# भर्खरै
Namaste Icon
Ad
Ad

काबुल एयरपोर्टमा बम हमलाका मुख्य जोजनाकारलाई निशाना बनाएर अमेरिकी ड्रोन हमला

काबुल एयरपोर्टमा बम हमलाका मुख्य जोजनाकारलाई निशाना बनाएर अमेरिकी ड्रोन हमला

काठमाडौं । अमेरिकी सेनाले अफगानिस्तानमा इस्लामिक स्टेट (आईएस) समूहका सदस्यमाथि हवाइ हमला गरेको छ । अमेरिकी अधिकारीहरूले बिहीबार काबुल एयरपोर्टमा गरिएको बम हमलाका मुख्य जोजनाकारलाई निशाना बनाएर ड्रोन आग्रमण गरिएको हो । बिहीबार काबुल एयरपोर्ट बाहिर भएको हमलामा परि १३ अमेरिकी सैनिकका साथै १ सय ७० जनाले ज्यान गुमाइसकेका छन् ।

बिहीबार भएको हमलाको जिम्मा खोरसान प्रान्तको इस्लामिक स्टेट आईएसआईएस–केले जिम्मा लिएको थियो । अमेरिकाले नाङ्‍गाहार प्रान्तमा ड्रोन हमला गरेको छ । बम हमलाका मुख्य योजनाकारलाई ड्रोन आक्रमणमा मारेको अमेरिकी दाबी छ । शुक्रबार एक विज्ञप्ति जारी गर्दै अमेरिकी सेनाले भनेको छ, 'बम आक्रमणका मुख्य योजना कार मारेको प्रारम्भिक सङ्केत प्राप्त गरेका छौं । हमला सर्वसाधारणलाई कुनै क्षति भएको छैन ।’ विमानस्थलमा भएको बम आक्रमणपछि अमेरिकी राष्ट्रपति जो बाइडेनले घटनाका दोषीलाई खोजेर बदला लिने बताएका थिए। - बीबीसीबाट

Ad

सम्बन्धित समाचारहरु

तालिबान सरकारभित्र विवाद चर्कियो

तालिबान सरकारभित्र विवाद चर्कियो

काठमाडौं । अफगानिस्तानमा तालिबानले गठन गरेको अन्तरिम सरकारमा विवाद देखिएको छ । राष्ट्रपति भवनमा तालिबानका सह-संस्थापक मुल्लाह गनी बरादर र खलील उर रहमानबीच भनाभन हुनुका साथै दुई जनाबीचको वादविवादपछि उनीहरूका समर्थक एकआपसमा भिडेका समाचार सार्बजनिक भएको छ ।

अफगानिस्तानमा तालिबानद्वारा अन्तरिम सरकार घोषणा, प्रधानमन्त्रीमा मुल्लाह हसन अखुन

काबुल । तालिबानले मोहम्मद हसन अखुण्डको नेतृत्वमा अफगानिस्तानको अन्तरिम सरकार घोषणा गरेको छ । आज बेलुका मन्त्रिपरिषद्का केही मन्त्रीहरुको नाम सार्वजनिक गरिएको छ । अब्दुल घानी बरदार उपप्रधानमन्त्री, सिराजुद्दिन हक्कानी गृहमन्त्रीमा नियुक्त भएको तालिबान प्रवक्ता जाबिल्लाह मुजाहिदले काबुलमा पत्रकार सम्मेलन आयोजना गरि जानकारी दिएका छन् ।

Ad

प्रतिक्रिया दिनुहोस