Namaste Icon
Ad
Ad

काठमाडौंमा खुल्यो जुकोट दरबार रेस्टुरेन्ट, बाजुराको जुकोटमा उत्पादित खाद्यान्नको परिकार पाइने

काठमाडौंमा खुल्यो जुकोट दरबार रेस्टुरेन्ट, बाजुराको जुकोटमा उत्पादित खाद्यान्नको परिकार पाइने

केशर विश्वकर्मा, काठमाडौं ।  स्वामीकात्तिक खापर गाउँपालिका साविकको जुकोट ३ बाजुरा जिल्लाका तीन दाजुभाइको लगानीमा काठमाडौमा सचालन भइरहेको छ जुकोट दरबार रेस्टुरेन्ट । ती उधमशील दाजुभाइ हुन् जेठो सरोजबहादुर शाही, माइलो अमृतबहादुर शाही र कान्छो सविनबहादुर शाही । झण्डै एक दशकदेखि निरन्तर संघर्ष गर्दै आएका उनिहरुले विगत दश महिनायता करोडाैंको हाराहारीमा लगानी गरेर काठमाडौंको दरबारमार्गस्थित घणटघर नजिकै बाजुरा जिल्लाको प्रसिद्ध ठाउँको नामबाट जुकोट दरबार रेस्टुरेन्ट संचालन गरिरहेका छन् । तीन दाजुभाइमध्य सरोजबहादुर शाही र अमृतबहादुर शाही निरंतर रूपमा सोही रेस्टुरेन्ट सचालनमा छन भने कान्छो भाई सविनबहादुर शाही भने स्टुडेन्ट भिसामा जापानमा छन । अझ ऐतिहाँसिक पाटो भनेको के छ भने उनीहरुले संचालन गरिरहेको जुकोट दरबार रेस्टुरेन्टको भवन एक सय वर्ष पुरानो हो । तर झट्ट हेर्दा सय वर्ष नाघेको जस्तो देखिदैँन । अर्को पाटो यति धेरै लगानी भएको रेस्टुरेन्टमा तीन भाइको लगानी बाहेक अरु कसैको पनि शेयर छैन ।

यी तीन दाजुभाईले रेस्टुरेन्ट खोलेर १२ जना युवायुवतीलाई रोजगारी पनि दिएका छन । यो रेस्टुरेन्टले प्याकेज सिस्टमद्वारा विभिन्न कार्यालयहरुमा डेलिभरी तथा अनलाइन डेलिभरीमार्फत सेवा दिईरहेको छ । निशुल्क पार्किङको पनि व्यवस्था छ । कोरोना कहरका कारण सारा व्यवसाय ठप्प भएकै बेला हिम्मतवाला यी दाजुभाइले रेस्टुरेन्टमा लगानी गरेका हुन । यो व्यवसाय बार्‍है महिना चलिरहने भएकोले यसै क्षेत्रमा आकर्षक भएको संचालक मध्यका अमृतबहादुर शाहीले बताए । कोभिड नाईन्टिनका कारण भएको लकडाउन आदिले ऋणको ब्याज र किस्ता तिर्न केही गार्‍हो भएको शाही बताउँछन् । सबैले कमाउने आशाले नै लगानी गर्छन । 'अन्य होटल तथा रेस्टुरेन्टमा उपलब्ध नहुने परिकार जुकोट दरबार रेस्टुरेन्टमा पाईन्छ । यस रेस्टुरेन्टमा बाजुरा जिल्लाको जुकोटमै उत्पादन भएको मार्सी धानको भात, कालो सिमी लगायत स्याउको अचार, सुकुटी पाईन्छ । यस्तै उत्पादनलाई प्राथमिकता दिएर अगाडी बढाएका छौँ' अमृतले दर्पण दैनिकसँग भने ।

यो सँगै कुनै पनि कार्यक्रम जस्तै जन्मोत्सव, पार्टी भोज आदिमा निकै आकर्षक प्याकेजको व्यवस्था छ । यदि त्यस्ता कार्यक्रममा २० हजार वा सोभन्दा माथीको बिल उठेमा एक हजार पाँच सय रुपैयाँ उनिहरुकै खातामा जम्मा गरिदिने व्यवस्था छ । यति धेरै लगानी गर्नुभएको छ कति समयपछि लगानी उठाउनु हुन्छ भन्ने दर्पण दैनिकको प्रश्नमा शाही भन्छन् यस्तो महामारीको अवस्था नभएको भए तीन वर्षमा उठाउने योजना थियो । अब याे अलि केहि समय लाग्ला । यस्तो समयमा सरकारले पनि सहयोग गर्न अनुरोध गरेका छन । आफुसँग सीप भए भौतारिँदै विदेश जानु नपर्नेमा उनी ढुक्क छन् । शाही भन्छन् 'नेपालमै केहि सीप सिक्यो भने कोहि पनि विदेश जानू पर्दैन । सरकारको सिस्टम वा पद्धति नबसेको उनको गुनासो छ । सरकारले राम्रो नीति बनाए लाखौं युवा बिदेशिन बाध्य नहुने भन्दै अस्थिर सरकारले गर्दा हामी जस्ता व्यवसाय गर्नेलाई समस्या परेको बताए । त्यसकारण आफ्नो योग्यता र क्षमता अनुसारको काम गर्मे वातावरण सरकारले मिलाउनु पर्छ । बिदेश नै नजाने भन्ने होइन । लगानीको लागि पनि बिदेश पनि जानुपर्छ ।' 

घरपरिवारबाट सहयोग नभए जुनकुनै व्यवसायमा पनि असफल हुने महसुस गर्दै पारिवारिक साथ सहयोग भयो भने सफल हुने उनी बताउँछन् । शाहीले स्याउ पाक्न पनि केही वर्ष लाग्ने उदाहरण दिदैँ फल पाक्न समय लाग्ने र फल पाकुन्जेल धैर्य धारणा गर्न सक्नुपर्नेमा जोड दिए । नेपालमा केही काम छैन भन्ने युवाहरूलाई लक्षित गर्दै युवाहरू हल्लेर बस्न नहुने र समय तार्गेट गरेर कुनै पनि क्षेत्रमा लगनशील, मेहनत निरंतरता र धैर्यताकासाथ अगाडी बढ्न उनी आग्रह गर्छन । पढेलेखेका मान्छेले पनि केही गर्न नसकेको भन्ने एक थरीले आरोप लगाउछँन नि भन्ने भनाईमा सहमत हुँदै उनी भन्छन 'कोहीकोही डिप्रेशन/फ्रस्टेशनमा गएर प्रगति नगरेको हुन सक्छ । हरेश खानु हुँदैन । हरेश खाने मान्छे असफल हुन्छ । त्यस्ता व्यक्तिले अलि केही संघर्ष गर्नुपर्छ ।' पछिल्लो पुस्ताको लागि केही गर्न जोड दिदैँ आआफ्नो क्षेत्रमा निरन्तरता दिन व्यवसायी अमृतबहादुरको सुझाव छ ।

अहिलेको अवस्थामा कृषि क्षेत्रमा अगाडी बढ्नु आवश्यक भएको महसुस गर्दै सरकारले तवरबाट पनि युव लक्षित नीति ल्याउन शाही आग्रह गर्छन । राज्य तथा सरकारको गतिविधिलाई नजिकबाट नियाल्दै अमृत भन्छन् 'यदि राम्रा नीति ल्याउने हो भने सबै युवाहरुले रोजगारी पाँउछन । त्यसले राज्यलाई पनि कर राम्रो आउँछ । करको दायरा बढ्नु भनेको राज्यकोषमा आर्थिक संकलन हुनु हो । यसले देश विकासमा टेवा पुर्‍याउँदछ । यसकारण पनि युवा लक्षित रोजगारीमुलक कार्यक्रम ल्याउन आवश्यक छ ।' राजनीतिप्रति पनि तदरुकताकासाथ चासो राख्ने व्यवसायी अमृतबहादुर शाही भन्छन् 'सरकार मात्रै परिवर्तन भए केही फरक पर्दैन तर नीति नै फरक भए व्यवसाय गर्ने सबैलाई असर पर्छ । संविधान अनुसार कुनै नीति कार्यान्वयन भएको छैन । पार्टीको नीति बनाउँछन तर राष्ट्रकाे नीति भएन । त्यसकारण अबको राजनीतिमा युवाको भुमिका महत्त्वपूर्ण हुन्छ ।'

Ad

सम्बन्धित समाचारहरु

२० वर्ष पहिले आजकै दिन भएको त्याे भयानक हमला

२० वर्ष पहिले आजकै दिन भएको त्याे भयानक हमला

वासिङटन । २० वर्ष पहिले, सेम्पटेम्बर ११, मंगलबारका दिन बिहानको ७ बजेर ५९ मिनेट जाँदा अमेरिकाको बोस्टोनबाट दुईवटा र वाशिङटनबाट उडेका दुईवटा गरि चारैवटा विमान अलकाइदाद्वारा अपहरण गरिएको थियो । यसपछि ८ बजेर ४६ मिनेटमा अपहरणकारीले अमेरिकी एयरलाइनलाई वल्र्ड ट्रेड सेन्टरमा लगेर ठोक्काए । ९ बजेर ३ मिनेट जाँदा युनाइटेड एयरलाइन्स फ्लाइट १७५ वल्र्ड ट्रेड सेन्टरको दक्षिणतर्फको टावरमा दुर्घटनाग्रस्त भयो ।

भिडियो मार्फत अक्षर सुधार गर्न सिकाउदै शिशिर अधिकारी (भिडियाेसहित)

काठमाडौं । झण्डै एक दशक विभिन्न विद्यालयमा कला शिक्षण गरेका शिशिर अधिकारीको काँधमा विद्यालय व्यवस्थापनको जिम्मेवारी आएपछि कला सिकाउन पाएका थिएनन । पछिल्लो समय प्रविधिको प्रयोग बढेसँगै सामाजिक सञ्जालमा व्यस्त रहनेको संख्या निकै बढ्यो जसका कारण शिशिर अधिकारीले आफ्नो कला शिक्षणलाई आधारभुत तह देखि सुरु गर्ने मौका पाएका छन । ललितकला क्याम्पसबाट स्नातक सकेर दशक लामो समय कला शिक्षण गरेका अधिकारीले Art and writing  युट्युब च्यानल मार्फत अक्षर सुधार गर्न सिकाईरहेका छन । उनले समयको माग अनुसार युट्युबमार्फत सिकाउन लागेका बताए । उनले भने, ‘ज्ञान र सीपलाई आफूमा सिमित नगरी धेरैमा वाँड्नु सबैको लागि लाभकारी हुने ठानी अहिले सबैका ‘महागुरु’को रुपमा रहेको र जोसुकैको पनि पहुँचमा हुनसक्ने भएकाले युट्युब मार्फत सीप पस्कने जमर्को गरेको हुँ ।’

Ad

प्रतिक्रिया दिनुहोस