Namaste Icon
Ad
Ad

एनआरएनएको अध्यक्षमा तीन जनाको उम्मेदवारी

एनआरएनएको अध्यक्षमा तीन जनाको उम्मेदवारी

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय समिति आइसीसीको आगामी अक्टोबरमा हुने १० औं महाधिवेशनमा अध्यक्ष पदमा तीन जनाले उम्मेदवारी दिने भएका छन । रबिना थापा, बद्री केसी र कुल आचार्यले अध्यक्ष पदमा उम्मेदवारी दिने भएका हुन् । थापा र आर्चाय प्रजातान्त्रिक समुहका हुन् भने केसी नेकपा एमाले केपी ओली समुहका हुन् । तीन प्रतिस्पर्धीमध्ये थापा बलियो उम्मेदवार हुन् । अमेरिका निवासी थापा, आइसीसी २०१९ देखि २०२१ को उपाध्यक्ष हुन् । त्यसअघि थापा २०१५ देखि २०१७ अमेरिकाको एनसीसीको उपाध्यक्ष थिइन् । थापालाई विभिन्न संघ संस्था हाकेको राम्रो अनुभव समेत छ । थापालाई युवा र महिलाको साथ र समर्थन छ । थापालेनेपाली जनसम्पर्क समिति जापानको संस्थापक तथा अमेरिकाको संस्थापक सदस्यमा रही काम गरिसकेकी छिन् ।


अध्यक्षकी उम्मेदवार थापाले आफु आइसीसीको अध्यक्षमा सक्षम र योग्य उम्मेदवार रहेको भन्दै उम्मेदवारीदिने जानकारी दिएकी छन् । उनले भनिन्, ‘मेरो उम्मेदारी कुनै प्रकारको बार्गेनिङ होइन् ।’ उनले बिश्वभरि रहेका नेपाली युवा तथा महिलाको साथ र समर्थनमा आफूले उम्मेदवारीदिन लागेको प्रष्ट पारिन् । ‘यो १८ वर्षको इतिहास हेर्दा आइसीसीको अध्यक्ष पुरुषले मात्र हाक्नु भएको छ,अब पालो महिला हो,’थापाले भनिन् । उनले आफ्नो उम्मेदवारीविरुद्ध मनगढन्ते हल्ला र भ्रम फैलाइएको बताइन । ‘विभिन्न सञ्चार माध्यममा जुन प्रकारका मेरो उम्मेदवारी फिर्ता भनेर हल्ला र भ्रम फैलाइएको छ, त्यसको पछि नलाग्नसबैलाई आग्रह गर्छु ।’

विभिन्न देशका प्रतिनिधिबाट समर्थन
२०२१ –०२३ का आइसीसीका सचिव पदका प्रत्यासी शंकर खड्का रबिना आफैमा स्वभाविक रुपमा अहिलेको अध्यक्षको उम्मेदवार भएको बताउँछन् । सबैमा मिलाएर लैजान सक्ने क्षमता रबिनामा रहेको उनले बताए । ‘महिलालाई अगाडी लैजाने बोलीमा मात्र सिमित भयो तर व्यवहारमा कार्यान्वयन भएन्,’उनले भने । अहिले सबैलाई मिलाएर लैजान सक्ने सक्षम र योग्य महिला आइसीसीको अध्यक्षमा उठ्छु भन्दा किन साथ नदिने त ? उनले प्र्रश्न गरे । महिलालाई अगाडी बढ् भन्ने तर अगाडी बढ्न खोज्दा खुट्टा तान्ने प्रवृत्ति हटाउनु पर्ने उनको भनाई छ ।

यसैगरी, २०२१ –०२३ का आइसीसीका महासचिव पदका प्रत्यासी विनय अधिकारी रबिना एक सक्षम योग्य महिला भएकाले उनलाई सबैले सहयोग गर्नुपर्ने बताउँछन् । उनका अनुसार एनआरएनमा महिला नेतृत्वको विषय भाषणमा मात्र सिमित भएको थियो ।‘तर अब एक महिला अगाडी बढ्न खोज्नु भएको छ, उहाँलाई साथ दिएर व्यवहारमा कार्यान्वयन गर्ने मौका हामीले पाएका छौँ । त्यो गुमाउँनु हुदैन् ।’

Ad

सम्बन्धित समाचारहरु

इजरायल जानेको भाषा परीक्षा आजदेखि

इजरायल जानेको भाषा परीक्षा आजदेखि

काठमाडौं । इजरायल रोजगारीमा जान चाहनेको अंग्रेजी भाषा परीक्षा आज (सोमबार)बाट सुरु हुने भएको छ । इजरायल जान ९ हजारभन्दा बढीले आवेदन दिएकोमा करिब २ हजारको आवेदन अस्वीकृत भएको छ ।

प्राज्ञिक विद्यार्थी परिषदद्वारा दोलखाका ९५ घर परिवारलाई राहत सामग्री वितरण

विरजित बोहरा, सुर्खेत । प्राज्ञिक विद्यार्थी परिषद् नेपालले बाढी पहिरो प्रभावित दोलखा जिल्लाका कालिन्चोक गाउँपालिका वडा न ५ का ९५ परिवारलाई राहत सामाग्री वितरण गरेको छ । प्राज्ञिक विद्यार्थी परिषद नेपाल र विपद व्यवस्थापन समिति दोलखाको समन्वयमा भाद्र २० गते आइतबार सम्पन्न उक्त राहत सामग्री वितरण कार्यक्रममा प्राज्ञिक विद्यार्थी परिषद नेपालका राष्ट्रिय संगठन सचिव नारायण प्रसाद ढकाल, दोलखा जिल्लाका प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरे, कालिन्चोक गाउँपालिका अध्यक्ष विनकुमार थामी,प्राज्ञिक विद्यार्थी परिषद नेपाल महासचिव छितराज न्याैपाने, विद्यार्थी परिषद नेपाल बाग्मती प्रदेश सह सचिव प्रतीक्षा गिरी, त्रिभुवन विश्वविद्यालय इकाई सदस्य सुशीला पौडेल, हिन्दू स्वयंसेवक संघ नेपालका जिल्ला कार्यवाह शिव के सी प्राज्ञिक विद्यार्थी परिषद नेपाल भीमेश्वर नगर सचिव लक्ष्मी श्रेष्ठ ,स्थानीय जनप्रतिनिधि,स्थानीय वासी ,पत्रकार एवं सुरक्षा निकाएको उल्लेख्य उपस्थिति रहेको थियो ।

Ad

प्रतिक्रिया दिनुहोस