Namaste Icon

फोटोग्राफर एसाेसिएसन दाङले सीपमुलक फोटोग्राफी तालिम सञ्चालन गर्ने, प्रशिक्षकमा योगेन्द्रजङ्ग बस्नेत

फोटोग्राफर एसाेसिएसन दाङले सीपमुलक फोटोग्राफी तालिम सञ्चालन गर्ने,  प्रशिक्षकमा योगेन्द्रजङ्ग बस्नेत

काठमाडौं । जिल्ला फोटोग्राफर एसाेसिएसन दाङले जिल्लामा रहेका फोटोग्राफर हरुलाई व्यवसायीकरूपमा बलियो बनाउन १ दिने सीपमुलक फोटोग्राफी तालिम दिने भएको छ । असोज १६ गते शनिबार पारेर संघले तालिम सञ्चालन गर्न लागेको हो । फोटोग्राफी तालिममा सहभागी हुन जिल्ला फोटोग्राफर संघका निर्बतमान अध्यक्ष वसन्त जोशीले सवैलाई अनुरोध गरे ।

कार्यक्रमबाट धेरै फोटोग्राफरहरु लाई लाभ मिल्ने कार्यक्रमक संयोजक तथा फोटोव्यवसायी दुर्गा प्रसाद चौधरीले बताए । फाटोग्राफी क्षेत्रको अग्रणी संस्था फोटो पसलको सहकार्यमा हुन गईरहेको फोटोग्राफी कक्षामा वरिष्ठ फोटोग्राफर योगेन्द्रजङ्ग बस्नेत प्रशिक्षकको रूपमा रहने फोटोपसलका प्रवन्ध निर्देशक तथा फोटोग्राफर बिक्रम न्यौपानेले बताए । उनले भने, ‘पेशागत हित नै सीप, क्षमता र भावनात्मक विकासले गराउछ, त्यसकारण कार्यक्रम मार्फत छरिएर रहेका फोटोग्राफरलाई समेत एककृत गरि वृहतर हितमा लाग्ने र नजानेको कुरा सिक्ने अबसर समेत मिल्ने छ ।’

दाङ जिल्ला फोटोग्राफर संघका अध्यक्ष गणेश दंगालले सबैको सीप विकासले नै फोटोग्रफरको उत्थान हुने हुनाले यस्ता कार्यक्रम गर्न गराउन लागिरहने बताए । अध्यक्ष दंगालले कार्यक्रमको बारेमा थप जानकारी तथा सल्लाह सुझावकोलागि संघमा वा संघका पदाधिकारीसँग सम्पर्क गर्न सबैलाई अपिल गरे । दाङ जिल्ला फोटोग्राफर संघ व्यवसायीको हितमा अग्रसरता देखाउने तथा फोटो पसल टिमलाई उनले धन्यवाद दिए ।

Ad

सम्बन्धित समाचारहरु

तीन दशकको अनुभव बटुलेका टेक्नेसियन हरि पाण्डेले खोले फोटो प्रिन्ट नेपाल

काठमाडौं । विगत लामो समयदेखि फोटो प्रिन्टको क्षेत्रमा काम गरेका हरि पाण्डेले फोटो प्रिन्ट नेपाल सञ्चालनमा ल्याएका छन् । एक कार्यक्रमकाबीच सो ल्याव स्टुडियोको फोटो प्रिन्ट नेपालका सञ्चालक हरि पाण्डे, बरिष्ठ फोटोग्राफर योगेन्द्रजंग बस्नेत, काठमाडौं फोटोग्रफर संघका अध्यक्ष दीगम्बर राजवंशी, संघका पूर्व अध्यक्ष मोती वोगटी, फोटो पसलका प्रबन्ध निर्देशक विक्रम न्यौपाने लगायतको उपस्थितिमा उद्घाटन गरिएको हो । नयाँबानेश्वर मिनभवनस्थित सञ्चालनमा आएको फोटो प्रिन्ट नेपालले उच्च स्तरीय फोटो प्रिन्टको काम गर्ने फोटो ल्याव टेक्नेसियन तथा फोटो प्रिन्ट नेपालका सञ्चालक पाण्डेले जानकारी दिए ।

बिरामीलाई स्वास्थ्य संस्था लगिँदै

बिरामीलाई  स्वास्थ्य संस्था लगिँदै

आठबीसकोट नगरपालिका च्यामिरकोट रुकुम पश्चिमबाट बिरामीलाई ४ घण्टा बोकेर जाजरकोट भेरी नगरपालिका–१ स्थित रिम्ना मेडिकलमा उपचारका लागि ल्याइँदै गरेका बिरामी । गाउँमा स्वास्थ्य संस्था नहुँदा बोकेर टाढाको स्वास्थ्य चौकीमा उपचकारका लागि लानुपरेको छ । तस्वीर : हेमन्त केसी/रासस

Ad

प्रतिक्रिया दिनुहोस