Namaste Icon
Ad
Ad

'यी हुन् मैले पेश गरेका प्रतिस्थापन विधेयकका विशेषता'

'यी हुन् मैले पेश गरेका प्रतिस्थापन विधेयकका विशेषता'

काठमाडाैं । अर्थमन्त्री जनार्दन शर्माले आफूले प्रस्तुत गरेका १२ वटा विशेषता रहेको बताएका छन् । सामाजिक सञ्जाल फेसबुकपेजमार्फत उनले आज संसदमा प्रस्तुत बजेटका १२ विषेसता रहेको सार्वजनिक गरेका हुन् । जुन यसप्रकार छन् :

१. वित्तीय अनुशासन पालना गरी बजेट बनाउने युगकोे शुरुवात
२ कोभिड १९ बाट रोजगारी गुमाएका अति विपन्न पाँच लाख परिवारलाई एक पटकका लागि १० हजारका दरले नगद राहत उपलब्ध गराइने
३. सरकारी निकायमा विभिन्न किसिमका भत्तामा १०% कटाैती, त्यसबाट बचेकाे रु. ५ अर्ब काेभिड खाेप खरिदमा लगाइने
४. मृगौला प्रत्यारोपण गरेका, क्यान्सर पीडित र मेरुदण्ड पक्षघातका विरामीलाई औषधि खर्च वापत मासिक ५ हजार दिइने
५. जनयुद्ध, जनआन्दोलन, मधेश आन्दोलनलगायत राजनैतिक आन्दोलनका शहीद परिवारलाई मासिक ३ हजार जीवन वृत्ति भत्ता दिइने
६. कोभिड १९ प्रभावित उद्योग व्यवसायलाई आकर्षक छुट
७. कृषि तथा बीमाकाे प्रिमियममा ८०% अनुदान दिइने
८. आयात प्रतिस्थापन र निर्यात प्रवद्र्धन हुने खालको नीति
९. हरेक प्रदेशमा कक्षा १२ सम्मका विद्यार्थीहरुको लागि ‘पढ्दै कमाउदै’ कार्यक्रम नमुनाकाे रुपमा सुरु गरिने
१०. पहिलो पटक अनलाईन मिडियाहरुलाई लोक कल्याणकारी विज्ञापन उपलब्ध गराउन शुरु गरिँदै
११. शिक्षक अस्पताल निर्माणको प्रक्रिया सुरु गरिने
१२. सहकारी संस्थाहरुले भगिनी कम्पनी खाेलेर उत्पादनमूलक क्षेत्रमा लगानी गर्न पाउनेगरी कानूनी प्रवन्ध मिलाइने लगायत........

 

Ad

सम्बन्धित समाचारहरु

नेपाली सामाग्री विश्व बजारमा पुर्याउने अभियानको सुरु

काठमाडौं । किनबेच विजनेस डटकमले डिजिटल प्ल्याटफर्ममार्फत नेपाली सामाग्रीहरुलाई विश्वबजारमा पुर्याउने अभियानको शुभारम्भ गरेको छ । आज (शनिबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलनको आयेजना गरेर किनबेच विजेनस डटकमको औपचारिक उद्घाटन गरिएको हो । उक्त प्ल्याटफर्मले ‘एक घर, एक उद्योग’ मिशनका साथ नेपाली युवाहरुलाई रोजगरी तथा विजनेस गर्न प्रेरित गर्नुको साथै मार्गदर्शनसमेत दिने भएको कम्पनीका सिइओ विश्वास बडुले जानकारी दिए । उनकाअनुसार प्रत्येक दिन पन्ध्र सयभन्दा बढिको संख्यामा विदेशिन बाध्य भएका युवाहरुलाई नेपालमै उद्योग सञ्चालन गर्न प्रेरित गर्ने कम्पनीले लक्ष्य बोकेको छ । उक्त प्ल्याटफर्ममार्फत प्रत्येक नेपालीको आयस्रोतमा वृद्धि हुने र नेपाल समृद्व हुनेपनि दाबी गरिएको छ ।

मेगा बैंकले मुद्दती तथा बचत खातामा उच्च ब्याजदर दिने

मेगा बैंकले मुद्दती तथा बचत खातामा उच्च ब्याजदर दिने

काठमाडौं । मेगा बैंक नेपाल लिमिटेडले मुद्दती तथा बचत खातामा उच्च ब्याजदर दिने भएको छ । नेपालीहरुको महान चाड दशैं नजिकिँदै गरेको सन्दर्भमा मेगा बैंकले ग्राहकहरुलाई ‘दशैंको बहार, मेगा बैंकको उत्कृष्ट ब्याजदरको उपहार’ नाराका साथ उच्च ब्याजदर योजना ल्याएको हो । ग्राहकहरुले मेगा बैंकको मुद्दती खातामा बार्षिक ९ दशमलव ५५ प्रतिशतसम्म ब्याज पाउने भएका छन् । यसैगरी, बचत खातामा ६ दशमलव ०५ प्रतिशतसम्म ब्याज पाउने भएका छन् । जुन अहिले वित्तीय बजारमा चलिरहेको सर्वाधिक ब्याजदर मध्येको एक हो ।

Ad

प्रतिक्रिया दिनुहोस