# भर्खरै
Namaste Icon
Ad
Ad

प्राज्ञिक विद्यार्थी परिषदद्वारा दोलखाका ९५ घर परिवारलाई राहत सामग्री वितरण

प्राज्ञिक विद्यार्थी परिषदद्वारा दोलखाका ९५ घर परिवारलाई राहत सामग्री वितरण

विरजित बोहरा, सुर्खेत । प्राज्ञिक विद्यार्थी परिषद् नेपालले बाढी पहिरो प्रभावित दोलखा जिल्लाका कालिन्चोक गाउँपालिका वडा न ५ का ९५ परिवारलाई राहत सामाग्री वितरण गरेको छ । प्राज्ञिक विद्यार्थी परिषद नेपाल र विपद व्यवस्थापन समिति दोलखाको समन्वयमा भाद्र २० गते आइतबार सम्पन्न उक्त राहत सामग्री वितरण कार्यक्रममा प्राज्ञिक विद्यार्थी परिषद नेपालका राष्ट्रिय संगठन सचिव नारायण प्रसाद ढकाल, दोलखा जिल्लाका प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरे, कालिन्चोक गाउँपालिका अध्यक्ष विनकुमार थामी,प्राज्ञिक विद्यार्थी परिषद नेपाल महासचिव छितराज न्याैपाने, विद्यार्थी परिषद नेपाल बाग्मती प्रदेश सह सचिव प्रतीक्षा गिरी, त्रिभुवन विश्वविद्यालय इकाई सदस्य सुशीला पौडेल, हिन्दू स्वयंसेवक संघ नेपालका जिल्ला कार्यवाह शिव के सी प्राज्ञिक विद्यार्थी परिषद नेपाल भीमेश्वर नगर सचिव लक्ष्मी श्रेष्ठ ,स्थानीय जनप्रतिनिधि,स्थानीय वासी ,पत्रकार एवं सुरक्षा निकाएको उल्लेख्य उपस्थिति रहेको थियो ।

राहत सामग्रीहरू विद्यार्थी परिषद्का राष्ट्रिय संगठन सचिव नारायण प्रसाद ढकाल, महासचिव छितराज न्याैपाने, प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरे,प्रदेश सह सचिव प्रतीक्षा गिरीले पालिका अध्यक्ष बिनकुमार थानी र स्थानीय व्यक्तिहरूलाई हस्तान्तरण एवं वितरण गरेका थिए । विद्यार्थी परिषद् भिमेश्वर नगर सचिव लक्ष्मी श्रेष्ठले सञ्चालन गरेको उक्त कार्यक्रममा विद्यार्थी परिषद्का संगठन सचिव नारायण प्रसाद ढकालले सामग्रीकाे विवरण प्रस्तुत गर्दै विग साइज डेन्ट ३० थान फ्यामिलि टेन्ट ६५ थान स्लिपिङ म्याट ५९५ थान र प्लास्टिक सिड्स १५ थान गरी ७० लाख बराबरको सामग्री वितरण गरिएकाे जानकारी दिनुभयाे र सामग्री उपलब्ध गराइदिएकाेमा पालिका अध्यक्ष बिनकुमार थामीले प्राज्ञिक विद्यार्थी परिषद् नेपाल र भारत सरकारलाई धन्यवाद ज्ञापन गरे ।

वडा नं ५ मा आवश्यक राहत सामग्री सहित गाउँघरमा सामान्यतया बढी प्रयोग गरिने औसधी वितरण गरिएको थियो । प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेले विपदकावेला स्थानीय वासीको साथमा आफुहरूरहेको र यस्तो विपदलाई सबै मिलेर सामना गर्नुपर्ने बताउदै यो मानवीय कार्य गर्ने प्राज्ञिक विद्यार्थी परिषदललाई धन्यवाद व्यक्त गरेका थिए । उक्त राहत सामग्री भारतीय जनता र सरकारले प्राज्ञिक विद्यार्थी परिषद नेपाललाई बाढी पहिरो प्रभावित परिवारलाई वितरण गर्नका लागि उपलब्ध गराएको रदोलखा, गोरखा, धादिङ, रसुवा पछी अबको केही दिनमा सिन्धुपाल्चोक र मनाङ जिल्लामा वितरण गर्ने योजना समेत रहेको परिषदका राष्ट्रिय महासचिव छितराज न्यौपानेले जानकारी दिए ।

Ad

सम्बन्धित समाचारहरु

इजरायल जानेको भाषा परीक्षा आजदेखि

इजरायल जानेको भाषा परीक्षा आजदेखि

काठमाडौं । इजरायल रोजगारीमा जान चाहनेको अंग्रेजी भाषा परीक्षा आज (सोमबार)बाट सुरु हुने भएको छ । इजरायल जान ९ हजारभन्दा बढीले आवेदन दिएकोमा करिब २ हजारको आवेदन अस्वीकृत भएको छ ।

आँधीमा परेर अमेरिकामा एकै परीवारका ३ नेपालीको मृत्यु

काठमाडौं । अमेरिकामा आएको आँधी र वर्षाका कारण एकै परीवारका ३ जना नेपालीको मृत्यु भएको छ । न्यूयोर्कमा आएको ‘आइडा’ नामक आँधीमा परेर उनीहरुको ज्यान गएको युनाइटेड शेर्पा एशोसिएसन यूएसले जनाएको छ ।

Ad

प्रतिक्रिया दिनुहोस