Namaste Icon
Ad
Ad

युगल पोट्रेट फोटो प्रतियोगीता सम्पन्न : ५ सय १३ मध्ये विजेता बन्यो विवेक श्रेष्ठको फोटो

युगल पोट्रेट फोटो प्रतियोगीता सम्पन्न : ५ सय १३ मध्ये विजेता बन्यो विवेक श्रेष्ठको फोटो

काठमाडौं । १८२ औं विश्व फोटोग्राफी दिवसको अवसरमा काठमाडौंमा आयोजना भएको युगल पोट्रेट फोटोग्राफी प्रतियोगीता २०२१ को उपाधि विवेक श्रेष्ठले जितेका छन् । विवेक श्रेष्ठ ललिपुरका मक्षिन्द्र फोटो स्टुडियोका फोटोग्राफर हुन् । फोटो व्यावसायीहरुको क्षमता विकास, फोटोको उत्थान र फोटोग्राफरहरुको सम्मानका साथै नेपाली फोटोग्राफिलाई अन्तराष्ट्रियमाझ पुर्याउने उद्देश्यले प्रतियोगीता आयोजना गरिएको फाटो पसलका प्रबन्ध निर्देशक विक्रम न्यौपानेले बताए । प्रतियोगीतमा ३८ जिल्लाका ३ सय ६६ जना फाटोग्राफरले पठाएका ५ सय १३ वटा फोटोले सहभागिता जनाएका थिए । प्रतियोगिताको संयोजको रुपमा सिनियर ल्याब टेक्निसियन हरि बहादुर पाण्डे, निर्णायक मण्डलहरुमा संयोजक वरिष्ठ फोटोग्राफर योगेन्द्र जंग बस्नेत, रिपब्लिक अफ ट्रिनेड एन्ड टोबाको का वरिष्ठ फोटोग्राफर जेम्स बि सोलोमन, भारतका फोटोग्राफर किगन डेनिस रहेका थिए ।

विजेता बनेकाे  विवेक श्रेषठकाे फाेटाे

 

कार्यक्रममा माउन्टेन फोटोग्राफिका बादशाह जगदिश तिवारीले यस किसिमका प्रतियोगीता बाट नेपाली फोटोग्राफरहरुको व्यावसायीकतलाई महत्वपुर्ण सहयोग पुग्ने बताए । अघिल्लो वर्ष फोटोपसलले कोभिड १९ फोटो प्रतियोगीता जनचेतनामुलक र फ्रन्ट लाईनमा खटिएका डाक्टर, नर्स, सुरक्षाकर्मी, र पत्रकारहरुको सम्मानमा संचालन गरेको थियो । फोटो पसलले यो पटक फोटो व्यावसायी र फोटोग्राफरहरुलाई विश्व फोटो दिवसको महत्व र फोटोग्राफरकार सम्मान र फोटोको मुल्याङकन गर्दै क्षमता विकास गराउने र यस प्रतियोगितामा सहभागिहरुलाई निःशुल्क तालिमको व्यवस्था गरेको छ । प्रतियोगीताको संचालन कार्यक्रम प्रस्तोता राजाराम गौतमले संचालन गरेका थिए ।

 

Ad

सम्बन्धित समाचारहरु

काठमाडौं फोटोग्राफर संघको अध्यक्षमा डिगम्बर राजवंशी

काठमाडौं । काठमाडौं फोटोग्राफर संघमा डिगम्बर राजवंशीको अध्यक्षतामा नयाँ कार्य समिति चयन भएको छ । भाद्र २६ गते सम्पन्न संघको १३औं बार्षिक साधारणसभा बाट नयाँ कार्यसमिति चयन भएको हो । नव निर्वाचित अध्यक्षमा डिगम्बर राजवंशी, उपाध्यक्षमा भोला काफ्ले सचिवमा हरीप्रसाद घिमिरे र कोषाध्यक्षमा झक्कु रोका रहेका छन ।

फोटोग्राफर एसाेसिएसन दाङले सीपमुलक फोटोग्राफी तालिम सञ्चालन गर्ने,  प्रशिक्षकमा योगेन्द्रजङ्ग बस्नेत

काठमाडौं । जिल्ला फोटोग्राफर एसाेसिएसन दाङले जिल्लामा रहेका फोटोग्राफर हरुलाई व्यवसायीकरूपमा बलियो बनाउन १ दिने सीपमुलक फोटोग्राफी तालिम दिने भएको छ । असोज १६ गते शनिबार पारेर संघले तालिम सञ्चालन गर्न लागेको हो । फोटोग्राफी तालिममा सहभागी हुन जिल्ला फोटोग्राफर संघका निर्बतमान अध्यक्ष वसन्त जोशीले सवैलाई अनुरोध गरे ।

Ad

प्रतिक्रिया दिनुहोस