Namaste Icon
Ad
Ad

चोट

चोट
दिपक भन्डारी

जब पिडा बढ्दछ गजल बनी लेखिन्छ चोट्
भित्र भित्रै लुक्दछ बाहिर कहाँ देखिन्छ चोट् ?
 
मनमा हैकम् चलाऊदछ,मुटु साह्रै जलाउदछ
बाहिर छाती छामेर मात्रै कहाँ भेटिन्छ चोट् ?
 
आँखाबाट छल्किएर, झर्दै झर्दै जान खोज्छ
छुपाएर राख्न खोज तर कहाँ छेकिन्छ चोट् ?
 
कतै कतै पासो बनी अकालमा झुन्ड्याउछ
कतै भने छुरा बनी घाटीमाझ् रेटिन्छ चोट् !
 
बाचुन्जेल् रुवाउछ र जिन्दगीलाई कुहाउछ
जब सास् रोकिन्छ तब मात्र मेटिन्छ चोट्।।
 
मान्छेले ठाउँ अनुसार जति ठुला गफ लगाएपनी,
त्यो त फोस्रो गफ मात्र हो, तर सधैं सम्झन्छ आफ्नै पेट।
 
निमिट्यान्न पार्दापनी जब अन्कुराउन थाल्दछ,
तब कसैले चलाउन नसक्ने अजङ्गको बन्दछ बोट।।
 
 
दिपक भन्डारी, लिखु:- ६ थानसिङ्ग - नुवाकोट 
 
Ad

सम्बन्धित समाचारहरु

प्रेस सेनानी अर्जुन ज्ञवालिको ‘हिमाल पारिको कथा’ विमोचन

वुटवल । प्रेस सेनानी अर्जुन ज्ञवालीबाट लेखिएको ‘हिमाल पारीको कथा’ यात्रा संस्मरण पुस्तक विमोचन गरिएको छ । संविधान सभाका सभासद नेत्र पन्थीले पुस्तक विमोचन गरेका हुन । पुस्तकको समीक्षा युवा साहित्यकार गिरी श्रीस र रामचन्द्र श्रेष्ठले गरेका थिए । पुरक समीक्षा भने बालकृष्ण भट्टराई, डा. बाबुराम ज्ञवाली, राजेन्द्रकुमार आचार्य, दिपक ज्ञवाली, डा सागर न्यौपानेले गरेका थिए ।

अवकाश

अवकाश

यौवनलाई साटेर दिनहरु सँग,पूर्वको उमंग सँग खेल्दैछु,अन्तरमा अदृश्य सँग संवाद गर्दै,कर्मको चाङ समेटेर ,आफैसँग लुकेको छ।कथाको पात्रझै लेखिएको यात्रामा ,नगराकाे अर्थहिन नेपथ्य संवादझै,आफैको गुञ्जन मा मस्त छु।नथाकेको आँटसँग चुनौतीको संवाद गर्दै,अव्यक्त भावमा कटेका कर्म गन्द्दु।निशब्द सम्बन्धहरु आँखै बाट ओझेल पर्दा,आफ्ना पनहरु भक्कानिन्छन् अाफै,प्रतिभा प्रतिस्पर्धा योग्यता चस्किन्छ।स्वाभिमान साटिएका कुण्ठाको पिडामा,रंगहीन उमंग व्यंग बन्छ।नाटकको विदूषक जस्तै बितेका भँगिमाहरु,स्वयमको विजयसँग पुनः रमाउँछन्।नदेखेको यौवन र जवानी सँग साटेको पलसँग,नजिकैको सुन्यता मनभरी हुन्छ,अव्यक्त।बियोग दुख्दैन आफन्तको,आशु फुकेको परेलाजस्तै,दृश्यबाट टाढिँदै जाँनेआशा संग खेल्छु।पुलकित हुन्छ बेलाबेला मन, संवाद गर्छु आफैसँग,सम्झन्छु दिनहरु त हुन् ,समय छैन जीवन भित्र,बाँचेकै थिए जीवन अव्यक्त भावमा जीवनसँग।

Ad

प्रतिक्रिया दिनुहोस