Namaste Icon
Ad
Ad

अकबरे खुर्सानीबाट मनग्ये आम्दानी गर्दै अर्घाखाँचीका नारायण अधिकारी

अकबरे खुर्सानीबाट मनग्ये आम्दानी गर्दै अर्घाखाँचीका नारायण अधिकारी

माधव खनाल, अर्घाखाँची । जिल्लाको छ्त्रदेबका युवा नारायण अधिकारीले अहिले कृषि कार्यलाई महत्त्व दिंदै ५ महिना पहिले स्थानीय जातको खुर्सानीको खेति गर्न शुरु गरेका थिए । अन्य खेती गर्दा बाँदर र बंदेलको समस्या रहेको तर खुर्सानी खेतिमा यो समस्या नरहेकोले आफू खुर्सानी खेती तर्फ आकर्षित भएको उनले बताए । उनले घर नजिकै रहेको करीब १० रोपनी जग्गा भाडामा लिएर लगभग ४ हजार भन्दा धेरै डल्ले खुर्सानी (लोकल अकबरे) को विरुवा रोपेका थिए । हाल आएर उत्पादन शुरु भएकोमा आफू अत्यन्तै खुशी भएको उनले बताए । गरे हुँदो रहेछ भन्ने कुरा प्रमाणित भएको देखिन्छ । मासिक आम्दानि राम्रो भएको उनको भनाइ छ ।

आफूले खुर्सानी खेती गर्दा प्राविधिक ज्ञानको अभावमा सुरुमा केही समस्याहरु झेल्नुपरेको गुनासो सुनाउँदै सम्बन्धित निकायबाट कुनै पनि किसिमको प्राविधिक सहयोग नपाएको, आफ्नै मेहनतमा युट्युब तथा गुगलबाट खोजेर आइपर्ने विभिन्न समस्याहरु समाधान गरेको बताए । करीब १ लाख ५० हजार लगानी लागाई सकेको र सरकारी अनुदान कत्ति पनि नलिई विशुद्ध आफ्नै लगानीमा व्यावसाय शुरु गरेको उनले बताएका छन्। अहिले उत्पादन देख्दा आफू खुशी भएको तर बजार नपाउने हो कि भन्ने चिन्ता पनि उत्तिकै रहेकोले स्थानीय सरकारले वा कृषिसँग सम्बन्धित निकायहरुलाई बाजो जग्गाको व्यवस्थापन गरिदिन समेत उनले आग्रह गरे ।


उनले भने, ‘म जस्तै धेरै युवाहरु परिवारलाई छडेर विदेशिनु भन्दा, आफ्नै घरको जमिन बाँझो राख्नु भन्दा, यस्तै गरि विभिन्न प्रकारका कृषिकार्यहरु गरेको खण्डमा आफू स्वरोजगार हुने र राम्रो आम्दानी गर्न सकिन्छ ।’ यसका लागि आफ्नो नजिकैको स्थानीय सरकारले गर्ने शाहस र आँट भएका जोसुकै कृषकलाई सहयोग गर्नुपर्ने उनको भनाइ रहेको निरु आचार्य (नवरश्मिले) बाताइन ।

Ad

सम्बन्धित समाचारहरु

उदयपुरमा खुल्यो ३ करोड लगानीमा कर्मदीप पशु तथा कृषि फार्म, कृषि कलेज बनाउने उद्देश्य

काठमाडौं । उदयपुर जिल्ला अदालतमा वहस पैरवीको काम गरिरहेका दिपक बस्नेतले २०७४ सालमा कृषिमा हात हाले । आफ्नै माटोमा केहि गर्नुपर्छ भन्ने मान्यताले बस्नेतले कृषि हात हालेको बताए । उनले उदयपुर जिल्लाको त्रियुगा नगरपालिका वाड नम्बर २ को मथियाईमा रहेको ४ विघाहा जग्गामा कर्मदीप पशु तथा कृषि फार्म सञ्चालनमा ल्याए । सो फार्ममा माछा, लोकल कुखुरा , बोइलर कुखुरा, बंगुर, बट्टाई, गाई, राँगा, बाख्रा, सिजन अनुसारको तरकारी तथा फल–फूल पनि पाईने एकिकृत कृषि फर्म सञ्चालन गरिरहेका बस्नेतले जानकारी दिए । उनको फार्ममा उन्नत जातको घाँस पनि खेती गरिएको छ । ​उनका अनुसार ३ करोड लगानीमा सञ्चालन गरेको सो फार्ममा प्रत्यक्ष र अप्रत्यक्ष गरी १५ जना भन्दाले रोजगारी पाएका छन । फार्मले त्रियुगा नगरपालिका मात्र होइन पुरै उदयपुर जिल्ला तथा यस जिल्लाको सिमानामा रहेका खोटाङ्ग भोजपुर ओखलढु्ङ्गा सिराहा, सप्तरी, सुनसरी, सोलुखुम्बु लगाएतका जिल्लाहरुका मानिसलाई समेत सेवा दिइरहेको व्यवसायी बस्नेतले बताए ।

४१ विश्व खाद्य दिवस : स्वस्थ्य मानिसका लागि स्वच्छ खाद्यान्नको आवश्यकता

काठमाडाैं । कृषि तथा पशुपक्षी विकास मन्त्रालयका (पशुपक्षी तर्फका) सचिव डा. गोविन्द शर्माले मुलुक निर्माणका लागि स्वस्थ्य मानिसका लागि स्वच्छ खाद्यान्नको आवश्यकता रहेको बताए । नेपालमा मनाईने महिनाव्यापी ४१ औ विश्व खाद्य दिवसको आज भएको भर्चुअल उद्घाटन कार्यक्रममा बोल्दै उनले सो कुरा बताएका हुन । उनले स्वस्थ्य खानाका लागी कृषिलाई प्राथमिकतामा राख्नुपर्नेे कुरामा जोड दिँदै भने, 'विभिन्न कारणले कृषिबाट पलायन भएका युवा जनशक्तिलाई पुनः कृषिमा फर्काउनुपर्ने खालका कार्यक्रमहरु ल्याउनुपर्छ ।’

Ad

प्रतिक्रिया दिनुहोस