Namaste Icon
Ad
Ad

मञ्जु बिमलीद्वारा लिखित उपन्यास ‘अतृप्ति’ बजारमा

मञ्जु बिमलीद्वारा लिखित उपन्यास  ‘अतृप्ति’ बजारमा

काठमाडौं । साहित्यकार मञ्जु बिमलीद्वारा लिखित उपन्यास ‘अतृप्ति’ बजारमा आएको छ । साहित्यकार बिमलीकी ९१ वर्षीया आमा राममायाले सामाजिक सञ्जालमार्फत उक्त कृतिको विमोचन गरेकी हुन् । कार्यक्रममा कृतिका प्रकाशक पैरवी बुक हाउस प्रालिका अध्यक्ष चन्द्र शिवाकोटी, परिवारका सदस्य र साहित्यकार कृष्ण धराबासीको उपस्थिति रहेको थियो ।


नारी मनोविज्ञानमा आधारित रहेको उक्त उपन्यासमा नेपाली समाज र त्यसले नारीमा पारेको प्रभावलाई कलात्मक रुपमा उधिनिएको छ । साहित्यकार बिमलीले मानिस कमजोरीसहितको हुने हुनाले त्यसलाई उसकै अवस्थामा हेरिएको विचार राखिन् । कार्यक्रममा प्रकाशक चन्द्र शिवाकोटी, आमा राममाया बिमली र साहित्यकार कृष्ण धरावासीले मन्त्व्य व्यक्त गरेका थिए । यसअघि बिमलीका दुई कृति दई थोपा आँशु (कवितासंग्रह) र खीर (संस्मरण) प्रकाशित भइसकेका छन् ।

Ad

सम्बन्धित समाचारहरु

प्रेस सेनानी अर्जुन ज्ञवालिको ‘हिमाल पारिको कथा’ विमोचन

वुटवल । प्रेस सेनानी अर्जुन ज्ञवालीबाट लेखिएको ‘हिमाल पारीको कथा’ यात्रा संस्मरण पुस्तक विमोचन गरिएको छ । संविधान सभाका सभासद नेत्र पन्थीले पुस्तक विमोचन गरेका हुन । पुस्तकको समीक्षा युवा साहित्यकार गिरी श्रीस र रामचन्द्र श्रेष्ठले गरेका थिए । पुरक समीक्षा भने बालकृष्ण भट्टराई, डा. बाबुराम ज्ञवाली, राजेन्द्रकुमार आचार्य, दिपक ज्ञवाली, डा सागर न्यौपानेले गरेका थिए ।

अवकाश

अवकाश

यौवनलाई साटेर दिनहरु सँग,पूर्वको उमंग सँग खेल्दैछु,अन्तरमा अदृश्य सँग संवाद गर्दै,कर्मको चाङ समेटेर ,आफैसँग लुकेको छ।कथाको पात्रझै लेखिएको यात्रामा ,नगराकाे अर्थहिन नेपथ्य संवादझै,आफैको गुञ्जन मा मस्त छु।नथाकेको आँटसँग चुनौतीको संवाद गर्दै,अव्यक्त भावमा कटेका कर्म गन्द्दु।निशब्द सम्बन्धहरु आँखै बाट ओझेल पर्दा,आफ्ना पनहरु भक्कानिन्छन् अाफै,प्रतिभा प्रतिस्पर्धा योग्यता चस्किन्छ।स्वाभिमान साटिएका कुण्ठाको पिडामा,रंगहीन उमंग व्यंग बन्छ।नाटकको विदूषक जस्तै बितेका भँगिमाहरु,स्वयमको विजयसँग पुनः रमाउँछन्।नदेखेको यौवन र जवानी सँग साटेको पलसँग,नजिकैको सुन्यता मनभरी हुन्छ,अव्यक्त।बियोग दुख्दैन आफन्तको,आशु फुकेको परेलाजस्तै,दृश्यबाट टाढिँदै जाँनेआशा संग खेल्छु।पुलकित हुन्छ बेलाबेला मन, संवाद गर्छु आफैसँग,सम्झन्छु दिनहरु त हुन् ,समय छैन जीवन भित्र,बाँचेकै थिए जीवन अव्यक्त भावमा जीवनसँग।

Ad

प्रतिक्रिया दिनुहोस