Namaste Icon
Ad
Ad

मालिका केशरीको बौद्ध दर्शनमा आधारित आख्यान ‘दुङाल’ विमोचित

मालिका केशरीको बौद्ध दर्शनमा आधारित आख्यान ‘दुङाल’ विमोचित

काठमाडौं । साहित्यकार मालिका केशरीको बौद्ध दर्शनमा आधारित आख्यान ‘दुङाल’को आज राजधानीमा सार्वजनिकीकरण भएको छ । उपन्यासको इतिहासकार एवं हिमाली अध्ययनका ज्ञाता डा. रमेश ढुंगेल, मानवअधिकारवादी सुदीप पाठक, पूर्वसचिव एवं साहित्यकार डा. सुधा शर्मा र आख्यानकार मालिका केशरीले संयुक्त रुपमा विमोचन गरे ।

कार्यक्रममा मानवअधिकारवादी पाठकले उपन्यासले शरणार्थीको मानवअधिकार, न्याय र आत्मसम्मानका कुरा उठाएकोे बताए । उनले भने,– ‘उपन्यास पढ्दा पाठकलाई हरेक घटनामा आफू पनि सँगै रहेको भान हुन्छ । आप्रवासन या शरणार्थी हुनु रहर नभएर बाध्यता भएको कुरा उपन्यासले राम्ररी स्थापित गरेको छ । मानवअधिकारका दृष्टिले ‘दुङाल’ पाठकलाई रोचक र घोचक कोसेली हो ।’ यसले तिब्बती समुदायको समस्यामात्र नउठाएर उनीहरुको न्याय र आत्मसम्मानको वातावरण बनाउनका लागि कर्तव्यबोध गराएको उनले औंल्याए ।

पूर्व स्वास्थ्य सचिव डा. शर्माले पुरुष लेखक भएर पनि महिलाका भावनाको गहिराइ छोएर शरणार्थीको कथा भन्न सक्नु उपन्यासको सफलता भएको टिप्पणी गरिन् । उनले भनिन्,– ‘शरणार्थी केटी कार्चुङको कथा उनकै आँखाबाट भनिएको छ । लेखक संवेदनशील हुने हो भने महिला पात्रले न्याय पाउने रहेछन् । अरु लेखक पनि मालिका केशरीजस्तो हुने हो भने मानवअधिकारमा पनि सुधार हुने रहेछ । यो उपन्यास समाजका यथार्थलाई चित्रण गर्न सफल छ । यो मननीय, संग्रहणीय र पठनीय छ ।’ तिब्बती शरणार्थीको परिवेशको उपन्यास भए पनि यसले विश्वभरि नै विस्थापन र शरणार्थीको पीडा भोगेका मानिसको पक्षमा बोलेको उनको भनाइ थियो ।

यस्तै इतिहासकार डा. ढुंगेलले ‘दुङाल’ले लगभग हराउन थालेको र बिर्सन लागेको शरणार्थी समस्यालाई साहित्यमार्फत उजागर गरेको बताए । उनले भने,– ‘साँच्चै भन्ने हो भने पछिल्लो समय शरणार्थी समस्या बिर्सन लागिसकेका थियौं । उनीहरुका दुःख, पीर, वेदना र उकुसमुकुसलाई दुङालले अभिव्यक्त गरेको छ । आँखैले देखेजस्तो छ हरेक घटना । एक बसाइमा पढिसकिन्छ । अन्तिम अध्यायमा नपुगेसम्म पाठकलाई तानिरहन्छ ।’ उपन्यासले दुई भिन्न संस्कृतिबीचको अन्तरद्वन्द्व देखाउँदै ै आधुनिकता र परम्पराको समन्वयको खाँचो औंल्याएको बताए ।

कार्यक्रममा आख्यानकार मालिका केशरीले आफ्नो बाल्यकालदेखिको शरणार्थी शिविरसँगको सामीप्यताका कारण ‘दुङाल’ जन्मेको बताए । ‘देशमा बस्न नसकेपछि जीवन खोज्दै यहाँ आइपुगेका शरणार्थीप्रति हामीले गरेको व्यवहार सही छन् त भन्ने प्रश्नले घचघचाएपछि उपन्यास नलेखी बस्न सकिनँ’– उनले भने । मालिका केशरीका यसअघि बौद्ध दर्शनमा आधारित उपन्यास ‘पुनरुत्थान’ र ‘सुवर्णलता’ प्रकाशित छन् । सांग्रिला बुक्सले प्रकाशन गरेको ‘दुङाल’ उनको तेस्रो उपन्यास हो । उनी बौद्ध दर्शनका अध्येता हुन् ।

 

Ad

सम्बन्धित समाचारहरु

प्रेस सेनानी अर्जुन ज्ञवालिको ‘हिमाल पारिको कथा’ विमोचन

वुटवल । प्रेस सेनानी अर्जुन ज्ञवालीबाट लेखिएको ‘हिमाल पारीको कथा’ यात्रा संस्मरण पुस्तक विमोचन गरिएको छ । संविधान सभाका सभासद नेत्र पन्थीले पुस्तक विमोचन गरेका हुन । पुस्तकको समीक्षा युवा साहित्यकार गिरी श्रीस र रामचन्द्र श्रेष्ठले गरेका थिए । पुरक समीक्षा भने बालकृष्ण भट्टराई, डा. बाबुराम ज्ञवाली, राजेन्द्रकुमार आचार्य, दिपक ज्ञवाली, डा सागर न्यौपानेले गरेका थिए ।

अवकाश

अवकाश

यौवनलाई साटेर दिनहरु सँग,पूर्वको उमंग सँग खेल्दैछु,अन्तरमा अदृश्य सँग संवाद गर्दै,कर्मको चाङ समेटेर ,आफैसँग लुकेको छ।कथाको पात्रझै लेखिएको यात्रामा ,नगराकाे अर्थहिन नेपथ्य संवादझै,आफैको गुञ्जन मा मस्त छु।नथाकेको आँटसँग चुनौतीको संवाद गर्दै,अव्यक्त भावमा कटेका कर्म गन्द्दु।निशब्द सम्बन्धहरु आँखै बाट ओझेल पर्दा,आफ्ना पनहरु भक्कानिन्छन् अाफै,प्रतिभा प्रतिस्पर्धा योग्यता चस्किन्छ।स्वाभिमान साटिएका कुण्ठाको पिडामा,रंगहीन उमंग व्यंग बन्छ।नाटकको विदूषक जस्तै बितेका भँगिमाहरु,स्वयमको विजयसँग पुनः रमाउँछन्।नदेखेको यौवन र जवानी सँग साटेको पलसँग,नजिकैको सुन्यता मनभरी हुन्छ,अव्यक्त।बियोग दुख्दैन आफन्तको,आशु फुकेको परेलाजस्तै,दृश्यबाट टाढिँदै जाँनेआशा संग खेल्छु।पुलकित हुन्छ बेलाबेला मन, संवाद गर्छु आफैसँग,सम्झन्छु दिनहरु त हुन् ,समय छैन जीवन भित्र,बाँचेकै थिए जीवन अव्यक्त भावमा जीवनसँग।

Ad

प्रतिक्रिया दिनुहोस