# भर्खरै
Namaste Icon
Ad
Ad

'यदि कम्युनिस्ट बन्ने हो भने बिचारको कुरा गर्नुहोस'

'यदि कम्युनिस्ट बन्ने हो भने बिचारको कुरा गर्नुहोस'
- डा. युवराज संग्राैला

कम्युनिस्ट पार्टीको आत्म भनेको बिचारधारा हो । कम्युनिस्ट भाष्यमा त्यो बिचारधारा भनेको 'मार्क्सवाद लेनिनवाद हो ।' नेपालमा राज्य संचालनको प्रक्रियामा सामेल भएका कम्युनिस्ट पार्टीहरुमा यो बिचारधाराको थोरै अंश पाउन पनि गाह्रो छ । अत: नेकपा एमाले, नेकपा माओवादी, प्रस्तावित नेकपा एस जुनसुकैको भविस्य दाउमा छ, कसैले फुर्कनु पर्दैन। जब नागरिकहरु बिस्तारै सचेत हुन्छ्न, उनिहरुले पार्टीमा बिचारधारा खोज्दछ्न ब्यक्ति वा ब्रान्ड होइन। ब्रान्डले कम्युनिस्ट पार्टी चल्ने भए अहिले पनि प.बगालमा भारतीय कम्युनिस्ट पार्टीले शासन गरीरहेको हुन्थ्यो र सोभियत युनिएन ज्युंदै हुन्थ्यो ।

१. त्यसैले, यदि कोही के.पि, प्रचण्ड र माधव देखाएर पार्टी चलाउंछु, र चिन्ह बेचेर चुनाव जित्छु भन्ने ठान्छ भने त्यो पार्टीको गोठालो हो, कर्याकर्ता होइन। यी मध्य कुनै वा सबै रहन सक्छ्न र यथार्थ कम्युनिस्ट एकता हुन सक्छ यदि यिनिहरुमा सिद्धान्त र बिचारधारा मौलायो भने।

२. कम्युनिस्ट कार्यकर्ता लठैत होइन, चेतनशिल नागरिक हो जो समाजको सकारात्मक परिबर्तनका लागि सक्रिय हुन्छ। तेस्तो कार्यकर्ताले नेताको सुरक्षा र सम्मान गर्छ, नकि पुजा। ब्यक्ति पुजा सामन्ती मन्च हो कम्युनिस्ट अनुशासन होइन।

३. कम्युनिस्ट कार्यकर्ता आलोचित हुन र आलोचना गर्न डरांउदैन। तर उस्ले फोहोर र असभ्य भाषा वा कथ्य बोल्दैन। नेपालमा सांसद भएका सम्मका गालिगलौजका शब्द हेर्दा, उ कम्युनिस्ट पार्टीबाट फाइदा कमाउने ब्यापारी हो कम्युनिस्ट होइन भन्ने बुज्न सकिन्छ।

४. एकतावादीहरुले ब्रान्ड र नेताका कुरा नगरेर एमालेमा बिचारपतनलाइ सच्याउने माग राखेर लडेका भए उनिहरुलाइ हजारौंले माया गर्ने थिए। तर उनीहरुको अलाप नाम र चिन्हमा अल्झियो। यहीँ काहीं समस्या छ। एकता भयो भने पनि बिचार पलाउने अवस्था कम्जोर छ।

यदि कम्युनिस्ट बन्ने हो र समाजवाद ल्याउन चाहेकै हो भने बिचारको कुरा गर्नुहोस, त्यसो नगर्ने हो भने त रबिन्द्र जिको पार्टीलाई मानिस चाहिएकै छ्न ।

डा. युवराज संग्राैला

Ad

सम्बन्धित समाचारहरु

देश चलाउने जिम्मेवारी नयाँ पुस्तालाई दिइयोस सरकार !

देश चलाउने जिम्मेवारी नयाँ पुस्तालाई दिइयोस सरकार !

कृष्ण साउद । अब देश चलाउने जिम्मा युवा पुस्ता लाई दिनुपर्छ समपूर्ण लिडर हरु मिलेर । समाजको सबैभन्दा गतिशील पुस्ता भनेको नै युवा हो । उसको सहभागिताविना देशको जीवन मेरुदण्डविनाको मानव शरीरजस्तै हो । यसर्थ, अब देश चलाउने जिम्मेवारी नै युवा पुस्ता लाई हस्तान्तरण गर्नुपर्छ। न यो देश मा रोजगारी छ नत सबै युवा हुरु खाडि मुलुक मा छिर्न बाध्य भइरहेका छन् ।

गोरखाको गाईजात्रा र गैरीकुवा गाउँलेको गोदाई

गोरखाको गाईजात्रा र गैरीकुवा गाउँलेको गोदाई

हरेक वर्ष गाईजात्रा आउछन् जान्छन् । हामी क्षेत्रीहरुको समुदायमा यसको प्रभाव खासै परेको देख्दिन म । अझै पदीय जिम्मेवारी र काठमाडौंको बसाईमा यो पर्व खासै विशेष लाग्दैनथ्यो पनि होला तर वाल्यकाल र युवा संगतीमा भने मेरा लागि यो पर्व निकै मनोरन्जन र प्रतिक्षाको विषय हुन्थ्यो । गाईजात्रासँग जोडिएका मेरा विगतका अनुभवहरु आज सबैसँग शेयर गर्न मन लाग्यो । हाम्रा बाको परिवार वि.सं २०३९ सालतिर सगोलको ठूलो परिवारबाट छुटिएर गोरखा बजार नजिकै रहेको नयाँ बस्ती सतिपीपल नआउनु भएको भए यो पर्वको सम्झन लायक केही हुने थिएन होला । म त्यतिवेला छ बर्षको हुँदो हुँ । भर्खर बस्दै गरेको बजार भएकोले रैथान नजिक कोही थिएनन् । दुईचार पुराना घरहरु थिए तर हाम्रा हजुरबाले जेठा र माइला छोराको व्यवस्थापन गर्न गोरखा जाने मुलबाटोमा अजंगको भवन ठडाउनु भएको थिए । त्यतिवेला पनि ३२ कोठा भएको । काठैकाठ छापेर बनाइएको त्यो घरमा ठूलाबा र हाम्रो पसल थियो । गोरखामा नै भरर्खर खुलेका मोटर बाटो र दुर्गम जिल्लाका दर्गम क्षेत्रको वासिन्दाको नुन तेल चामलको जोहो गर्ने थलो भिडभाड हुने थलो । त्यतिवेलाको ब्यापार र ग्राहकको अवस्थाका बारेमा त यसमा चर्चा गर्न सम्भव पनि छैन । प्रसँग मिले कुनै दिन सेयर गरौंला ।

Ad

प्रतिक्रिया दिनुहोस