Namaste Icon
Ad
Ad

अनि मेसीले आँसु थाम्न सकेनन्

अनि मेसीले आँसु थाम्न सकेनन्

एजेन्सी । अर्जेन्टिनाका महान् खेलाडी लियोनल मेसीले बिहीवार विश्वकप छनोट खेलमा ह्याटट्रिक गरेर ब्राजिलका पेलेको कीर्तिमान तोडेका छन् । बोलिभियाविरुद्धको खेलमा उनले तीन गोल गरेका हुन् । अर्जेन्टिनाले खेल ३–० ले जितेको हो । त्यसक्रममा उनले पेलेको ७७ गोलको रेकर्ड तोडेका हुन् । मेसीको नाममा ७९ अन्तर्राष्ट्रिय गोल छ । पेलेको रेकर्ड तोडेपछि मेसीले आँसु थाम्न सकेनन् ।

ब्युनस आयर्समा २० हजार घरेलु समर्थकका अगाडि ६ पटकका बालोन डीओर विजेता मेसीले १४औं मिनेटमा गोल गरेर पेलेको बराबरी गरेका थिए । त्यसपछि ६४औं मिनेटमा उनले बोलिभियाली डिफेन्सलाई छक्याउँदै गोल गरे । अनि खेल सकिनुभन्दा दुई मिनेटअघि उनले ह्याटट्रिक पूरा गरे ।

 

Ad

सम्बन्धित समाचारहरु

आईपीएलका बाँकी खेल आजदेखि

आईपीएलका बाँकी खेल आजदेखि

काठमाडाैं । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको बाँकी खेल आजदेखि सुरु हुँदैछ । कोरोना सङ्क्रमण जोखिमका कारण स्थगित भएको खेल यूएईमा आजदेखि सुरु लागेको हो । आईपीएलमा ३१ खेल बाँकी छन् । आजको खेलमा बेलुका पौने आठ बजे चेन्नई सुपर किङ्ग्स र मुम्बई इन्डियन्स खेल्दैछन् ।

एएफसी वुमेन्स एसियाकप छनोट खेलमा नेपाल–फिलिपिन्स भिड्दै

काठमाडाैं । एएफसी वुमेन्स एसियाकप छनोट खेलमा आज शनिबार नेपालले फिलिपिन्सको सामना गर्दैछ । उज्बेकिस्तानको तास्केन्टमा हुने खेल नेपाली समयअनुसार दिउँसो तीन बजेर ४५ मिनेटमा सुरु हुनेछ । एएफसी वुमेन्स एसियाकप छनोटको समूह ‘एफ’ मा नेपाल र फिलिपिन्ससँगै हङकङ रहेका छन् ।

Ad

प्रतिक्रिया दिनुहोस