Namaste Icon
Ad
Ad

रोनाल्डो चम्किदा युनाइटेडको शानदार जित

रोनाल्डो चम्किदा  युनाइटेडको शानदार जित

काठमाडौं । डेब्यू खेलमा क्रिष्टियानो रोनाल्डो चम्किदा इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाइटेडले शानदार जित हात पारेको छ । शनिबार राति भएको खेलमा युनाइटेडले न्युकासल युनाइटेडलाई ४-१ गोल अन्तरले पराजित गरेको हो ।

घरेलु मैदानमा युनाइटेडलाई जित दिलाउन डेब्यु खेलाडी क्रिस्टियानो रोनाल्डोले दुई गोल गरे । यस्तै ब्रुनो फर्नान्डेज र जेसे लिंगार्डले एक एक गोल गरे । न्युकासलका जाभियर मानक्विइलोले एक गोल फर्काए । जितसँगै युनाइटेड तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । युनाइटेडले ४ खेलमा १० अंक जोडेको छ । न्युकासल १ अंक जोडेर १९औँ स्थानमा छ ।

Ad

सम्बन्धित समाचारहरु

आईपीएलका बाँकी खेल आजदेखि

आईपीएलका बाँकी खेल आजदेखि

काठमाडाैं । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको बाँकी खेल आजदेखि सुरु हुँदैछ । कोरोना सङ्क्रमण जोखिमका कारण स्थगित भएको खेल यूएईमा आजदेखि सुरु लागेको हो । आईपीएलमा ३१ खेल बाँकी छन् । आजको खेलमा बेलुका पौने आठ बजे चेन्नई सुपर किङ्ग्स र मुम्बई इन्डियन्स खेल्दैछन् ।

एएफसी वुमेन्स एसियाकप छनोट खेलमा नेपाल–फिलिपिन्स भिड्दै

काठमाडाैं । एएफसी वुमेन्स एसियाकप छनोट खेलमा आज शनिबार नेपालले फिलिपिन्सको सामना गर्दैछ । उज्बेकिस्तानको तास्केन्टमा हुने खेल नेपाली समयअनुसार दिउँसो तीन बजेर ४५ मिनेटमा सुरु हुनेछ । एएफसी वुमेन्स एसियाकप छनोटको समूह ‘एफ’ मा नेपाल र फिलिपिन्ससँगै हङकङ रहेका छन् ।

Ad

प्रतिक्रिया दिनुहोस