Namaste Icon
Ad
Ad

४१ विश्व खाद्य दिवस : स्वस्थ्य मानिसका लागि स्वच्छ खाद्यान्नको आवश्यकता

४१ विश्व खाद्य दिवस : स्वस्थ्य मानिसका लागि स्वच्छ खाद्यान्नको आवश्यकता

काठमाडाैं । कृषि तथा पशुपक्षी विकास मन्त्रालयका (पशुपक्षी तर्फका) सचिव डा. गोविन्द शर्माले मुलुक निर्माणका लागि स्वस्थ्य मानिसका लागि स्वच्छ खाद्यान्नको आवश्यकता रहेको बताए । नेपालमा मनाईने महिनाव्यापी ४१ औ विश्व खाद्य दिवसको आज भएको भर्चुअल उद्घाटन कार्यक्रममा बोल्दै उनले सो कुरा बताएका हुन । उनले स्वस्थ्य खानाका लागी कृषिलाई प्राथमिकतामा राख्नुपर्नेे कुरामा जोड दिँदै भने, 'विभिन्न कारणले कृषिबाट पलायन भएका युवा जनशक्तिलाई पुनः कृषिमा फर्काउनुपर्ने खालका कार्यक्रमहरु ल्याउनुपर्छ ।’

देशमा कृषि सम्भावना भएको क्षेत्र हो, यसमा आकर्षण बढाउनका लागि सबै क्षेत्रबाट सहयोग हुनुपर्ने खासगरि यसमा सञ्चार क्षेत्रको मुख्य भूमिका रहनुपर्ने उहाँले बताउनुभयो । कृषि क्षेत्रलाई सुधार गर्नका लागि सबैले निष्ठापूर्वक, इमान्दारीतापूर्वक काम गर्दा कृषिको सुधार गर्न सकिने कुरामा जोड दिए । खानाको लागि खेतीपाती : हाम्रो साझा संकल्प’ भन्ने नाराका साथ नेपालमा महिनाव्यापी कार्यक्रम मनाउन लागिएको हो । कार्यक्रममा विश्व खाद्य दिवस सफल बनाउनका लागि आवद्ध संस्थाहरुसँग विभागले पनि सहकार्य गर्ने कृषि विभागका सचिव डा. महादेव पौडेलले प्रतिबद्धता जनाए ।

सुरक्षित भविष्यका लागि खाद्यान्नको आवश्यकतालाई देशव्यापाी रुपमा फैलाउने दिवसको मुख्य उद्देश्य रहेको खाद्यका लागि कृषि अभियानकी अभियानकर्ता सिन्द्रेला देवानले बताए । त्यस्तै राष्ट्रिय कृषक समुह महासंघ नेपालका महासचिव रिता बास्ताकोटीले देशलाई खाद्यान्नमा आत्मनिर्भर बनाउने विषयमा अभियानल चलाउनुपर्ने कुरामा जोड दिए । उनले त्यसका लागि साना तथा मझौला किसानहरुलाई नीति तथा कार्यक्रममा समेट्नुपर्ने सरकारको ध्यानाकर्षण पनि गराए ।

नेपालको खाना र खेतीपातीलाई सार्वजनिक चासो र प्रभावकारी बनाउनुपर्ने कृषि अभियानका अभियानकर्ता डा.कृष्णपसाद पौडेल बताए । विश्वव्यापी रुपमा अक्टोबर १६ मा मनाउदै गरेको विश्व खाद्य सम्मेलन दिवसलाई असोज २४ गतेसम्म सञ्चालन गर्ने खाद्यका लागि कृषि अभियानका संयोजक उद्धव अधिकारीले बताए । खाद्यका लागि कृषि अभियान, कृषि विभाग लगायतका दुई दर्जन बढी संघसंस्थाले संयुक्त रुपमा कार्यक्रम मनाउने भएका छन । विगत पाँच वर्षदेखि यसै गरी कार्यक्रम मनाइदै आइएकोमा कोभिडको समस्यालाई मध्यनजर गरेर अधिकांश कार्यक्रम भर्चुअल रुपमा मनाउने तयारी रहेको संयोजक अधिकारले जानकारी दिए । कार्यक्रमको उद्घाटन कृषि मन्त्रालयका (कृषितर्फका) सचिव डा.कृष्ण प्रसाद आचार्यले गरेका िथए ।

विभिन्न १७ वटा कार्यक्रममा सातवटा कार्यक्रम संघीय तहमा नीतिगत बहसमा केन्द्रीत हुनेछन् । प्रदेश तहमा खाना, खेतीपाती र वन उद्यमसँग जोडेर छलफल गर्ने तयारी भएको छ । बागमती प्रदेशमा कृषि र पशुपालन, गण्डकी प्रदेशमा आत्मनिर्भर कृषि प्रणालीका बारेमा, लुम्बिनी प्रदेशमा कृषि उपजको प्रशोधन, कर्णाली प्रदेशमा प्रांगारिक कृषि अभ्यासको बारेमा र सुदुरपश्चिम प्रदेशमा कोरोना संकट र गाउँबासीहरुको बसाईसराईको विषयमा छलफल हुने भएको छ ।

Ad

सम्बन्धित समाचारहरु

उदयपुरमा खुल्यो ३ करोड लगानीमा कर्मदीप पशु तथा कृषि फार्म, कृषि कलेज बनाउने उद्देश्य

काठमाडौं । उदयपुर जिल्ला अदालतमा वहस पैरवीको काम गरिरहेका दिपक बस्नेतले २०७४ सालमा कृषिमा हात हाले । आफ्नै माटोमा केहि गर्नुपर्छ भन्ने मान्यताले बस्नेतले कृषि हात हालेको बताए । उनले उदयपुर जिल्लाको त्रियुगा नगरपालिका वाड नम्बर २ को मथियाईमा रहेको ४ विघाहा जग्गामा कर्मदीप पशु तथा कृषि फार्म सञ्चालनमा ल्याए । सो फार्ममा माछा, लोकल कुखुरा , बोइलर कुखुरा, बंगुर, बट्टाई, गाई, राँगा, बाख्रा, सिजन अनुसारको तरकारी तथा फल–फूल पनि पाईने एकिकृत कृषि फर्म सञ्चालन गरिरहेका बस्नेतले जानकारी दिए । उनको फार्ममा उन्नत जातको घाँस पनि खेती गरिएको छ । ​उनका अनुसार ३ करोड लगानीमा सञ्चालन गरेको सो फार्ममा प्रत्यक्ष र अप्रत्यक्ष गरी १५ जना भन्दाले रोजगारी पाएका छन । फार्मले त्रियुगा नगरपालिका मात्र होइन पुरै उदयपुर जिल्ला तथा यस जिल्लाको सिमानामा रहेका खोटाङ्ग भोजपुर ओखलढु्ङ्गा सिराहा, सप्तरी, सुनसरी, सोलुखुम्बु लगाएतका जिल्लाहरुका मानिसलाई समेत सेवा दिइरहेको व्यवसायी बस्नेतले बताए ।

अकबरे खुर्सानीबाट मनग्ये आम्दानी गर्दै अर्घाखाँचीका नारायण अधिकारी

माधव खनाल, अर्घाखाँची । जिल्लाको छ्त्रदेबका युवा नारायण अधिकारीले अहिले कृषि कार्यलाई महत्त्व दिंदै ५ महिना पहिले स्थानीय जातको खुर्सानीको खेति गर्न शुरु गरेका थिए । अन्य खेती गर्दा बाँदर र बंदेलको समस्या रहेको तर खुर्सानी खेतिमा यो समस्या नरहेकोले आफू खुर्सानी खेती तर्फ आकर्षित भएको उनले बताए । उनले घर नजिकै रहेको करीब १० रोपनी जग्गा भाडामा लिएर लगभग ४ हजार भन्दा धेरै डल्ले खुर्सानी (लोकल अकबरे) को विरुवा रोपेका थिए । हाल आएर उत्पादन शुरु भएकोमा आफू अत्यन्तै खुशी भएको उनले बताए । गरे हुँदो रहेछ भन्ने कुरा प्रमाणित भएको देखिन्छ । मासिक आम्दानि राम्रो भएको उनको भनाइ छ ।

Ad

प्रतिक्रिया दिनुहोस