Namaste Icon
Ad
Ad

मानव अधिकारको विश्वव्यापी घोषणापत्र

मानव अधिकारको विश्वव्यापी घोषणापत्र

धारा २६ : १. प्रत्येक व्यक्तिलाई शिक्षाको अधिकार हुने छ । कम्तीमा प्रारम्भिक र मौलिक तहमा शिक्षा नि:शुल्क उपलब्ध हुने छ । प्रारम्भिक शिक्षा अनिवार्य हुने छ । प्राविधिक तथा व्यावसायिक शिक्षा सबैका लागि सामान्यत: प्राप्य र पहुँचयोग्य बनाइने छ र उच्च शिक्षा क्षमताका आधारमा सबैलाई समान रूपमा पहुँचयोग्य हुने छ ।
 
२. मानवीय व्यक्तित्वको पूर्ण विकास र मानव अधिकार तथा मौलिक स्वतन्त्रताहरूप्रतिको सम्मान सुदृढ गर्नेतर्फ शिक्षा निर्देशित हुने छ । शिक्षाले सबै राष्ट्र तथा जातीय, सामाजिक र धार्मिक समूहहरूबीच समझदारी, सहनशीलता र मित्रता प्रवद्र्धन गर्ने तथा शान्ति कायम गर्ने संयुक्त राष्ट्रसङ्घका क्रियाकलापहरूलाई अघि बढाउने छ ।
 
३. मातापितालाई आफ्ना बालबालिकालाई दिइने शिक्षाको किसिम छनोट गर्ने पूर्ण अधिकार हुने छ ।
 
धारा २७ : १. प्रत्येक व्यक्तिलाई समुदायको सांस्कृतिक जीवनमा स्वतन्त्र रूपले सहभागी हुने, कला उपयोग गर्ने र वैज्ञानिक प्रगति तथा सोको उपयोगको फाइदा उपभोग गर्ने अधिकार हुने छ ।
 
२. प्रत्येक व्यक्तिलाई आफू लेखक भएको कुनै पनि वैज्ञानिक, साहित्यिक वा कलात्मक उत्पादनबाट उत्पन्न हुने नैतिक र भौतिक हितहरूको संरक्षणबाट फाइदा पाउने अधिकार हुने छ ।
 
धारा २८ : प्रत्येक व्यक्तिलाई यस घोषणापत्रमा उल्लिखित अधिकार र स्वतन्त्रताहरू पूर्ण रूपले प्राप्त गर्न सकिने सामाजिक र अन्तर्राष्ट्रिय व्यवस्थाको अधिकार छ ।
धारा २९ : १. प्रत्येक व्यक्तिको समुदाय, जसमा मात्रै निजको व्यक्तित्वको स्वतन्त्र र पूर्ण विकास सम्भव छ, प्रतिको कर्तव्य छ ।
 
२. आफ्ना अधिकार र स्वतन्त्रताहरूको उपयोग गर्दा प्रत्येक व्यक्ति अन्य व्यक्तिका अधिकार र स्वतन्त्रताहरूको उचित मान्यता र सम्मान हासिल गर्ने तथा लोकतान्त्रिक समाजमा नैतिकता, सार्वजनिक व्यवस्था र जनकल्याण हासिल गर्ने एकमात्र उद्देश्यका लागि कानुनले निर्धारण गरेका प्रतिबन्धहरूको मात्र अधीनमा रहने छ ।
 
३. संयुक्त राष्ट्रसङ्घका उद्देश्य र सिद्धान्तहरूको प्रतिकूल हुने गरी कुनै पनि अवस्थामा यी अधिकार र स्वतन्त्रताहरूको उपभोग गर्न पाइने छैन ।
धारा ३० : यस घोषणापत्रमा उल्लिखित कुनै पनि अधिकार र स्वतन्त्रताहरू नष्ट गर्ने उद्देश्यले कुनै पनि क्रियाकलापमा संलग्न हुन पाउने वा कुनै पनि कार्य गर्न पाउने अधिकार कुनै पनि रााष्ट्र, समूह वा व्यक्तिलाई प्रदान गर्ने गरी यस घोषणापत्रमा उल्लिखित कुनै पनि कुराको व्याख्या गरिने छैन ।
(शान्ति समाज दर्पणबाट) फाइल तस्वीर
Ad

सम्बन्धित समाचारहरु

देश चलाउने जिम्मेवारी नयाँ पुस्तालाई दिइयोस सरकार !

देश चलाउने जिम्मेवारी नयाँ पुस्तालाई दिइयोस सरकार !

कृष्ण साउद । अब देश चलाउने जिम्मा युवा पुस्ता लाई दिनुपर्छ समपूर्ण लिडर हरु मिलेर । समाजको सबैभन्दा गतिशील पुस्ता भनेको नै युवा हो । उसको सहभागिताविना देशको जीवन मेरुदण्डविनाको मानव शरीरजस्तै हो । यसर्थ, अब देश चलाउने जिम्मेवारी नै युवा पुस्ता लाई हस्तान्तरण गर्नुपर्छ। न यो देश मा रोजगारी छ नत सबै युवा हुरु खाडि मुलुक मा छिर्न बाध्य भइरहेका छन् ।

'यदि कम्युनिस्ट बन्ने हो भने बिचारको कुरा गर्नुहोस'

'यदि कम्युनिस्ट बन्ने हो भने बिचारको कुरा गर्नुहोस'

कम्युनिस्ट पार्टीको आत्म भनेको बिचारधारा हो । कम्युनिस्ट भाष्यमा त्यो बिचारधारा भनेको 'मार्क्सवाद लेनिनवाद हो ।' नेपालमा राज्य संचालनको प्रक्रियामा सामेल भएका कम्युनिस्ट पार्टीहरुमा यो बिचारधाराको थोरै अंश पाउन पनि गाह्रो छ । अत: नेकपा एमाले, नेकपा माओवादी, प्रस्तावित नेकपा एस जुनसुकैको भविस्य दाउमा छ, कसैले फुर्कनु पर्दैन। जब नागरिकहरु बिस्तारै सचेत हुन्छ्न, उनिहरुले पार्टीमा बिचारधारा खोज्दछ्न ब्यक्ति वा ब्रान्ड होइन। ब्रान्डले कम्युनिस्ट पार्टी चल्ने भए अहिले पनि प.बगालमा भारतीय कम्युनिस्ट पार्टीले शासन गरीरहेको हुन्थ्यो र सोभियत युनिएन ज्युंदै हुन्थ्यो ।

Ad

प्रतिक्रिया दिनुहोस