Namaste Icon
Ad
Ad

सडकमा उत्रिए अफगानी महिला

सडकमा उत्रिए अफगानी महिला

काबुल । तालिबानी शासनको त्रासबीच अफगानिस्तानमा महिलाहरू सडकमा उत्रिएका छन् । उनीहरूले शुक्रबार राष्ट्रपति भवन अगाडि सरकारमा महिलालाई पनि सहभागी गराउन माग गर्दै उनीहरूले प्रदर्शन गरेका हुन् । अब बन्ने मन्त्रिपरिषदमा महिलालाई पनि सामेल गराउन आग्रह गरेको पर्चा बोकेर उनीहरू प्रदर्शनमा उत्रिएका हुन् । अफगानिस्तानमा तालिबानले कब्जा गरेसँगै संसारभरबाट त्यहाँका महिला र बालबालिकाको अवस्थाबारे चिन्ता व्यक्त गरिरहेकै समयमा त्यहाँका केही महिलाले प्रदर्शन गर्ने आँट गरेका हुन् ।

उनीहरुले पुरुषसरह महिलालाई पनि अधिकार हुनुपर्ने माग पनि गरेका छन् । उनीहरूले शक्तिशाली मन्त्रिपरिषदमा महिलालाई पनि स्थान दिनुपर्ने, महिला पुरूष बराबरी लगायत नारा लेखिएका प्ले कार्डसहित प्रदर्शन गरेका थिए । बीस वर्ष अगाडिको तालिबानी शासनमा महिलामाथि गरिएको बर्बर अत्याचारको त्रासमा परेका महिलाहरुले यस पटक त्यस्तो नहोस् भनिरहेका छन् ।

त्यसबेला सबै महिलाले पूरै शरीर ढाक्ने बुर्का अनिवार्य लगाउनुपर्नेदेखि दश वर्षमाथिका बालिकालाई विद्यालय जानसमेत रोक लगाइएको थियो । तालिबानले उसको शासन इस्लामी कानून अर्थात् शरियाअनुसार हुने जनाएको छ । तालिबानले काबुल कब्जा गरेलगत्तै महिलालाई घरमै बस्न उर्दीसमेत जारी गरेको छ ।

Ad

सम्बन्धित समाचारहरु

तालिबान सरकारभित्र विवाद चर्कियो

तालिबान सरकारभित्र विवाद चर्कियो

काठमाडौं । अफगानिस्तानमा तालिबानले गठन गरेको अन्तरिम सरकारमा विवाद देखिएको छ । राष्ट्रपति भवनमा तालिबानका सह-संस्थापक मुल्लाह गनी बरादर र खलील उर रहमानबीच भनाभन हुनुका साथै दुई जनाबीचको वादविवादपछि उनीहरूका समर्थक एकआपसमा भिडेका समाचार सार्बजनिक भएको छ ।

अफगानिस्तानमा तालिबानद्वारा अन्तरिम सरकार घोषणा, प्रधानमन्त्रीमा मुल्लाह हसन अखुन

काबुल । तालिबानले मोहम्मद हसन अखुण्डको नेतृत्वमा अफगानिस्तानको अन्तरिम सरकार घोषणा गरेको छ । आज बेलुका मन्त्रिपरिषद्का केही मन्त्रीहरुको नाम सार्वजनिक गरिएको छ । अब्दुल घानी बरदार उपप्रधानमन्त्री, सिराजुद्दिन हक्कानी गृहमन्त्रीमा नियुक्त भएको तालिबान प्रवक्ता जाबिल्लाह मुजाहिदले काबुलमा पत्रकार सम्मेलन आयोजना गरि जानकारी दिएका छन् ।

Ad

प्रतिक्रिया दिनुहोस