Namaste Icon
Ad
Ad

विश्व फोटोग्राफी दिवसमा काठमाडौं फोटोग्राफर संघद्वारा रक्तदान

विश्व फोटोग्राफी दिवसमा काठमाडौं फोटोग्राफर संघद्वारा रक्तदान

काठमाडौं । एक सय ८२औं विश्व फोटोग्राफी दिवसका उपलक्ष्यमा काठमाडौं फोटोग्राफर संघद्वारा बृहत रक्तदान कार्यक्रम गरिएको छ । बानेश्वर पिपलबोटस्थित खुला स्थानमा आयोजित कार्यक्रममा १०० फोटोग्राफर र विभिन्न सञ्चारमाध्यममा कार्यरत फोटो पत्रकारको सहभागिता थियो । कोभिड–१९ को ंसंक्रमणका कारण रगत नपाएर छटपटाइरहेकाहरूका लागि मानवीय सहयोगस्वरुप कार्यक्रम गरिएको सङ्घका अध्यक्ष मोती बोगटीले बताए ।

Ad

सम्बन्धित समाचारहरु

काठमाडौं फोटोग्राफर संघको अध्यक्षमा डिगम्बर राजवंशी

काठमाडौं । काठमाडौं फोटोग्राफर संघमा डिगम्बर राजवंशीको अध्यक्षतामा नयाँ कार्य समिति चयन भएको छ । भाद्र २६ गते सम्पन्न संघको १३औं बार्षिक साधारणसभा बाट नयाँ कार्यसमिति चयन भएको हो । नव निर्वाचित अध्यक्षमा डिगम्बर राजवंशी, उपाध्यक्षमा भोला काफ्ले सचिवमा हरीप्रसाद घिमिरे र कोषाध्यक्षमा झक्कु रोका रहेका छन ।

फोटोग्राफर एसाेसिएसन दाङले सीपमुलक फोटोग्राफी तालिम सञ्चालन गर्ने,  प्रशिक्षकमा योगेन्द्रजङ्ग बस्नेत

काठमाडौं । जिल्ला फोटोग्राफर एसाेसिएसन दाङले जिल्लामा रहेका फोटोग्राफर हरुलाई व्यवसायीकरूपमा बलियो बनाउन १ दिने सीपमुलक फोटोग्राफी तालिम दिने भएको छ । असोज १६ गते शनिबार पारेर संघले तालिम सञ्चालन गर्न लागेको हो । फोटोग्राफी तालिममा सहभागी हुन जिल्ला फोटोग्राफर संघका निर्बतमान अध्यक्ष वसन्त जोशीले सवैलाई अनुरोध गरे ।

Ad

प्रतिक्रिया दिनुहोस