Namaste Icon
Ad
Ad

अफगानिस्तानमा तालिबानद्वारा अन्तरिम सरकार घोषणा, प्रधानमन्त्रीमा मुल्लाह हसन अखुन

अफगानिस्तानमा तालिबानद्वारा अन्तरिम सरकार घोषणा, प्रधानमन्त्रीमा मुल्लाह हसन अखुन

काबुल । तालिबानले मोहम्मद हसन अखुण्डको नेतृत्वमा अफगानिस्तानको अन्तरिम सरकार घोषणा गरेको छ । आज बेलुका मन्त्रिपरिषद्का केही मन्त्रीहरुको नाम सार्वजनिक गरिएको छ । अब्दुल घानी बरदार उपप्रधानमन्त्री, सिराजुद्दिन हक्कानी गृहमन्त्रीमा नियुक्त भएको तालिबान प्रवक्ता जाबिल्लाह मुजाहिदले काबुलमा पत्रकार सम्मेलन आयोजना गरि जानकारी दिएका छन् ।

मुल्लाह ओमारका छोरा मुल्लाह मोहम्मद याकुबलाई रक्षामन्त्री बनाइएको छ । तालिबान बाहेकका अन्य पक्षबाट पनि मन्त्रिपरिषद्मा समावेश गर्न व्यापक माग भैरहेपनि नयाँ क्याबिनेटमा अन्यको नाम समावेश गरिएको छैन । विदेशमन्त्रीमा मुल्लाह आमिर खान मुत्ताकी छन् । यो सरकारलाई कामचलाउ अर्थात अन्तरिम सरकार भनिएको छ । अगस्ट १५ मा काबुललाई नियन्त्रणमा लिएपछि पहिलोपटक तालिबानले सरकारको घोषणा गरेको हो ।

Ad

सम्बन्धित समाचारहरु

तालिबान सरकारभित्र विवाद चर्कियो

तालिबान सरकारभित्र विवाद चर्कियो

काठमाडौं । अफगानिस्तानमा तालिबानले गठन गरेको अन्तरिम सरकारमा विवाद देखिएको छ । राष्ट्रपति भवनमा तालिबानका सह-संस्थापक मुल्लाह गनी बरादर र खलील उर रहमानबीच भनाभन हुनुका साथै दुई जनाबीचको वादविवादपछि उनीहरूका समर्थक एकआपसमा भिडेका समाचार सार्बजनिक भएको छ ।

आज सरकार घोषणा गर्दै तालिबान

आज सरकार घोषणा गर्दै तालिबान

कावुल । अफगानिस्तानमा आज (शनिबार) तालिबानले नयाँ घोषणा गर्ने भएको छ । शुक्रबारै घोषणा गर्ने भनिए पनि तालिबानका शीर्ष नेताले स्थगन गरेका थिए । अब आफ्नो नेतृत्वको सरकार आज घोषणा गरिने तालिबानका प्रवक्ता जबिउल्लाह मुजाहिदले बताएका छन् । तालिबान स्रोतका अनुसार सरकारको नेतृत्व तालिबानका सहसंस्थापक एवं दोहास्थित राजनीतिक कार्यालयका प्रमुख मुल्ला अब्दुल गनी बरादरले गर्नेछन् । मुल्ला बरादरसँगै तालिबानका संस्थापक मुल्ला उमरका छोरा मुल्ला मोहम्मद याकुब र शेर मोहम्मद अब्बास स्टेनजकईले पनि सरकारमा महत्त्पूर्ण भूमिका पाउनेछन् ।

Ad

प्रतिक्रिया दिनुहोस