कम्युनिस्ट पार्टीको आत्म भनेको बिचारधारा हो । कम्युनिस्ट भाष्यमा त्यो बिचारधारा भनेको 'मार्क्सवाद लेनिनवाद हो ।' नेपालमा राज्य संचालनको प्रक्रियामा सामेल भएका कम्युनिस्ट पार्टीहरुमा यो बिचारधाराको थोरै अंश पाउन पनि गाह्रो छ । अत: नेकपा एमाले, नेकपा माओवादी, प्रस्तावित नेकपा एस जुनसुकैको भविस्य दाउमा छ, कसैले फुर्कनु पर्दैन। जब नागरिकहरु बिस्तारै सचेत हुन्छ्न, उनिहरुले पार्टीमा बिचारधारा खोज्दछ्न ब्यक्ति वा ब्रान्ड होइन। ब्रान्डले कम्युनिस्ट पार्टी चल्ने भए अहिले पनि प.बगालमा भारतीय कम्युनिस्ट पार्टीले शासन गरीरहेको हुन्थ्यो र सोभियत युनिएन ज्युंदै हुन्थ्यो ।

Ad

प्रतिक्रिया दिनुहोस