Namaste Icon
Ad
Ad

पत्रकार विश्वास खड्काथोकीलाई मातृ शोक

पत्रकार विश्वास खड्काथोकीलाई मातृ शोक

काठमाडौं । पत्रकार विश्वास खड्काथोकीलाई मातृ शोक परेको छ । काठमाडौको शिक्षण अस्पताल महाराजगन्जमा उपचाररत खड्काथोकीको ममतामयी आमा ४८ वर्षिया लक्ष्मी विकको भदौ १६ गते निधन भएको हो । बागलुङ नगरपालिका वडा ३, बागलुङ जिल्लामा स्थायी बसोबास गर्दै आएका मृतक विकलाई कोरोना संक्रमण देखिएपछि विगत ३ हप्तादेखि अस्पतालमा भर्ना गरेर उपचार गरिएको थियो । मृतक विकका श्रीमान् , २ छोरा र एक छोरी छन् । खड्काथोकी क्रियाशिल दलित पत्रकार संघका केन्द्रीय महासचिवसमेत हुन् ।

Ad

सम्बन्धित समाचारहरु

इजरायल जानेको भाषा परीक्षा आजदेखि

इजरायल जानेको भाषा परीक्षा आजदेखि

काठमाडौं । इजरायल रोजगारीमा जान चाहनेको अंग्रेजी भाषा परीक्षा आज (सोमबार)बाट सुरु हुने भएको छ । इजरायल जान ९ हजारभन्दा बढीले आवेदन दिएकोमा करिब २ हजारको आवेदन अस्वीकृत भएको छ ।

प्राज्ञिक विद्यार्थी परिषदद्वारा दोलखाका ९५ घर परिवारलाई राहत सामग्री वितरण

विरजित बोहरा, सुर्खेत । प्राज्ञिक विद्यार्थी परिषद् नेपालले बाढी पहिरो प्रभावित दोलखा जिल्लाका कालिन्चोक गाउँपालिका वडा न ५ का ९५ परिवारलाई राहत सामाग्री वितरण गरेको छ । प्राज्ञिक विद्यार्थी परिषद नेपाल र विपद व्यवस्थापन समिति दोलखाको समन्वयमा भाद्र २० गते आइतबार सम्पन्न उक्त राहत सामग्री वितरण कार्यक्रममा प्राज्ञिक विद्यार्थी परिषद नेपालका राष्ट्रिय संगठन सचिव नारायण प्रसाद ढकाल, दोलखा जिल्लाका प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरे, कालिन्चोक गाउँपालिका अध्यक्ष विनकुमार थामी,प्राज्ञिक विद्यार्थी परिषद नेपाल महासचिव छितराज न्याैपाने, विद्यार्थी परिषद नेपाल बाग्मती प्रदेश सह सचिव प्रतीक्षा गिरी, त्रिभुवन विश्वविद्यालय इकाई सदस्य सुशीला पौडेल, हिन्दू स्वयंसेवक संघ नेपालका जिल्ला कार्यवाह शिव के सी प्राज्ञिक विद्यार्थी परिषद नेपाल भीमेश्वर नगर सचिव लक्ष्मी श्रेष्ठ ,स्थानीय जनप्रतिनिधि,स्थानीय वासी ,पत्रकार एवं सुरक्षा निकाएको उल्लेख्य उपस्थिति रहेको थियो ।

Ad

प्रतिक्रिया दिनुहोस