Namaste Icon
Ad
Ad

भिडियो मार्फत अक्षर सुधार गर्न सिकाउदै शिशिर अधिकारी (भिडियाेसहित)

भिडियो मार्फत अक्षर सुधार गर्न सिकाउदै शिशिर अधिकारी (भिडियाेसहित)
शिशिर अधिकारी, प्रिन्सिपल - अनिता मिलन इन्टरनेशनल एकेडेमी

काठमाडौं । झण्डै एक दशक विभिन्न विद्यालयमा कला शिक्षण गरेका शिशिर अधिकारीको काँधमा विद्यालय व्यवस्थापनको जिम्मेवारी आएपछि कला सिकाउन पाएका थिएनन । पछिल्लो समय प्रविधिको प्रयोग बढेसँगै सामाजिक सञ्जालमा व्यस्त रहनेको संख्या निकै बढ्यो जसका कारण शिशिर अधिकारीले आफ्नो कला शिक्षणलाई आधारभुत तह देखि सुरु गर्ने मौका पाएका छन । ललितकला क्याम्पसबाट स्नातक सकेर दशक लामो समय कला शिक्षण गरेका अधिकारीले Art and writing  युट्युब च्यानल मार्फत अक्षर सुधार गर्न सिकाईरहेका छन । उनले समयको माग अनुसार युट्युबमार्फत सिकाउन लागेका बताए । उनले भने, ‘ज्ञान र सीपलाई आफूमा सिमित नगरी धेरैमा वाँड्नु सबैको लागि लाभकारी हुने ठानी अहिले सबैका ‘महागुरु’को रुपमा रहेको र जोसुकैको पनि पहुँचमा हुनसक्ने भएकाले युट्युब मार्फत सीप पस्कने जमर्को गरेको हुँ ।’

विशेषगरी विद्यार्थी लक्षित उक्त भिडियोमार्फत ईच्छुक सबैले लाभ लिन सक्ने उनले बताए । उनले भने, ‘देशमा लाखौं विद्यार्थी छन् । मेहेनत नगर्ने वानी र तरिका आभावले अहिले धेरै विद्यार्थीहरूको अक्षर राम्रो नहुने समस्या छ । त्यसैले हाललाई अक्षर सुधारका भिडियोहरु राखिएका छन् ।’ धेरै विद्यार्थीहरू तरिकाको अभावमा चाहेर पनि सजिलै अक्षर सुधार गर्न सकिरहेको अवस्था नभएकोले उत्कृष्ट तरिकाहरु सिकाईएको उनले बताए । उनले भने, ‘त्यस्तै विद्यार्थीहरुले कलात्मक लेखन जान्दा त झन् सुनमा सुगन्ध हुने हुँदा कलात्मक लेखन पनि सिकाईएको छ । पछी विस्तारै चित्रकला सिक्नका लागि पनि भिडियोहरू राखिनेछन् र दर्शकको रोजाई अनुसारको भिडियो बनाईनेछ ।’ अधिकारीले जान्दै नजान्ने र शुरूवात गर्न खोज्नेहरुलाई लक्षित गरिने बताए ।

अरुभन्दा फरक के छ ?
खोजी गर्नेहरुको लागि असंख्य भिडियोहरू युट्युबमा छन् तर नेपाली विद्यार्थीहरू लाई लक्षित गरी नेपाली भाषा प्रयोगगरी सिकाईएका भिडियो निकै कम छन् । यसर्थ नेपाली विद्यार्थीको लागि अति उपयोगि हुनेछ ।


यसरि सामाजिक सञ्जालमार्फत आउन तपाईलाई के ले उत्प्रेरित गर्यो ?
मैले पढाएका कतिपय विद्यार्थीहरु जसले पढाइ सकिसकेका छन, उनीहरुले नै उत्प्रेरित गरेकाे भन्नु पर्छ । अहिले उनीहरु पढाई सके पनि विगतमा मैले पढाएको कुरालाई सझिने रहेछन । उनीहरु ले नै मलाई सामाजिक सञ्जालबाट पाढाउन सुझाव दिएका हुन । अनि आफैंले पनि विचार गरे सोसल मिडियाबाट पढाउदा नयाँ नयाँ बालबालिकाहरुले पनि जान्न पाउछन साँथै, जसले जतिवेला मन लाग्यो त्यति वेला हेर्न र सिक्न पाउछ भन्ने लागेर नै सुरु गरेको हुँ ।

(शिशिर अधिकारी अनिता मिलन इन्टरनेशनल एकेडेमीका प्रिन्सिपल हुन)

 

 

 

याे पनि बालबालिकाका असल साथी उत्प्रेरणाका खानी शिशिर सर, अब्बल कलाकार पनि

 

 

 

 

Ad

सम्बन्धित समाचारहरु

काठमाडौंमा खुल्यो जुकोट दरबार रेस्टुरेन्ट, बाजुराको जुकोटमा उत्पादित खाद्यान्नको परिकार पाइने

केशर विश्वकर्मा, काठमाडौं ।  स्वामीकात्तिक खापर गाउँपालिका साविकको जुकोट ३ बाजुरा जिल्लाका तीन दाजुभाइको लगानीमा काठमाडौमा सचालन भइरहेको छ जुकोट दरबार रेस्टुरेन्ट । ती उधमशील दाजुभाइ हुन् जेठो सरोजबहादुर शाही, माइलो अमृतबहादुर शाही र कान्छो सविनबहादुर शाही । झण्डै एक दशकदेखि निरन्तर संघर्ष गर्दै आएका उनिहरुले विगत दश महिनायता करोडाैंको हाराहारीमा लगानी गरेर काठमाडौंको दरबारमार्गस्थित घणटघर नजिकै बाजुरा जिल्लाको प्रसिद्ध ठाउँको नामबाट जुकोट दरबार रेस्टुरेन्ट संचालन गरिरहेका छन् । तीन दाजुभाइमध्य सरोजबहादुर शाही र अमृतबहादुर शाही निरंतर रूपमा सोही रेस्टुरेन्ट सचालनमा छन भने कान्छो भाई सविनबहादुर शाही भने स्टुडेन्ट भिसामा जापानमा छन । अझ ऐतिहाँसिक पाटो भनेको के छ भने उनीहरुले संचालन गरिरहेको जुकोट दरबार रेस्टुरेन्टको भवन एक सय वर्ष पुरानो हो । तर झट्ट हेर्दा सय वर्ष नाघेको जस्तो देखिदैँन । अर्को पाटो यति धेरै लगानी भएको रेस्टुरेन्टमा तीन भाइको लगानी बाहेक अरु कसैको पनि शेयर छैन ।

२० वर्ष पहिले आजकै दिन भएको त्याे भयानक हमला

२० वर्ष पहिले आजकै दिन भएको त्याे भयानक हमला

वासिङटन । २० वर्ष पहिले, सेम्पटेम्बर ११, मंगलबारका दिन बिहानको ७ बजेर ५९ मिनेट जाँदा अमेरिकाको बोस्टोनबाट दुईवटा र वाशिङटनबाट उडेका दुईवटा गरि चारैवटा विमान अलकाइदाद्वारा अपहरण गरिएको थियो । यसपछि ८ बजेर ४६ मिनेटमा अपहरणकारीले अमेरिकी एयरलाइनलाई वल्र्ड ट्रेड सेन्टरमा लगेर ठोक्काए । ९ बजेर ३ मिनेट जाँदा युनाइटेड एयरलाइन्स फ्लाइट १७५ वल्र्ड ट्रेड सेन्टरको दक्षिणतर्फको टावरमा दुर्घटनाग्रस्त भयो ।

Ad

प्रतिक्रिया दिनुहोस