Namaste Icon
Ad
Ad

नेपाल र बङ्गलादेशबीचको खेल बराबरी

नेपाल र बङ्गलादेशबीचको खेल बराबरी

काठमाडाैं । नेपाली राष्ट्रिय महिला फुटबल टोलीले दोस्रो अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा बङ्गलादेशसँग गोलरहित बराबरी खेलेको छ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा आज भएको खेलमा निर्धारित समयसम्म दुवै टोलीले गोल गर्न नसकेपछि खेल गोलरहित बराबरीमा सकिएको हो । खेलको विभिन्न समयमा दुवै टोलीले पाएको मौकालाई सदुपयोग गर्न सकेनन् ।

खेलमा नेपालकी गीता राना ‘मोस्ट भ्यालुएबल’ खेलाडी घोषित भइन् । एएफसी महिला एशियन कप–२०२२ छनोटको तयारीका लागि नेपालले बङ्गलादेशसँग दुई मैत्रीपूर्ण खेल खेलेको हो । यसअघि बिहीबार भएको पहिलो खेलमा नेपालले बङ्गलादेशलाई २–१ गोलअन्तरले हराएको थियो ।

एएफसी महिला एशियन कप–२०२२ छनोट खेल उज्बेकिस्तानमा आयोजना हुनेछ । छनोटमा नेपाल समूह ‘एफ’ मा रहेको छ । नेपालको समूहमा फिलिपिन्स र हङकङ रहेका छन् ।

Ad

सम्बन्धित समाचारहरु

आईपीएलका बाँकी खेल आजदेखि

आईपीएलका बाँकी खेल आजदेखि

काठमाडाैं । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको बाँकी खेल आजदेखि सुरु हुँदैछ । कोरोना सङ्क्रमण जोखिमका कारण स्थगित भएको खेल यूएईमा आजदेखि सुरु लागेको हो । आईपीएलमा ३१ खेल बाँकी छन् । आजको खेलमा बेलुका पौने आठ बजे चेन्नई सुपर किङ्ग्स र मुम्बई इन्डियन्स खेल्दैछन् ।

एएफसी वुमेन्स एसियाकप छनोट खेलमा नेपाल–फिलिपिन्स भिड्दै

काठमाडाैं । एएफसी वुमेन्स एसियाकप छनोट खेलमा आज शनिबार नेपालले फिलिपिन्सको सामना गर्दैछ । उज्बेकिस्तानको तास्केन्टमा हुने खेल नेपाली समयअनुसार दिउँसो तीन बजेर ४५ मिनेटमा सुरु हुनेछ । एएफसी वुमेन्स एसियाकप छनोटको समूह ‘एफ’ मा नेपाल र फिलिपिन्ससँगै हङकङ रहेका छन् ।

Ad

प्रतिक्रिया दिनुहोस