# भर्खरै
Namaste Icon
Ad
Ad

लेखनीमा विचारको नयाँनयाँ स्वाद दिने आख्यानकार गगनसिंह थापा

लेखनीमा विचारको नयाँनयाँ स्वाद दिने आख्यानकार गगनसिंह थापा

काठमाडौं । साहित्य विदामा कलम चलाउँदै आएका यथार्थवादी आख्यानकार गगनसिंह थापाको लेखनीमा विचारको नयाँनयाँ स्वाद प्रष्टै देखिन्छन् । देखेका, भोगेका अनुभव र अनुभुतीका घटनासँग खेलेर होस् वा काल्पनिक संसारमा पुर्‍याएर होस्, थापा पृथक विचार, दृष्टिकोण पाठक समक्ष प्रस्तुत गर्न अनुभवी थिए । उनको लेखनको स्तर निर्धारण, निर्क्यौल र विश्लेषण समग्र साहित्यक क्षेत्रले उच्च मुल्याकंन गर्दै आइरहेको छ ।

हालसम्म आख्यानकार थापाले सोह्र सौगात (२०३५), कर्णालीको छेउछाउ (२०७०), पुर्खाको चिठ्ठी (२०७२), मेरो मधुशाला (२०७३), उज्ज्वली (२०७६), महाप्रलय (२०७७) र मरुभुमीकी महारानी (२०७७) जस्ता आख्यान कृतिहरुले नेपाली साहित्यको भण्डारमा समृद्धि थपिसकेका छन् ।

उपन्यास 'अस्ताचलको ढोकाबाट' प्रकाशनको संघारमा उभिएको छ । थापाले दर्जनौं पाण्डुलिपीहरु साहित्य क्षेत्रलाई अगाडी बढाउन आगामी वर्षका लागि छाडेर गएका छन् । सुन्दर सुदुरपश्चिम कैलाली जिल्लास्थित टीकापुरका स्थायी बासिन्दा आख्यानकार थापा वि.स. २००५ साल भाद्र ५ गते जन्मेका थिए । ७३ वर्षको उमेरमा आख्यानकार थापाको २०७७ साल कार्तिक १८ गते देहावसान गते भएको थियो ।

यस संसार नभए पनि उनै आख्यानकार थापाको आज परेको ७४औँ जन्मोत्सवको उपलक्ष्यमा उनैले देहावसान पूर्व प्रकाशन गरेका कृतिहरुको तस्बिर राख्दै दर्पण दैनिक परिवार हार्दिक शुभकामना व्यक्त गर्दछ ।

Ad

सम्बन्धित समाचारहरु

प्रेस सेनानी अर्जुन ज्ञवालिको ‘हिमाल पारिको कथा’ विमोचन

वुटवल । प्रेस सेनानी अर्जुन ज्ञवालीबाट लेखिएको ‘हिमाल पारीको कथा’ यात्रा संस्मरण पुस्तक विमोचन गरिएको छ । संविधान सभाका सभासद नेत्र पन्थीले पुस्तक विमोचन गरेका हुन । पुस्तकको समीक्षा युवा साहित्यकार गिरी श्रीस र रामचन्द्र श्रेष्ठले गरेका थिए । पुरक समीक्षा भने बालकृष्ण भट्टराई, डा. बाबुराम ज्ञवाली, राजेन्द्रकुमार आचार्य, दिपक ज्ञवाली, डा सागर न्यौपानेले गरेका थिए ।

अवकाश

अवकाश

यौवनलाई साटेर दिनहरु सँग,पूर्वको उमंग सँग खेल्दैछु,अन्तरमा अदृश्य सँग संवाद गर्दै,कर्मको चाङ समेटेर ,आफैसँग लुकेको छ।कथाको पात्रझै लेखिएको यात्रामा ,नगराकाे अर्थहिन नेपथ्य संवादझै,आफैको गुञ्जन मा मस्त छु।नथाकेको आँटसँग चुनौतीको संवाद गर्दै,अव्यक्त भावमा कटेका कर्म गन्द्दु।निशब्द सम्बन्धहरु आँखै बाट ओझेल पर्दा,आफ्ना पनहरु भक्कानिन्छन् अाफै,प्रतिभा प्रतिस्पर्धा योग्यता चस्किन्छ।स्वाभिमान साटिएका कुण्ठाको पिडामा,रंगहीन उमंग व्यंग बन्छ।नाटकको विदूषक जस्तै बितेका भँगिमाहरु,स्वयमको विजयसँग पुनः रमाउँछन्।नदेखेको यौवन र जवानी सँग साटेको पलसँग,नजिकैको सुन्यता मनभरी हुन्छ,अव्यक्त।बियोग दुख्दैन आफन्तको,आशु फुकेको परेलाजस्तै,दृश्यबाट टाढिँदै जाँनेआशा संग खेल्छु।पुलकित हुन्छ बेलाबेला मन, संवाद गर्छु आफैसँग,सम्झन्छु दिनहरु त हुन् ,समय छैन जीवन भित्र,बाँचेकै थिए जीवन अव्यक्त भावमा जीवनसँग।

Ad

प्रतिक्रिया दिनुहोस