Namaste Icon

'एमसीसी कार्यान्वयन गरौं ! युवा देशमा बसे र समृद्धि भए नै राष्ट्रियता बच्नेछ भन्ने बुझौं ’ : बाबुराम भट्टराई

'एमसीसी कार्यान्वयन गरौं ! युवा देशमा बसे र समृद्धि भए नै राष्ट्रियता बच्नेछ भन्ने बुझौं ’ : बाबुराम भट्टराई

काठमाडौं । जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा बाबुराम भट्टराईले अमेरिकी सहयोग निकाय मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) पारित गर्नुपर्ने बताएका छन । उनले सामाजिक सञ्जालमार्फत नेपाल र अमेरिका सरकारबीच चिठी आदानप्रदानसहित एमसीसी कार्यान्वयन बताएका हुन ।

एमसीसीको विषयमा पक्ष र विपक्षमा बहस भइरहेका बेला भट्टराईले आफ्नो धारणा राखेका छन । उनले ट्वीट गरेका छन– ‘अमेरिकासँग चिठी आदानप्रदान सहित एमसीसी कार्यान्वयन गरौं ! युवा देशमा बसे र समृद्धि भए नै राष्ट्रियता बच्नेछ भन्ने बुझौं !’

भट्टराईले भारतलाई असल छिमेकी बनाउनुपर्ने र चीनसँग बेल्ट एन्ड रोड इनिसियटिभ (बीआरआई) कार्यान्वयनमा जोड दिनुपर्ने धारणा पनि राखेका छन । उनले भनेका छन, ‘उच्चस्तरीय राजनीतिक, कुटनीतिक वार्तामार्फत भारतसँगका सबै विवाद हल गरी असल छिमेकी बनौं । चीनसँगका बीआरआई, पारवहन लगायत सम्झौता कार्यान्वयन गरौं ।’

Ad

सम्बन्धित समाचारहरु

एमाले ललितपुरका पूर्वउपाध्यक्ष नै एकीकृत समाजवादीमा प्रवेश

ललितपुर । एमाले ललितपुरका पूर्वउपाध्यक्ष एकीकृत समाजवादीमा प्रवेश गरेका छन् । समाजवादीका केन्द्रीय सदस्य तथा ललितपुर सहइञ्चार्ज अमृतनाथ तिमल्सिनाका अनुसार बिहीबार बिहान एकीकृत समाजवादीको केन्द्रीय कार्यालयमा पार्टी अध्यक्ष माधवकुमार नेपालले सिलवाललाई टीका लगाएर पार्टी प्रवेश गराएका हुन् ।

अब यस्ताे हुनेछ, राष्ट्रियसभाकाे अंकगणित(सूचीसहित)

काठमाडौं । राष्ट्रियसभामा २० फागुनबाट २० सांसदको पदावधि सकिदैछ । एक पद राष्ट्रपतिबाट मनोनित हुने भएकाले १९ पदका लागि निर्वाचन भइसकेको छ । १२ माघमा निर्वाचित भएका राष्ट्रियसभा सदस्यसको सपथ २० फागुनपछि हुनेछ । त्यसपछि राष्ट्रियसभाको अंकगणित फरक हुनेछ । हाल राष्ट्रियसभामा एमालेका अध्यक्षबाहेक २४ सांसद छन्। १२ माघको चुनावमा एमालेले ८ मध्ये ७ सदस्य गुमाउने गरी पराजय व्यहोरेको छ । अब उसको १७ सिट रहनेछ ।

Ad

प्रतिक्रिया दिनुहोस