Namaste Icon
Ad
Ad

१२ वर्ष देखि निरन्तर सांगीतिक यात्रामा रोशनी

१२ वर्ष देखि निरन्तर सांगीतिक यात्रामा रोशनी

काठमाडौं । भकुण्डे २ बागलुङकी रोशनी रसाइली विगत १२ वर्ष देखि साङ्गीतिक क्षेत्रमा निरन्तर लागिरहेकी छन । लोक गीतसंगित भित्रको पनि लोक तथा दोहोरी गीत गाउँदै अगाडी बढेकी रोशनी बुवा रामबहादुर विक र आमा डिलामाया विककी सुपुत्री हुन । कलाकारीताको नाम रोशनी रसाइली भए पनि उनको वास्तविक नाम भने रोशनी विक हो । बागलुङ जन्मघर भएकी रोशनी रसाइली (विक) को कर्मघर भने काभ्रे जिल्लाको धुलिखेल हो । रोशनीले काभ्रेका रमेश शिवशंकरसँग एक दशक अगाडी नै बिबाह गरेकी हुन । उनका श्रीमान् यातायात कार्यालयमा अधिकृत छन् । रमेश र रोशनीको पाँच वर्षकी एक छोरी छिन ।

गायिका रोशनीले गायका प्रायः सबै गीतहरु हिट नै छन । तीमध्ये पनि काभ्रेमा घर छ, ३३ किलो सुन, रक्सी गन्हायो, भट्टी पसल, साथीसँग सेल्फी खिचिन्छ आदि गीतहरु सुपरहिट छन । त्यस्तै रोशनीले केही एल्बमहरु पनि बजारमा ल्याईसकेकी छन । उनका एल्बमहरुमा ३३ किलो सुन, सेल्फी खिचिन्छ, फेसबूक, मुर्छा परी छेउमै ढल्दा नि आदि रहेका छन ।

गाउँघरमा खेलिने देउसी भैलो, स्कुलमा हुने साँस्कृतिक कार्यक्रम आदिबाट गीतसंगित क्षेत्रमा लाग्ने प्रेरणा मिलेको रोशनी रसाइली (विक) बताउँछिन । गायिका रोशनी आफूलाई यो स्थानसम्म पुर्‍याउने र सहयोग गर्ने सबैलाई सम्झिदै भनिन, 'भोजराज काफ्लेको हौसलाले यस क्षेत्रमा अगाडि बढ्न थप उर्जा मिलेको छ । मैले भोजराज दाईका धेरै गीतहरु गाएको छु । त्यसैले म उहाँलाई विशेष धन्यवाद दिन्छु । त्यस्तै संगितकार बीबी अनुरागी, वरिष्ठ ध्वनि मिश्रण श्यामश्वेत रसाइली, कलाकार स्वरूपा रसाइली, म्युजिक एरेन्जर राकेश सोनीलाई विशेष आभार प्रकट गर्दै धन्यवाद दिन चाहान्छु ।' आगामी दिनमा पनि उनी यसै क्षेत्रमा रहेर अगाडी बढ्ने योजनामा छिन । राेशनीका गीतहरु दर्शक श्रोताले मन पराएकै कारण विभिन्न कार्यक्रममा सम्मान पत्र, कदरपत्र, प्रशंसा पत्र आदिद्वारा उनी सम्मानित भैसकेकी छन । उनी विभिन्न समयमा हुने मेला महोत्सव तथा स्टेज कार्यक्रममा पनि व्यस्त हुन्छिन् ।

Ad

सम्बन्धित समाचारहरु

काठमाडौंमा खुल्यो जुकोट दरबार रेस्टुरेन्ट, बाजुराको जुकोटमा उत्पादित खाद्यान्नको परिकार पाइने

केशर विश्वकर्मा, काठमाडौं ।  स्वामीकात्तिक खापर गाउँपालिका साविकको जुकोट ३ बाजुरा जिल्लाका तीन दाजुभाइको लगानीमा काठमाडौमा सचालन भइरहेको छ जुकोट दरबार रेस्टुरेन्ट । ती उधमशील दाजुभाइ हुन् जेठो सरोजबहादुर शाही, माइलो अमृतबहादुर शाही र कान्छो सविनबहादुर शाही । झण्डै एक दशकदेखि निरन्तर संघर्ष गर्दै आएका उनिहरुले विगत दश महिनायता करोडाैंको हाराहारीमा लगानी गरेर काठमाडौंको दरबारमार्गस्थित घणटघर नजिकै बाजुरा जिल्लाको प्रसिद्ध ठाउँको नामबाट जुकोट दरबार रेस्टुरेन्ट संचालन गरिरहेका छन् । तीन दाजुभाइमध्य सरोजबहादुर शाही र अमृतबहादुर शाही निरंतर रूपमा सोही रेस्टुरेन्ट सचालनमा छन भने कान्छो भाई सविनबहादुर शाही भने स्टुडेन्ट भिसामा जापानमा छन । अझ ऐतिहाँसिक पाटो भनेको के छ भने उनीहरुले संचालन गरिरहेको जुकोट दरबार रेस्टुरेन्टको भवन एक सय वर्ष पुरानो हो । तर झट्ट हेर्दा सय वर्ष नाघेको जस्तो देखिदैँन । अर्को पाटो यति धेरै लगानी भएको रेस्टुरेन्टमा तीन भाइको लगानी बाहेक अरु कसैको पनि शेयर छैन ।

२० वर्ष पहिले आजकै दिन भएको त्याे भयानक हमला

२० वर्ष पहिले आजकै दिन भएको त्याे भयानक हमला

वासिङटन । २० वर्ष पहिले, सेम्पटेम्बर ११, मंगलबारका दिन बिहानको ७ बजेर ५९ मिनेट जाँदा अमेरिकाको बोस्टोनबाट दुईवटा र वाशिङटनबाट उडेका दुईवटा गरि चारैवटा विमान अलकाइदाद्वारा अपहरण गरिएको थियो । यसपछि ८ बजेर ४६ मिनेटमा अपहरणकारीले अमेरिकी एयरलाइनलाई वल्र्ड ट्रेड सेन्टरमा लगेर ठोक्काए । ९ बजेर ३ मिनेट जाँदा युनाइटेड एयरलाइन्स फ्लाइट १७५ वल्र्ड ट्रेड सेन्टरको दक्षिणतर्फको टावरमा दुर्घटनाग्रस्त भयो ।

Ad

प्रतिक्रिया दिनुहोस