Namaste Icon
Ad
Ad

महिला फुटबल मैत्रीपूर्ण खेल : नेपालसँग बंगलादेश पराजित

महिला फुटबल  मैत्रीपूर्ण खेल : नेपालसँग बंगलादेश पराजित

काठमाडौं । दुई खेलाडीले राष्ट्रिय टिममा डेब्यु गर्दै गाेल समेत गरेपछि नेपालकाे महिला राष्ट्रिय फुटबल टिमले बंगलादेशलाई पहिलाे मैत्रीपूर्ण खेलमा २-१ पराजित गरेकाे छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा महिला सिनियर टिमका लागि सबिता राना मगर र प्रिती राईले डेब्यु खेलमै गाेल गरे । सात नयाँ अनुहार समेट्दै टिम बनाएका प्रशिक्षक ग्यारी फिलिप्सले बंगलादेशविरुद्धको बिहीबारको खेलमा ४ खेलाडीलाई डेब्यु गराएका थिए ।

घरेलु मैदान र दर्शककाे अगाडि नेपालले २३ मिनेटभित्र नै दुई गाेल गरेकाे थियाे । टिमका मुख्य स्ट्राइकर सावित्रा भण्डारी चाेटका कारण मैदान बाहिर रहेकाेले सबिता रानाले अग्रपंतिमा पहिलाे राेजाइमा खेलेकी थिइन् । सबितासंगै १६ वर्षीय प्रितीले पनि अग्रपंतिमै खेलेकी थिइन् । खेलकाे १४ औं मिनेटमा डेब्युटान्ट सबिता रानाले विमला चाैधरीकाे पासमा गाेल गर्दै नेपाललाई अग्रता दिलाइन् । विमलाले उपलब्ध गराएकाे क्रसमा सबिताले पेनाल्टी एरिया भित्रबाट हेडर गाेल गरिन् ।

२३ औं मिनेटमा अर्का डेब्युटान्ट प्रिती राईले सरु लिम्बुकाे पासमा गाेल गर्दै नेपालकाे अग्रता दाेब्बर पारिन् । सरुले मैदानकाे मध्यभाग नजिकबाट उपलब्ध गराएकाे पासमा प्रितीले अफसाइड ट्रयाप बिट गर्दै गाेल गरेकी हुन् ।दाेस्राे हाफमा नेपालले सुरुमै गाेल गर्ने अवसर गुमायाे । ४९ औं मिनेटमा सरु लिम्बुकाे पासमा प्रिती राईले पेनाल्टी एरियाभित्रबाट गरेकाे प्रहार बंगलादेशी गाेलकिपर रुपना चक्माले बचाइन् । दाेसाे हाफमा नेपाली खेलाडीमा फिटनेसमा समस्या देखियाे । नेपालले फिनिसिङमा राम्राे गर्न सकेन । बंगलादेशका लागि ताेहुरा खातुनले ८३ औं मिनेटमा सान्त्वना गाेल गरिन् । नेपालका लागि सिर्जना सिंहले ८१ औं मिनेटमा र रश्मी कुमारी घिसिङ ८६ औं मिनेटमा मैदान प्रवेश गरेर खेलमा डेब्यु गरे । नेपाल र बंगलादेशबीच दाेस्राे मैत्रीपूर्ण खेल आइतबार हुनेछ ।

 

Ad

सम्बन्धित समाचारहरु

आईपीएलका बाँकी खेल आजदेखि

आईपीएलका बाँकी खेल आजदेखि

काठमाडाैं । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको बाँकी खेल आजदेखि सुरु हुँदैछ । कोरोना सङ्क्रमण जोखिमका कारण स्थगित भएको खेल यूएईमा आजदेखि सुरु लागेको हो । आईपीएलमा ३१ खेल बाँकी छन् । आजको खेलमा बेलुका पौने आठ बजे चेन्नई सुपर किङ्ग्स र मुम्बई इन्डियन्स खेल्दैछन् ।

एएफसी वुमेन्स एसियाकप छनोट खेलमा नेपाल–फिलिपिन्स भिड्दै

काठमाडाैं । एएफसी वुमेन्स एसियाकप छनोट खेलमा आज शनिबार नेपालले फिलिपिन्सको सामना गर्दैछ । उज्बेकिस्तानको तास्केन्टमा हुने खेल नेपाली समयअनुसार दिउँसो तीन बजेर ४५ मिनेटमा सुरु हुनेछ । एएफसी वुमेन्स एसियाकप छनोटको समूह ‘एफ’ मा नेपाल र फिलिपिन्ससँगै हङकङ रहेका छन् ।

Ad

प्रतिक्रिया दिनुहोस