# भर्खरै
Namaste Icon
Ad
Ad

एकीकृत समाजवादीको बागमती संसदीय दलको नेतामा राजेन्द्र पाण्डे चयन

एकीकृत समाजवादीको बागमती संसदीय दलको नेतामा राजेन्द्र पाण्डे चयन

काठमाडाैं । नेकपा एकीकृत समाजवादी पार्टीले बागमती प्रदेश संसदीय दलको नेतामा राजेन्द्र पाण्डेलाई चयन गरेको छ । आइतबार प्रदेशका ज्येष्ठ सदस्य माधवप्रसाद पौडेलको अध्यक्षतामा बसेको बागमती प्रदेश संसदीय दलको बैठकले संसदीय दलको नेतामा पाण्डेलाई सर्वसम्मत चयन गरेको हो ।

पाण्डे धादिङ क्षेत्र नम्बर १ को (प्रदेश १) बाट निर्वाचित प्रदेश सांसद हुन् । पार्टी विभाजनका क्रममा सांसद राजेन्द्र पाण्डे, बसन्त मानन्धर, बसुन्धारा हुमागाई, रामा आलेमगर, मुनु सिग्देल, इन्द्रमाया गुरुङ, लक्ष्मण लम्साल, राजेन्द्रमान श्रेष्ठ, माधवप्रसाद पौडेल, कृष्णप्रसाद खनाल, पार्वती सिलवाल, कुसुम कुमार कार्की र मीना ज्ञवालीले एकीकृत समाजवादीमा सनाखत गरेका थिए ।

Ad

सम्बन्धित समाचारहरु

एमालेमा निष्ठावान कार्यकर्ताका लागि ढोका बन्द हुँदै गएको अनुभुती भयो : नविना लामा

काठमाडौं । अनेरास्ववियुकी पूर्व केन्द्रीय कमिटी अध्यक्ष एवम् प्रतिनिधि सभा सांसद नविना लामाले नेकपा (एमाले)मा निष्ठावान कार्यकर्तालाई न्यायको ढोका बन्द गरिएको बताएकी छन् । उनले अहिलेको जटिल परिस्थितीमा पनि हाम्रो पार्टी एमालेमा विभेदले सिमा नाघेको आफूलाई अनुभूति भएको बताउँदै सामाजिक सञ्जाल फेसबुकमा चाकडीवाद मुर्दावाद समेत भनेकी छन् ।

अनेरास्ववियूको २३औं महाधिवेशन चैतमा, केन्द्रीय कमिटी पनि पुनर्गठन

ललितपुर । एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियूको २३औं महाधिवेशन आगामी चैतमा हुने भएको छ । शनिबार ललितपुरको च्यासलस्थित तुलसीलाल अमात्य प्रतिष्ठानमा भएको केन्द्रीय सचिवालयको बैठकले चैत २२ देखि २४ सम्म महाधिवेशन गर्ने निर्णय गरेको हो । महाधिवेशन सम्मका लागि सुनिता बराल अध्यक्ष, आरसी लामिछाने वरिष्ठ उपाध्यक्ष र समीप बराल महासचिव रहने गरी केन्द्रीय कमिटी पुनर्गठन गरिएको छ ।

Ad

प्रतिक्रिया दिनुहोस